चेल्सीको लगातार दोस्रो जित


भाद्र १२, २०७४- डिफेन्डिङ च्याम्पियन चेल्सीले प्रिमियर लिगमा आइतबार एभरटनलाई पराजित गरेको छ । स्पेनिस खेलाडीद्वय सेस फाब्रिगास र अल्भारो मोराटाको गोलसँगै चेल्सी २–० ले विजयी रह्यो । 
२७ औं मिनेटमा मोराटाले हेड गरेको बलमा फाब्रिगासले गोल गरे । पहिलो हाफको पाँच मिनेट बाँकी रहँदा मोराटाले चेल्सीको अग्रता दोब्बर पारे । उनले सेजार एज्पिलिक्वेटाको क्रसमा हेडर गोल गरेका थिए । चेल्सीले लगातार जितसँगै ३ खेलमा ६ अंक जोडेको छ ।
वेस्ट ब्रुम र स्टोक सिटीबीचको खेल १–१ को बराबरीमा टुंगियो । जे रोड्रिग्वेजले ६१ औं मिनेटमा वेस्ट ब्रुमलाई दिलाएको अग्रतामा स्टोकबाट पिटर क्रचले ७७ औं मिनेटमा बराबरी गोल गरे ।
यसअघि सब्स्टिच्युट मार्कस रासफोर्ड र मउरोने फेलानीले गोल गरेपछि म्यानचेस्टर युनाइटेडले लिगमा लेस्टर सिटीलाई आफ्नो शतप्रतिशत सुरुआत कायम राख्यो । लेस्टरले बलियो चुनौती पेस गरेको खेलमा उसका गोलरक्षक कास्पर स्माइकलले रोमेलु लुकाकुको पेनाल्टी बचाएका थिए । हडर्सफिल्ड टाउन र साउथह्याम्पटनले गोलरहित बराबरी खेलेपछि जोसे मोउरिन्होको म्यानचेस्टर छ अंकसहित एक्लै शीर्ष स्थानमा रहन सफल भएको हो । 
स्पेन
म्याड्रिड– लियोनल मेसीले पेनाल्टीबाट चुकेको अवसर बिर्साउँदै दुई गोल गरेपछि बार्सिलोनाले स्पेनी ला लिगामा एलाभेसलाई २–० ले हरायो र लिगमा शतप्रतिशत सुरुआत कायम राख्यो । नेयमरसँगै चोटग्रस्त लुइस स्वारेजबिना खेलेको बार्सिलोनाले यस जितसँगै आफूलाई सुरुआती उपाधि होडमा कायम राख्यो । पाँचपल्टका विश्वका उत्कृष्ट खेलाडी मेसी आफ्नो खेलजीवनमा २० औंपल्ट पेनाल्टीबाट गोल गर्न चुके । तर त्यसयता दुई गोल गर्न भने सफल रहे । 
‘यो कठिन खेल थियो, त्यसैले यो जित निकै महत्त्वपूर्ण रह्यो,’ बार्सिलोनाका प्रशिक्षक एरनिस्टो भाल्भेरेडले भने, ‘अहिले क्लबले केही कठिनाइ सामना गरिरहेको छ, त्यसैले दुई खेलबाट छ अंक राम्रो सुरुआत हो ।’ शनिबारका अरू खेलमा कोकेको दुई गोल मदतले एटलेटिको म्याड्रिडले लास पाल्मासमाथि ५–१ को जित निकाल्यो । स्पेनी माथिल्लो डिभिजनमा पहिलो जित आत्मसात् गर्ने क्रममा जिरोना मालागालाई १–० ले हराउन सफल रह्यो । 
इटाली
मिलान– मउरो इकाडीले दोस्रो हाफमा दुई गोल गरेपछि इन्टर मिलानले शनिबार इटालीको सिरी ‘ए’ मा एएस रोमालाई ३–१ ले हरायो । स्टाडियो ओलम्पिकोमा प्राप्त जितसँगै इन्टरले आफूलाई लिगको उपाधि दाबेदारका रूपमा प्रस्तुत गरेको छ । एडिन जेकोको गोलले रोमाले सुरुआती अग्रता लिए पनि त्यसलाई कायम राख्न सकेन । यसअघि युभेन्ट्सले उत्कृष्ट पुनरागमन रच्दै जेनोओलाई ४–२ ले हरायो । त्यसमा पउल डेबालाले ह्याट्रिक गरे । 


कुन बैंकको प्रतिसेयर आम्दानी सबैभन्दा राम्रो अनि खुद ब्याज आम्दानी कसको धेरै ?


काठमाडौं : सूचीकृत सबै वाणिज्य बैंकले आर्थिक वर्ष २०७३।७४ अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । विवरण प्रकाशित गरेका २८ वटा वाणिज्य बैंकमा कसको प्रतिसेयर आम्दानी अनि खुद ब्याज आम्दानी कसको धेरै छ भनेर लगानीकर्तामाझ बहस र छलफलसमेत सुरु भइसकेको छ । यही सेरोफेरोमा हामी पनि फेरि एकपटक सबै वाणिज्य बैंकको प्रतिसेयर आम्दानीसहितका महत्वपूर्ण एकीकृतरुपमा प्रस्तुत गरेका छौं । 
 
प्रतिसेयर आम्दानीमा नबिल सबैभन्दा अगाडि, सिभिल सबैभन्दा कमजोर
 
वित्तीय सूचकमा प्रतिसेयर आम्दानीलाई निकै महत्वका साथ हेरिन्छ । कुन कम्पनीको प्रतिसेयर आम्दानी कति छ त्यसलाई हेरेर लगानीकर्ताले लगानीसम्बन्धी निर्णय लिइरहेका हुन्छन् । प्रतिसेयर आम्दानी बढी हुने कम्पनीबाट राम्रो प्रतिफल पाउने आशामा लगानीकर्ताको आकर्षण बढी हुने गरेको छ । प्रकाशित वित्तीय विवरणलाई आधार मान्दा सबैभन्दा बढी प्रतिसेयर आम्दानी नबिल बैंकको देखिन्छ । नबिलको प्रतिसेयर आम्दानी  ५८ रुपैयाँ ५४ पैसा (वार्षिक) छ । हाल वित्तीय विवरण प्रकाशित गरेका बैंकहरुमा सबैभन्दा बढी प्रतिसेयर आम्दानी भएपनि अघिल्लो वर्षको तुलनामा भने यस बैंकको पनि प्रतिसेयर आम्दानी थोरैले घटेको हो । अघिल्लो वर्ष नबिलको प्रतिसेयर आम्दानी ५९ रुपैयाँ २७ पैसा थियो । उसो त नबिलले यो त्रैमासमा उत्साहजक प्रगति हासिल गरेको छ । नबिलको खुद नाफा अघिल्लो वर्षको तुलनामा २८.४३ प्रतिशतले बढेर ३ अर्ब ६२ करोड भन्दा धेरै भइसकेको छ । यता, एभरेष्ट दोस्रो धेरै प्रतिसेयर आम्दानी हुने बैंकमा दर्ज भएको छ । एभरेष्टको प्रतिसेयर आम्दानी ४३ रुपैयाँ ७८ पैसा छ । तर, बैंकले प्रकाशित गरेको प्रतिवेदनमा भन्दा वास्तविक प्रतिसेयर आम्दानी केही फरक देखिन्छ । खुद नाफा र सेयर संख्याको आधारमा हिसाब गर्दा बैंकको प्रतिसेयर आम्दानी ३४ रुपैयाँ ५१ पैसामात्र हुन आउँछ । बैंकले असार १८ देखि साउन २२ गतेसम्म हकप्रद बिक्री गरेको थियो । हकप्रदको कल इन एडभान्स चुक्ता पुँजीमा जोडिए पनि बैंकले लगानी गर्न भने पाएको छैन । बैंकले यही आधारमा प्रतिसेयर आम्दानी गणना गर्दा वास्तविक भन्दा फरक परेको हो । तेस्रो बढी प्रतिसेयर आम्दानी हुनेमा नेपाल बैंक देखिएको छ । नेपाल बैंकको प्रतिसेयर आम्दानी ४० रुपैयाँ ३ पैसा छ । तर सिभिल बैंक, सेञ्चुरी बैंक र जनता बैंकको प्रतिसेयर आम्दानी तुलनात्मकरुपमा कमजोर देखिएको छ । सिभिलको प्रतिसेयर आम्दानी जम्मा ६ रुपैयाँ ५२ पैसा छ भने सेञ्चुरीको ८ रुपैयाँ २ पैसा छ । यस्तै, जनता बैंकको पनि प्रतिसेयर आम्दानी ९ रुपैयाँ १८ पैसामात्र छ ।  


ब्याजबाट मात्रै ८१ अर्ब रुपैयाँभन्दा बढी आम्दानी 
 
वित्तीय विवरण सार्वजनिक गरेका २८ वाणिज्य बैंकले समग्रमा ८१ अर्ब ४ करोड १२ लाख ७५ हजार ३१० रुपैयाँ खुद ब्याज आम्दानी गरेका छन् । कृषि विकास बैंकले ७ अर्ब १० करोड ४० लाख ५० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेर सबैभन्दा बढी ब्याज आम्दानी गर्ने बैंकमा सूचीकृत भएको छ । यो अघिल्लो वर्ष भन्दा १३.४६ प्रतिशतले बढी हो । यता, नेप्सेमा सूचीकृत नभएको राष्ट्रिय वाणिज्य बैंकले पनि ६ अर्ब ९७ करोड ९१ लाख ६३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । सरकारी स्वामित्वको यस बैंकको खुद ब्याज आम्दानी अघिल्लो वर्षको तुलनामा २५.७५ प्रतिशतले बढोत्तरी भएको हो । यो बैंकमा सर्वसाधारणले सेयर लगानी गर्न पाएका छैनन् । किन भने अहिलेसम्म यो बैंकले जनतालाई सेयर बिक्री गरेको छैन । अधिकांश बैंकको खुद ब्याज आम्दानी २ अर्ब रुपैयाँ भन्दा बढी देखिन्छ । उता, नबिल बैंकले खुद ब्याज आम्दानी २६.२० प्रतिशतले वृद्धि गरी ५ अर्ब ४५ करोड ९५ लाख रुपैयाँ  पुर्याएको वित्तीय प्रतिवेदनमा उल्लेख छ । नेपाल इन्भेष्टमेन्ट बैंकको खुद ब्याज आम्दानी पनि २२.०१ प्रतिशतले बढेर ४ अर्ब ७८ करोड ४१ लाख ४७ हजार रुपैयाँ पुगेको छ । यसका प्राय सूचकहरु उकालो लागेका छन् । प्रभु बैंक, माछापुच्छ«े बैंक, सिद्धार्थ बैंक, एनआइसी एसिया, सानिमा, सनराइज, एनएमबी, नेपाल एसबीआई,  स्टान्डर्ड चार्टड र बैंक अफ काठमान्डू लगायत बैंकले पनि २ अर्ब रुपैयाँभन्दा बढी खुद ब्याज आम्दानी गरेका छन् । यता, ग्लोबल आइएमई, हिमालयन बैंक र एभरेष्ट बैंकले ३ अर्ब रुपैयाँ बढी ब्याजबाट आम्दानी गरेका छन् । अन्य बैंकहरुले पनि १ अर्ब माथि खुद ब्याज आम्दानी गरेको विवरण बाहिर ल्याएका छन् ।
 

स्वरोजगार लघुवित्तको २५% बोनस, त्यसपछि फेरि १००% हकप्रद


काठमाडौं : स्वरोजगार लघुवित्त विकास बैंकले २५% बोनस सेयर र कर तिर्न १.३२% नगद लाभांस दिने भएको छ । स्वरोजगारको शुक्रबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई ६ करोड ९९ लाख ९८ हजार ७२० रुपैयाँको बोनस सेयर र कर तिर्न ९ लाख २३ हजार ९८३ रुपैयाँ बराबारको नगद लाभांश दिने निर्णय गरेको हो । त्यस्तै, कम्पनीले बोनस सेयर र हालै बिक्री गरेको ५०% हकप्रदपछि कायम हुने चुक्ता पुँजीमा पुनः १००% हकप्रद सेयर निष्कासन खुला गर्ने जनाएको छ । हाल स्वारेजगारको चुक्ता पुँजी ६ करोड ९९ लाख ९८ हजार रुपैयाँ छ । कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासमा २ करोड ८६ लाख ४१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको प्रतिसेयर आम्दानी ४० रुपैयाँ ९१ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ १६६ रुपैयाँ ९ पैसा छ ।
 

लगानी गर्नुअघि जग बसाउनु भएको छ त ? सेयर बजारको मनोविज्ञान झनै चुनौतीपूर्ण हुन्छ

न्यूयोर्क : के तपाई राम्रो जग नबसाई घर बनाउने कोशिस गर्नुहुन्छ ? अवश्य गर्नुहुन्न, यस्तो मूखर्ता तपाईले जीवनभर गर्नु हुन्न अनि देख्न पनि चाहनु हुन्न होला । हो, जसरी गतिलो जग नबसाई घर बनाउन सकिँदैन त्यसरी नै वित्तीय जग मजबुत नभई लगानी पनि गर्न सकिँदैन । जब तपाई आफ्नो निकै दुःख गरेर पसिना बगाएर कमाएको पैसालाई अझ वृद्धि गर्ने सोचले लगानी गर्न चाहनुहुन्छ भने त्यतिबेला तपाईले आफ्नो वित्तीय धरातल–जग मजबुत बनाउने बारे अवश्य सोच्नुपर्ने हुन्छ । के तपाईले अहिलेसम्म आफ्नो वित्तीय जग बनाउनु भएको छ ? अनि बनाएको भए त्यो जग कति मजबुत छ ? जगले वित्तीय हुरिबतास, मौसम वा भूकम्प (वित्तीय संकट) पनि झेल्न सक्ने छ कि छैन ? लगानी गर्नुअघि यी यावत् विषयमा ध्यान दिनुपर्ने हुन्छ । सुरक्षित बस्नका लागि मजबुत घर बनाए जस्तै जीवनमा आउनसक्ने वित्तीय संकटबाट सुरक्षित हुन हामी कतिले आफ्नो वित्तीय जग मजबुत बनाएका छौं ? वित्तीय जग मजबुत बनाउन हामी कति सक्षम छौं वा जान्दछौं भन्नेबारेमा सचेतना हुन आवश्यक छ । वित्तीय जग मजबुत नबनाई लगानी गर्दा अवश्य पनि समस्या भोग्नुपर्ने हुन्छ । भविष्यमा वित्तीय संकट नआओस भन्नका लागि वित्तीय जग तयार गर्न हामी सामान्य प्रकृया अपनाउन सक्छौं । यस प्रकृयाका प्रमुख ४ चरणहरु छन्, जसलाई यहाँ विस्तारमा वर्णन गरिएको छ ।

१. बिमा गरी सुरक्षित हुने : सबैभन्दा पहिला आफ्नो भौतिक शरीरलाई भविष्यमा आउन सक्ने स्वास्थ्य समस्याबाट सुरक्षित गर्नुपर्छ । कतिपय बेला नचिताएको घटना वा दुर्घटना पनि घट्न सक्छ, जसले तापाईलाई शारीरिक रुपमा अशक्त बनाउनुका साथै मृत्युको मुखमा समेत पुर्याउन सक्छ । यस्तो अवस्थामा तपाईले ऋण लिनु भएको छ भने त्यो ऋण तपाईको परिवारले तिर्नुपर्ने हुन्छ । यदि, परिवारको आयश्रोत तपाईमा नै निर्भर छ वा आयआर्जन गर्ने परिवारको तपाई एकमात्र व्यक्ति हो भने त झन् बिमा गर्नु अति नै आवश्यक हुन्छ । यसका लागि बजारबाट आफूलाई पायक पर्ने कम्पनी वा संस्थाको इन्सुरेन्स पोलिसी किन्न सकिन्छ । यति भइसकेपछि पहिलो त तपाइलाई मनको शान्ति मिल्छ भने दोस्रो आफूलाई केही भइहाल्यो भने पनि इन्सुरेन्स कम्पनीले दिने रकमले आफ्नो अनुपस्थितिमा परिवारका सदस्यले वित्तीय भार वहन गर्नसक्ने क्षमता राख्नेछन् । तेस्रो, यसले आफ्ना सन्तानको शिक्षाका साथै परिवारका आधारभूत आवश्यकता पनि पूरा गर्ने मौका प्रदान गर्छ । 
 
२. ऋण–कर्जा भुक्तानी : हामीमा आफन्त तथा साथीभाईहरुबाट छोटो समयका लागि कर्जा सापटी लिइहाल्ने प्रचलन बढ्दो छ । यस्तो कर्जा तथा सापटी औपचारिकरुपमा बैंक तथा वित्तीय संस्थाहरुबाट पनि लिने गरिएको हुन्छ । तर कतिपय समय कर्जासँगको सहज पहुँचले अप्ठेरो वित्तीय अवस्थामा धकेल्न सक्छ । यस्तो तब हुन्छ जब हामी कर्जा वा ऋणलाई सही व्यवस्थापन गर्नबाट चुक्छौ । यसका लागि दिन सकिने एकमात्र सुझाव भनेको सम्भव भएसम्म ऋण नलिनु नै हो । ऋण लिनुको सट्टा बरु एक भन्दा बढी काम गर्नु वा आम्दानीका विविध स्रोत विकास गर्नु उचित हुन जान्छ । यदि, चर्को ब्याजदरमा कर्जा लिनु भएको छ भने जतिसक्दो छिटो कर्जा भुक्तानी गर्नु उपयुक्त हुन्छ । अर्को, यदि तपाईले लगानी गर्नका लागि उच्च ब्याजदरमा कर्जा लिनु भएको छ भने त्यसको जोखिम झन् धेरै हुने सम्भावना रहन्छ । यस्तो अवस्थामा लगानीको प्रतिफल ब्याजदर भन्दा धेरै आउने हो वा होइन भन्ने पनि थाहा हुन जरुरी हुन्छ । यता, ब्याजदर पनि तिनुपर्ने हुन्छ । जसले जोखिम झन धेरै बढाएर लैजान्छ । यसकारण आफ्नो समग्र ऋण व्यवस्थापन गर्दै छोटो अवधिको कर्जा तिर्दै जानुपर्ने हुन्छ ।
 
३. आपतकालीन कोष व्यवस्था : आफ्नो घर होस् वा कार्यक्षेत्र कहीँ पनि ढुक्क हुने अवस्था छैन । अझ लगानी गर्दाको त कुरै छोडौं । यी अनिश्चितताहरु तपाईका लागि जोखिम हुन सक्छन् । व्यापार, जागिर, स्वास्थ्य, सम्पतिलगायत सबै विषयमा सफल होइन्छ भनेर अन्दाज लगाउने वा ठोकुवा गर्न सकिने अवस्था हुँदैन । त्यसैले हामी जस्तोसुकै जोखिम तथा आपतकालीन अवस्थाका लागि पनि तयार भएर बस्नुपर्छ । दैनिक जीवनका विविध विषयहरु अनिवार्य हुन्छन् । जस्तै, पढाइ शुल्क, घर भाडा, खाना तथा पेय पदार्थको खर्च, विजुलीको महसुल, स्वास्थ्य खर्चसहित अन्य । यी सबैको खर्च कटाएर केही सीमित रकम आपतकालीन कोषका लागि पनि छुट्याउनुपर्छ । यस्तो रकम जहिले पनि तरल अवस्थामा राख्नुपर्दछ । आपतकालीन कोषमा न्यूनतम ३ देखि ६ महिनासम्मको अम्दानी राख्नु उचित हुन्छ । जस्तै, यदि तपाई मासिक १५ हजार कमाउनुहुन्छ भने वार्षिक ४५ देखि ९० हजार रुपैयाँसम्म आपतकालीन कोषमा राख्न सकिन्छ । 
 
४. लगानी : माथिका ३ वटै काम गरिसकेपछि रकम बाँकी रहन्छ भनेमात्र तपाईका लागि लगानी उचित हुन सक्छ । लगानी गर्नु कुनै चानचुने विषय होइन । लगानी गर्नु निकै जटिल प्रकृया हो, जुन सामान्यतयः दीर्घकालीन हुने गर्दछ । तर खोजी गर्ने हो भने बजारमा अल्पकालीन लगानीका अवसरहरु पनि प्रशस्तै पाइन्छन् । यसका लागि संयमित र व्यवस्थित हुन पनि जरुरी छ । किनभने लगानी गर्दा तपाईले तत्कालको क्रय क्षमता गुमाए पनि भविष्यका लागि जग भने तयार गरिहेको हुनुहुनेछ । यसैगरी, लगानीका जोखिमहरु पनि उत्तिकै धेरै रहने गरेका छन् । यस्तो जोखिमलाई कम गर्न वित्तीय क्षेत्रसँग सम्बन्धित ज्ञान र विज्ञता हुन अति आवश्यक छ । बजारको स्वअध्ययन गर्नुका साथै तालिम लिएर पनि जोखिम कम गर्न सकिन्छ । ज्ञान आर्जन गर्न सकिन्छ । विशेषतः सेयर बजारमा लगानीका बारेमा धेरै सिकाउने भनेको आफ्नो अनुभवले नै हो । यता, प्राकृतिक रुपमै सेयर बजारको उतारचढाव र गतिलाई प्राविधिक रुपमा हेर्ने गरिन्छ ।
 
सेयर बजारमा लगानीकर्ताको मनोविज्ञानले लगानीकर्ताको लगानी निर्णयलाई प्रभाव पारेको हुन्छ । कुन कम्पनीको सेयर किन्ने, कुन सेयर होल्ड गर्ने वा बेच्ने भन्ने लगानीकर्ताको मनोविज्ञानले निर्धारण गरेको हुन्छ । यो आफ्नो व्यक्तिगत वा भीडको मनोविज्ञानले पनि उत्तिकै प्रभाव पारेको हुनसक्छ, जसले तपाईको निर्णयमा असर गरिरहेको हुन्छ । त्यसैले, सफल लगानीकर्ता बन्न यस्ता विभिन्न चुनौतीहरुलाई पार लगाउँदै जानुपर्ने हुन्छ ।
 
अन्त्यमा : लगानी गर्नुअघि वित्तीय आधार मजबुत बनाउनु अपरिहार्य छ । यो हरेक व्यक्तिलाई आवश्यक पनि हो । यसले वित्तीय सुरक्षा दिनुका साथै भविष्यमा देखा पर्नसक्ने जोखिमलाई पनि न्यूनीकरण गर्न मद्दत गर्छ । वित्तीय जग–आधार मजबुत गर्न आवश्यक यी ४ चरणलाई मनन गर्नुका साथै व्यवहारमा पनि उतार्न अति आवश्यक छ । कहिलेकाहीँ सामान्य रणनीति अपनाउँदा पनि मनले शान्ति पाउँछ र भविष्य सुरक्षित गर्न पनि सहयोग पुर्याउँछ । यो लेखबाट आमपाठकलाई अहिलेदेखि नै आफ्नो वित्तीय जगको नक्सा कोर्न प्रोत्साहन गर्न खोजिएको हो । नक्सा कोरिसकेपछि नियमितरुपमा एउटा इँट्टा थप्दै अघि बढेमा अवश्य पनि वित्तीय स्वतन्त्रताको फल चाख्न पाइनेछ ।
 
  (लेखक त्रिभुवन विश्वविद्यालय अन्तर्गत व्यवस्थापन संकायमा फाइनान्स विषयको एम.फिल. का स्वर्णपदक विजेता हुन् । हाल उनी अमेरिकाको एक परामर्शदाता कम्पनीमा सहायक प्रबन्धकको रुपमा काम गर्दैछन् ।) 

नबिल बैंकले दिने भयो ३०% बोनस सेयरसँगै १८% नगद लाभांश


काठमाडौं : नबिल बैंकले ३०% बोनस सेयर र १८% नगद लाभांश दिने भएको छ । बैंकको शुक्रबार बसेको सञ्चालक समिति बैठकले बोनस र नगद लाभांश दिने निर्णय गरेको छ । सञ्चालक समितिको निर्णयलाई आगामी वार्षिक साधारण सभा र राष्ट्र बैंकले अनुमोदन गरेपछिमात्र सेयरधनीले लाभां पाउनेछन् । नबिल बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ३ अर्ब ६२ करोड ८ लाख २२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको चुक्ता पुँजी ६ अर्ब १८ करोड ५५ लाख रुपैयाँ छ । नबिलको प्रतिसेयर आम्दानी (वार्षिक) ५८ रुपैयाँ ५४ पैसा र प्रतिसेयर नेटवर्थ २४६ रुपैयाँ छ ।

तरलता संकट हुनबाट धन्न जोगियो, ८० अर्ब बैकिङ प्रणालीमै


काठमाडौं : विकास बैंक तथा फाइनान्स कम्पनीको वाणिज्य बैंकमा राखेको झण्डै ८० अर्ब निक्षेप अब बैंकिङ प्रणाली भित्रै रहने भएको छ  । गत बिहीबार केन्द्रीय बैंकले घुमाउरो पारामा अन्तर बैंक निक्षेपलाई सीसीडी रेसियोमा (कर्जा पुँजी निक्षेप अनुपात) गणना गर्न पाइने भनेपछि वाणिज्य बैंकहरुले नै ती पैसा फेरि निक्षेपका रुपमा राख्न पाउने भएका हुन् । यता, वाणिज्य बैंकहरुलाई पनि यो व्यवस्थाले सीसीडी व्यवस्थापन गर्न सहज भएको छ भने विकास बैंक र फाइनान्स कम्पनीको पनि अन्तर बैंक निक्षेपबाट हुने ब्याज आम्दानी नघट्ने भएको छ । यसअघि नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशिका मार्फत अन्तर बैंक निक्षेपलाई सीसीडी रेसियोमा गणना गर्न पाइदैन भनेपछि  केही बैंकरहरु आत्तिदैँ नयाँ व्यवस्थामा पुनरावलोकन गर्नुपर्ने भन्दै केन्द्रीय बैंकको ढोका ढकढकाउन पुगे । र, अन्ततः एक साता पनि बित्न नपाउँदै राष्ट्र बैंक आफ्नो निर्णयबाट पछि हटेर बैंकरहरुको मागको सुनुवाइ गर्यो । यसबाट विकास बैंक र फाइनान्स कम्पनीले पैसा यथावत राखेर अन्तर बैंक निक्षेप ब्याज आम्दानी पनि गर्न सक्ने भए । अब तत्काल वाणिज्य बैंकलाई सीसीडी व्यवस्थापन गर्न असहज भएन ।

तरलता संकट हुनबाट जोगिएको छ : अध्यक्ष ढकाल

डेभलपमेन्ट बैकर्स एसोसिएसनका अध्यक्ष भरतराज ढकालले राष्ट्र बैंकले गरेको नयाँ संशोधनले अन्तर बैंक निक्षेपलाई सीसीडीमा गणना गर्न पाउने व्यवस्था गरेर दुर्घटना हुनबाट जोगाएको बताएका छन् । बिहीबारको नयाँ व्यवस्था बैंकहरुकै पक्षमा भएको उनले बताए । उनले भने, ‘राष्ट्र बैंक पहिलाको निर्देशनबाट ब्याक नभएको भए  हामीले वाणिज्य बैंकमा रहेको निक्षेप झिकेर राष्ट्र बैंकमा राख्नुपथ्र्यो । जुन एक हिसाबले बैंकिङ प्रणालीभन्दा बाहिर रहन्थ्यो । यसले बैंकहरुसँग कर्जा लगानी गर्ने पैसाको अभाव हुन्थ्यो । बैंकहरुले निक्षेप तान्न झन—झन ब्याजदर बढाउन थाल्थे । तर बिहीबारको व्यवस्थाले तरलता संकट हुनबाट जोगाएको छ ।’ अन्तर बैंक निक्षेपलाई सीसीडी (कर्जा पुँजी जिक्षेप अनुपात) रेसियोमा गणना गर्न नपाउँदा विकास बैंक र फाइनान्स कम्पनीले वाणिज्य बैंकमा राखेको झण्डै ८० अर्ब रुपैयाँ झिक्न सक्ने भन्दै वाणिज्य बैंकहरु प्नि डराएका थिए । वाणिज्य बैंकका एक अधिकारीले केन्द्रीय बैंकले तत्काल निर्देशन परिमार्जन नगरे  सीसीडीलाई पुषसम्म ८५ प्रतिशत कायम गर्नुपर्ने बताएका थिए । 

तत्काल सरकात्मक प्रभाव तर दीर्घकालमा बजेट खर्चमै निर्भर : डेपुडी सिइओ ज्ञवाली

यता, ज्योति विकास बैंकका डेपुटी प्रमुख  कार्यकारी अधिकृत मनोज ज्ञवाली राष्ट्र बैंकले नक्कली निक्षेप जम्मा गर्न नपाउने व्यवस्था यथावत राख्दै अन्तर बैंक निक्षेपलाई मात्र परिभाषित गरेको बताउँछन् । यसले वाणिज्य बैंकहरुलाई सीसीडी व्यवस्थापन गर्न सजिलो हुने र लगानीयोग्य रकमको तत्काल अभाव पनि नहुने उनको भनाई छ । यद्दपि, संशोधित निर्देशनको तत्काल सकारात्मक असर देखिए पनि दीर्घकालमा भने सरकारको बजेट खर्च गर्ने प्रणालीमै तरलताको अवस्था निर्भर रहने उनले बताए ।  
 
अडिग हुन सकेन राष्ट्र बैंक
 
 नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई दिएको निर्देशन एकपछि अर्को गर्दैै धमाधम उल्ट्याउन थालेको छ । बैंक तथा वित्तीय संस्थाको नियामक केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई एकपछि अर्को निर्देशन दिए पनि दूरगामी प्रभावको अध्ययन नगरी फेरि तत्कालै परिमार्जन गरिहाल्ने प्रवृत्ति देखिएको छ । बिहीबारमात्रै एकीकृत निर्देशिकामा उल्लेख भएको अन्तर बैंक निक्षेपलाई स्रोतको रुपमा परिचालन गर्न पाइदैंन भन्ने बुँदामा थप स्पष्टीकरण पार्दै अर्को परिपत्र जारी गर्यो । फेरि, अन्तर बैंक निक्षेपलाई सीसीडीमा गणना गर्न सकिने बनायो । यस्तै, बैंकमा १ रुपैयाँ जम्मा गरे पनि परिचयपत्र देखाउनुपर्ने व्यवस्थालाई संसोधन गर्दै १ लाख भन्दा बढी रुपैयाँ जम्मा गर्दा मात्र परिचयपत्र देखाउनुपर्ने व्यवस्था गर्यो । राष्ट्र बैंकले दूरगामी प्रभावको अध्ययन नगरी नीतिनियम बनाउँदा थोरै समससम्म पनि आफ्नो निर्णयमा टिक्न नसकेको कतिपयले टिप्पणी गर्न थालेका छन् । 

 

सिन्धु विकास बैंकको ८०% हकप्रद भर्न सेयर किन्ने आज अन्तिम दिन

काठमाडौं : सिन्धु विकास बैंकको ८०% हकप्रद सेयर सुरक्षित गर्ने आज (बिहीबार) अन्तिम दिन हो । भदौं ८ गतेसम्म कायम सेयरधनीले मात्र सिन्धुको हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । सिन्धुले शुक्रबार (भदौ ९) देखि बुक क्लोज गर्दैछ । बुक क्लोज हुनुभन्दा अघिल्लो दिनसम्म कायम सेयरधनीले हकप्रद भर्न पाउनेछन् । पुराना सेयरधनीले भने स्वतः हकप्रद भर्न पाउनेछन् । सिन्धु विकास बैंकले भदौ १८ गतेदेखि ८०% हकप्रद सेयर बिक्री खुला हुँदैछ । यसआधारमा सिन्धुले १०ः८ अनुपातमा (प्रत्येक १० कित्ता सेयर थप ८ कित्ता) सेयर बिक्री गर्न लागेको हो । बैंकले १०० रुपैयाँ अंकित मूल्यको २० लाख ९७ हजार ५४० कित्ता सेयर बिक्री खुला गर्नेछ । असोज २२ गतेसम्म हकप्रद भर्न पाइनेछ । यसमा एनआइबीएल क्यापिटल मार्केट्स लाजिम्पाट काठमाडौंबाट आवेदन दिन सकिनेछ ।

त्यसैगरी, सिन्धु बिकास बैंकको मुख्य कार्यालय बाह्रबिसे सिन्धुपाल्चोक र यसका अधिकांस शाखा कार्यालय तथा नेपाल इन्भेष्टमेन्ट बैंकका शाखा कार्यालयहरु चिप्लेढुंगा पोखरा, विराटनगर, वीरगञ्ज, नारायणगढ, बुटवल, नेपालगञ्ज र धनगढी शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ । सिन्धुको यस हकप्रदमा बिक्री प्रबन्धकको काम एनआइबीएल क्यापिटल मार्केट्सले गर्नेछ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा सिन्धुको चुक्ता पुँजी २६ करोड २१ लाख ९२ हजार रुपैयाँ छ । हकप्रद सेयर बिक्रीपछि बैंकको चुक्ता पुँजी ४७ करोड १९ लाख ४६ हजार ५०० रुपैयाँ हुनेछ । चौथोे त्रैमासमा बैंकले ३ करोड ७२ लाख ३७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको प्रतिसेयर आम्दानी १४ रुपैयाँ २० पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ १२६ रुपैयाँ ६८ पैसा रहेको छ । 
 
 

समिट माइक्रोफाइनान्सको पनि १००% हकप्रद सुरक्षित गर्ने आजै अन्तिम मौका

काठमाडौं : समिट माइक्रोफाइनान्सको १००% हकप्रद सेयर सुरक्षित गर्ने आज (बिहीबार) अन्तिम दिन हो । भदौं ८ गतेसम्म कायम सेयरधनीले यस कम्पनीको हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । समिटले शुक्रबार (भदौ ९) देखि बुक क्लोज गर्दैछ । धितोपत्र बोर्डबाट समिट माइक्रोफाइनान्सले १ः१ अनुपातामा १०० रुपैयाँ दरको ७ लाख २५ हजार कित्ता हकप्रद सेयर बिक्री गर्ने अनुमति पाइसकेको छ । यसमा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटलले गर्दैछ । १००% हकप्रदपछि कम्पनीको चुक्ता पुँजी दोब्बर हुनेछ । हाल समिटको चुक्ता पुँजी ७ करोड २५ लाख रुपैयाँ छ । गत आर्थिक वर्षको चौथो त्रैमासमा कम्पनीले ५ करोड ९५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । समिटको प्रतिसेयर आम्दानी ६९ रुपैयाँ १० पैसा र प्रतिसेयर नेटवर्थ २१२ रुपैयाँ ३९ पैसा छ । 
 
 

ब्रोकर कम्पनी लिन्च स्टक मार्केटलाई नयाँ डिम्याट खाता खोल्न प्रतिबन्ध

नेपाल धितोपत्र बोर्डले ब्रोकर नं ४१ लिन्च स्टक मार्केट लिमिटेडलाई नयाँ हितग्राही (डिम्याट) खाता खोल्न प्रतिबन्ध लगाएको छ । बोर्डले स्थलगत निरिक्षण गर्दा कैफियत भेटिएपछि नयाँ खाता खोल्न रोक लगाएको हो ।



लिन्चले लगानीकर्ताको डिम्याट खाता खोल्दा स्पष्ट रुपमा पहिचान नराखेको पाईएपछि सिडिएसी मार्फत नयाँ खाता खोल्न रोक लगाईएको बोर्ड स्रोतले जनाएको छ ।

नयाँ बानेश्वरमा कार्यालय रहेको लिन्च स्टक मार्केटले धितोपत्र बोर्डबाट अनुमति लिएर डिपी सेवा उपलब्ध गराउदै आएको छ ।

सरकारीमा नेपाल बैंकको प्रतिफल उच्च,निजी बैंकहरूमध्ये नबिल सबैभन्दा अगाडि

गत आर्थिक बर्षमा २८ वटा वाणिज्य बैंकहरूमध्ये सेयर प्रतिफल सरकारी बैंकको उच्च देखिएको छ । कुल तीन सरकारी लगानीका बैंकमध्ये दुई बैंकको प्रतिफल उच्च देखिएको छ। नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक पछाडि नबिल बैंकको सेयर प्रतिफल क्रमश: सबैभन्दा उच्च देखिएको छ ।

गत आर्थिक वर्षको  वित्तीय विवरणका आधारमा यी बैंकहरूमा सेयरधनीको लगानीमा प्रतिफल (आरओई) सबैभन्दा राम्रो देखिएको हो । लगानीमा प्रतिफल अर्थात आरओईले कुनै पनि बैंकमा एक सय रुपैयाँ लगानी गर्दा त्यसले कमाउने आम्दानीलाई जनाउँछ ।

गत बर्षको वित्तीय विवरणअनुसार नेपाल बैंकको आरओई सबैभन्दा धेरै ४५ दशमलव ५२ प्रतिशत छ । यसको अर्थ नेपाल बैंकमा लगानी भएको सय रुपैयाँले साढे ४५ रुपैयाँ आम्दानी गर्छ भन्ने बुझिन्छ । यो अनुपात अन्य वाणिज्य बैंकहरूको तुलनामा सबैभन्दा उच्च हो । नेपाल बैंकले गत आर्थिक बर्षमा तीन अर्ब २१ करोड ९५ लाख रुपैयाँ खुद मुनाफा कमाएको थियो ।


नोट:रकमलाई हजारमा देखाइएको छ । 

यद्यपि नेपाल बैंक सरकारी स्वामीत्वको  रहेकाले यसमा राष्ट्र बैंकबाट प्राप्त सुविधा र छुटको कारण आरओई वृद्धिमा सहयोग पुगेको हो । कुनै पनि बैंकले उच्च कार्य क्षमता कायम हुँदा राम्रो प्रतिफल प्राप्त गर्ने गरेको पाइन्छ ।

यस्तै आरओईका आधारमा राष्ट्रिय वाणिज्य बैंक दोस्रो नम्बरमा छ । यो बैंकको आरओई ३४ दशमलव ३९ प्रतिशत छ । गत बर्ष यो बैंकको खुद मुनाफा तीन अर्ब आठ करोड २६ लाख रुपैयाँ छ । उक्त अवधिमा यो बैंकको पूँजी पर्याप्तता अनुपात ११ दशमलव ८३ प्रतिशत छ । सरकारी स्वामित्वको बैंक भएर पनि कृषि विकास बैंकले सेयरधनीलाई राम्रो प्रतिफल दिन सकेको छैन ।

गत आर्थिक बर्षमा यो बैंकको आरओई १४ दशमलव ६३ प्रतिशत कायम भएको छ । जुन २८ बाणिज्य बैंकमध्ये सिभिल र सेञ्चुरी बैंकभन्दा मात्र राम्रो हो । कृषि विकास बैंक २८ वटा वाणिज्य बैंकहरूमध्ये आरओई अनुपातका आधारमा २६ नम्बरमा पर्छ । सोही अवधिमा यो बैंकको पूँजी पर्याप्तता अनुपात १७ दशलमव ४७ प्रतिशत छ ।

निजी बैंकहरूमध्ये नबिल बैंक सबैभन्दा अगाडि र समग्र २८ बैंकमध्ये तेस्रो नम्बरमा रहेको छ । नबिल बैंकको आरओई ३१ दशमलव २३ प्रतिशत छ भने खुद मुनाफाका आधारमा पनि यो बैंक सबैभन्दा अगाडि रहेको छ । गत आर्थिक वषमा बैंकले तीन अर्ब ६२ करोड आठ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । हाल यो बैंकका पुँजी पर्याप्तता अनुपात १३ दशमलव ३४ प्रतिशत छ ।

प्रतिफलका आधारमा चौथो र पाँचौं नम्बरमा प्रभु र नेपाल क्रेडिट एण्ड कर्मस बैंक छन् । यी बैंकको आरओई क्रमश २८ दशमलव १३ प्रतिशत र २५ दशमलव ०१ प्रतिशत छ । यस अवधिमा प्रभु बैंकको पुँजी पर्याप्तता अनुपात ११ दशमलव ०५ प्रतिशत र एनसीसी बैंकको १३ दशमलव ३० प्रतिशत छ ।गत बर्षमा हिमालयन, ग्लोबल आईएमई, एभरेष्ट, प्राइम कर्मर्सियल बैंक, सानीमा, नेपाल एसबीआई, माछापुच्छ्रे, र सिद्धार्थ बैंकको आरओई २० प्रतिशतभन्दा धेरै छ । यसरी २० प्रतिशतभन्दा बढी आरओई हुने वाणिज्य बैंकको संख्या १३ वटा रहेको छ ।

यस्तै जनता बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, एनआईसी एसिया, नेपाल बंगलादेश बैंक, सनराइज, सिटिजन्स् , स्ट्यान्डर्ड चार्टर्ड, एनएमबि, मेगा र लक्ष्मी बैंकको गरी १० बाणिज्य बैंकको आरओईको अनुपात १५ प्रतिशत भन्दा धेरै र २० प्रतिशतभन्दा कम रहेको छ ।

बाँकी रहेका पाँच बाणिज्य बैंकहरुको आरओई १५ प्रतिशतभन्दा कम रहेको छ । जसमध्ये बैंक अफ काडमान्डूको ११ दशमलव ८३ प्रतिशत, कुमारीको १४ दशमलव ८१ प्रतिशत, कृषि विकास बैंकको १४ दशमलव ६३ प्रतिशत, सेञ्चुरी बैंकको ११दशमलव ६५ प्रतिशत र सबैभन्दा कम प्रतिफल प्राप्त गर्ने बैंक सिभिल बैंक बनेको छ । सिभिलको सबैभन्दा कम ११ दशमलव ४० प्रतिशत आरओई रहेको छ ।

पछिल्लाे वर्षमा बैंकहरूको आरओई अझै घटेकाे हाे । राष्ट्र बैंकको तोकेको न्यूनतम आठ अर्ब पूँजी वृद्धि गर्नुपर्दा बैंकको पूँजी बढेको अनुपातमा कर्जा प्रवाह तथा अन्य आम्दानीको वृद्धिदर कायम गर्न नसक्दा बैंकको लगानीमा प्रतिफल वृद्धिद्धर खस्किएको हो ।

नोट : माथि प्रस्तुत गरिएको तथ्यांक सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले उपलब्ध गराएको विवरणबाट लिईएको हो । 

महुली सामुदायिक लघुवित्तको कारोबार सुरु, कति पायो ओपन रेन्ज ?


काठमाडौं : महुली सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार सोमबार (आज) देखि सुरु भएको छ । नेप्सेले महुलीको पहिलो कारोबारका लागि ५४२ देखि १ हजार ६२६ रुपैयाँ ओपन रेन्ज दिएको छ । यसआधारमा, सोमबार महुलीको पहिलो कारोबार ५४२ देखि १ हजार ६२६ रुपैयाँको बिचमा हुनेछ भने यसमा १०% तलमाथि भएर दिनभर कारोबार सञ्चालन हुन पाउनेछ । महुलीले कारोबारका लागि ‘एमएसएलबी’ संकेत पाएको छ । महुलीले वैशाख ७ देखि ११ गतेसम्म १ लाख २० हजार कित्ता आइपीओ बिक्री गरेको थियो । यसमा गोलाप्रथाबाट १० हजार ९२० जनाले १० कित्ताको दरले सेयर पाएका थिए । गत आर्थिक वर्षको चौथो त्रैमासमा कम्पनीले ४ करोड ३१ लख ६९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । महुलीको प्रतिसेयर आम्दानी १०७ रुपैयाँ ९२ पैसा र प्रतिसेयर नेटवर्थ ४४६ रुपैयाँ १५ पैसा छ ।

धितोपत्र बोर्डले किन गर्यो एकैपटक ७ ब्रोकर कम्पनीलाई निलम्बन ?



काठमाडौं : नेपाल धितोपत्र बोर्डले सोमबार एकैसाथ ७ वटा ब्रोकर कम्पनीलाई निलम्बन गरेको छ । बोर्डको निर्देशनमा नेपाल स्टक एक्सचेन्जले  ७ वटै ब्रोकर कम्पनीलाई अर्को व्यवस्था नभएसम्म सेयर कारोबार गर्न नपाउने गरी निलम्बन गरेको हो । बोर्डको कारवाहीमा पर्नेमा अग्रवाल सेक्युरिटिज (ब्रोकर नम्बर ६), आशुतोष ब्रोकरेज एन्ड सेक्युरिटिज प्रालि (८), भृकुटी स्टक ब्रोकिङ कम्पनी (५५), क्रियटिभ सेक्युरिटिज (४०), डाइनामिक मनि म्यानेजर सेक्युरिटिज (४४), श्रीकृष्ण सेक्युरिटिज (२८) तथा साउथ एसियन बुल्स प्रालि (ब्रोकर नम्बर ४३) रहेका छन् । धितोपत्र बोर्डलाई वार्षिक तिर्नुपर्ने ब्रोकर लिने कुल सेवा शुल्कमध्येबाट ०.६% नियमन शुल्क नतिरेकाले यी कम्पनीहरु निलम्बनमा परेका हुन् । धितोपत्र बोर्डका सहायक प्रवक्ता निरञ्जय घिमिरेका अनुसार धितोपत्र दलाल व्यवसायी नियमावलीमा प्रत्येक ब्रोकर कम्पनीले आर्थिक वर्ष समाप्त भएको १ महिनाभित्र धितोपत्र बोर्डलाई कुल कमिसनमध्येबाट ०.६ प्रतिशत नियमन शुल्क तिर्नुपर्ने प्रावधान पालना नभएकाले निलम्बन गरिएको हो । ‘अब अर्को निर्णय नभएसम्म यी कम्पनीहरुले सेयर कारोबार गर्न पाउनेछैनन्,’ घिमिरेले भने । निलम्बन फुकुवा नभएसम्म लगानीकर्ताले यी ब्रोकर कम्पनीहरुबाट सेयर खरिदबिक्री गर्न पाउनेछैनन् ।


धितोपत्र बोर्डले लागू गर्याे सुपरिवेक्षण दिग्दर्शन, अब ब्रोकरको नियमित स्थलगत अनुगमन हुने


काठमाडौं : नेपाल धितोपत्र बोर्डले नियमित ब्रोकर तथा मर्चेन्ट बैंकरको अनुगमन गर्ने व्यवस्था गरेको छ । धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा मर्चेन्ट बैंकर) सुपरिवेक्षण दिग्दर्शन, २०७४ लागू गर्दै यस्तो व्यवस्था गरेको हो । यस दिग्दर्शनको कार्यान्वयनबाट धितोपत्र व्यावसायीहरुको ऐन, नियम पालनाको अवस्थामा सुधार आउने तथा संस्थागत सुशासन सुदृढ हुने र समष्टिगतमा धितोपत्र व्यवसायीहरुको सेवा प्रवाहमा प्रभावकारिता आई बजारको थप विकास र विस्तार हुने बोर्डले विश्वास लिएको छ । दिग्दर्शनमा गैरस्थल र स्थलगत सुपरिवेक्षणको प्रकृया, सुपरिवेक्षणकर्ताको जिम्मेवारी, काम, कर्तव्य, अधिकार तथा उत्तरदायित्वका साथै सुपरिवेक्षकको आचारसंहिता पनि समावेश गरीएको छ । धितोपत्र व्यवसायीको काम कारवाहीको अवस्था, ग्राहक पहिचान विवरण, जोखिम व्यवस्थापन, सम्पत्ति शुद्धिकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी विवरणको रिपोर्टिङको अवस्था, कारोवार प्रणाली, भौतिक पूर्वाधार एवं जनशक्तिको अवस्था, आन्तरिक नियन्त्रण प्रणाली जस्ता विषयहरुलाई दिग्दर्शनले जोड दिएको छ ।

नाफा राम्रो छ अनि आकर्षक लाभांश पनि घोषणा हुन थालिसकेको बेला किन घट्नुपर्यो बजार ?



काठमाडौं : कारोबार रकमले साथ दिइरहँदा नेप्से सूचक भने विस्तारै तल झरिरहेको छ । सूचक तल झरे पनि कारोबार रकम राम्रो भएकाले आत्तिनुपर्ने अवस्था देखिएको छैन । यतिबेला बजारमा भाउ घटाएर सेयर किन्न चाहनेहरु बढी हावी भएको देखिन्छ । यसअघि हकप्रद, बोनस र एफपीओ जारी गरेका कम्पनीहरुले धमाधम ती उपकरणहरु कारोबारका लागि नेप्सेमा सूचीकृत गर्न थालेपछि बजारमा आपूर्ति अलिबढी भएको छ । मागको तुलनामा आपूर्ति पक्ष हावी भएकै कारण केही दिनयता बजार विस्तारै तल झरेको हो । बैंक तथा बिमा कम्पनीहरुको भारीमात्रामा चुक्ता पुँजी वृद्धि भएको छ । चुक्ता पुँजी बढाउन अधिकांशले हकप्रद र बोनस सेयर दिए । जुन यतिबेला भटाभट सूचीकृत भइरहेको छ । सूचीकरण भएपछि बजारमा ती कम्पनीहरुको सेयर बिक्री गर्नेहरु अलि बढ्ने गर्छन । यतिबेला सोही प्रभाव बजारमा देखिएको फ्रन्ट लाइनमा बसेर कारोबार गरिरहेका ब्रोकरहरुको भनाई छ । यो सेयर बजारमा बाली भित्र्याउने समय हो । यतिबेला सेयर किन्दा वा किन्न नसके पनि सञ्चयमात्र गरेर राख्नमात्रै सक्यो भने पनि छोटै समयमा लाभांशको भागीदार हुन पाइन्छ ।

किनभने अबको केही सातापछि सूचीकृत कम्पनीहरुले साधारण सभा बोलाउन थाल्नेछन् । साधारण सभाले प्रस्तावित लाभांश पारित गरेपछि वितरण गर्ने प्रक्रिया पनि सुरु हुनेछ । त्यसपछि धमाधम लगानीकर्ताको डिम्याट खातामा सेयर जम्मा हुन थाल्नेछ । बजारको दिगो विकास गर्न केही स्थायी संयन्त्र तय गर्न भने अत्यावश्यक देखिएको छ । बजार निर्माताको खोजी भएको लामो समय भए पनि अहिलेसम्म काम अघि बढ्न सकेको छैन । गैरआवासीय नेपालीलाई सजिलै सेयर किन्ने वातावरण बनाउन सकिएको छैन । बजार अत्याधुनिक प्रविधियुक्त हुन सकेको छैन । धितोपत्र बोर्डले बजार सुधारका अनगिन्ती काम गरिरहेको भए पनि अझै सुधारका चरण सकिएको छैन । पछिल्लो समय तराईमा आएको बाढीले पनि बजारलाई असर गरेको छ । यसबाहेक नेपाल राष्ट्र बैंकले अन्तर बैंक कारोबारलाई सीसीडी रेसियोमा गणना गर्न नपाइने व्यवस्था गर्दा पनि बजार केही प्रभावित भएको अनुमान छ ।


नेप्से सूचक आइतबार ११.७८ अंकले घटेर १६१७.९७ विन्दुमा आइपुगेको छ । समग्रमा बजार ०.७२ प्रतिशतले ओरालो लागेको हो । कुल १५९ कम्पनीको ७९ करोड ४६ लाख रुपैयाँभन्दा धेरैको सेयर किनबेच भएको छ । ४६ लाख ७८ हजार ६४४ कित्ता सेयर कारोबार भएको छ । होटेलबाहेक बाँकी सबै समूहका सूचक राता भएका छन् । होटेल समूह भने ४.२१ अंकले माथितिर लागेको छ । सबैभन्दा धेरै बिमा सूचक ३९.७४ अंकले घटेको छ । यसैगरी, उत्पादनमूलक समूहमा पनि २५.७१ अंकको मन्दी आएको छ । विकास बैंक समूह १४.८५ अंक र बैंकिङ समूहमा १२.२ अंकले गिरावट देखिएको छ । कारोबार रकममा प्राइम लाइफ इन्सुरेन्सले अग्रता लिएको छ । प्राइम लाइफको ५ करोड ४३ लाख रुपैयाँभन्दा धेरैको सेयर कारोबार भएको हो । यसैगरी, कारोबार रकमकै आधारमा दोस्रो र तेस्रो स्थानमा क्रमशः सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम–१ र नेपाल क्रेडिट एन्ड कमर्स बैंक परेका छन् । 
 
               कारोबार रकमका आधारमा प्रमुख १० कम्पनी 


दोहोरो अंकले गिरावट आएको बजारमा कारोबार रकममा सामान्य सुधार

यो साताको पहिलो दिनको सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । कारोबारमा आएका होटल बाहेक सबै समूहका परिसूचक घटेपछि बजार ओरालो लागेको हो । बजार ओरालो लागेपनि कारोबार रकममा भने सामान्य सु्धार आएको छ ।आइतबार नेप्से परिसुचक ११.७८ अंकले झरेर १६१७ .९७ अंकमा बन्द भएको छ ।

होटल समुह बाहेक अन्य सबै समुहको परिसुचक ओरालो लाग्दा कारोबार रकम भने गत विहीबारको तुलनामा चार करोडले बढेर ७९ करोड पुगेको छ । विहीबार ७५ करोड बराबरको सेयर किनबेच भएको थियो ।

आइतबार कुल १५९ कम्पनीका ४६ लाख ७८ हजार कित्ता सेयर किनबेच भए ।

यसदिन बीमा समुहको परिसुचक सबैभन्दा बढी ३९.७४ अंकले घटेको छ । त्यस्तै उत्पादन २५.७१, जलविद्युत १५.७१, विकास बैंक १४.५८ र वाणिजय बैंक समुह १२.२ अंकले ओरालो लागेको छ । त्यसैगरी फाइनान्स र अन्य समुह क्रमशः ६.६६ र २.८९ अंकले घटेको छ । होटल समुहको परिसुचक भने ४.२१ अंकले बढेको छ ।

मुक्तिनाथको ४० प्रतिशत हकप्रद खुल्यो, कहाँबाट गर्ने आवेदन ?

मुक्तिनाथ विकास बैंक ले भदौ ४ गते आइतबारदेखि १० बराबर ४ कित्ताको अनुपातमा हकप्रद सेयर निष्काशन सुरु गरेको छ । एक सय रुपैंया अंकित मूल्यमा बैंकले ६१ लाख ७० हजार ८६५ कित्ता हकप्रद सेयर बिक्री सुरु गरेको हो ।



साउन १९ गते विहीबारसम्म कायम सेयरधनीले बैंकको हकप्रदमा आवेदन गर्न पाउने छन् । बैंकले हकप्रद प्रयोजनका लागि साउन २० गते सेयरधनी पुस्तिका बन्द गरेको थियो । असोज ८ गते बैंकको सेयर निष्काशन बन्द हुनेछ । बैंकको विक्री प्रवन्धक एनआईबीएल क्यापिटल मार्केट्स रहेको छ । लगानीकर्ताले एनआईबीएल क्यापिटलका साथै मुक्तिनाथ विकास बैंकका सबै शाखाहरुबाट हकप्रदमा आवेदन गर्न सक्नेछन् । त्यसै गरी नेपाल इन्भेष्टभेन्ट बैंकको विराटनगर, नेपालगन्ज र धनगढी शाखाबाट पनि हकप्रद सेयरमा आवेदन गर्न सकिने बताइएको छ ।

बैंकको अहिले चुक्ता पूँजी एक अर्ब ५४ करोड ५८ लाख ३७ हजार रुपैंया रहेको छ । ४० प्रतिशत हकप्रद निष्काशन पश्चात बैंकको चुक्ता पूँजी दुई अर्ब १६ करोड हाराहारी पुग्ने छ । अघिल्लो आर्थिक वर्षमा बैंकले ३४ प्रतिशत बोनस वितरण र ५० प्रतिशत हकप्रद बिक्री गरेर पूँजी बढाएको थियो । यस पटक पनि बोनस र हकप्रद एकै समयमा निष्काशन गर्ने सोचमा बैंक रहे पनि राष्ट्र बैंकले पहिले हकप्रद पूँजीकरण गरेर मात्र बोनसको प्रकृयामा जान बैंकलाई निर्देशन दिएको थियो ।

४० प्रतिशत हकप्रद पश्चात बैंकको चुक्ता पूँजी दुई अर्ब १५ करोड नाघ्नेछ । राष्ट्र बैंकले तोकेको अढाई अर्ब पूँजी पुर्याउ बैंकले ३५ करोड रुपैंया बराबरको बोनस बितरण गर्नु पर्ने हुन्छ । बैंकले गत आर्थिक वर्षमा ४९ करोड ६३ लाख १६ हजार रुपैंया खुद नाफा कमाएको छ ।

२५ वाणिज्य बैंकमा निक्षेप र कर्जा परिचालनमा कसको अवस्था कस्तो ?

गत आर्थिक बर्षको  वित्तीय विवरण सार्वजनिक गरेका २५ बाणिज्य बैंकले  १९ खर्ब ५७ अर्ब २५ करोड ७५ लाख रुपैयाँ निक्षेप संकलन गरेका छन् । २५ बाणिज्य बैंकले यसअवधिमा कूल १६ खर्ब पाँच अर्ब ९५ करोड १५ लाख रुपैयाँ कर्जा परिचालन गरेका छन् ।  गत आर्थिक बर्षको वित्तीय बिवरण सार्वजनिक गर्न बाँकी सेञ्चुरी कर्मर्सियल बैंक, नेपाल क्रेडिट एण्ड कर्मस बैंक र सिभिल बैंकको तथ्याङ्क यसमा समावेश गरिएको छैन ।

सार्वजनिक भएको २५ बाणिज्य बैंकमध्ये सबैभन्दा बढी पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंकले एक खर्ब ५३ अर्ब ५७ करोड ५९ लाख रुपैयाँको निक्षेप संकलन तथा एक खर्ब ६  अर्ब ४३ करोड १३ लाख रुपैयाँको कर्जा प्रबाह गरेको छ । तर एक खर्ब २५ अर्ब ६६ करोड ९३ लाख निक्षेप संकलन गरेको निजी क्षेत्रको इन्भेष्टमेन्ट बैंकले बाणिज्य बैंकलाई पछाडि पार्दे एक खर्ब छ अर्ब ६८ करोड ३८ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।

ग्लोबल आईएमई बैंक पनि एक खर्ब माथि निक्षेप संकलन गर्दा ८० अर्ब बढीको कर्जा परिचालन गरेको छ । २५ बैंकमध्ये सबैभन्दा कम निक्षेप संकलन गर्ने बैंकमा मेगा बैंक रहेको छ । मेगाले ३८ अर्ब ९३ करोड ६८ लाख रुपैयाँ निक्षेप तथा ३४ अर्ब ५९ करोड ७८ लाख रुपैयाँ कर्जा प्रबाह गरेको छ ।

निष्कृय कर्जा अनुपात ?

निष्कृय कर्जा अनुपातमा सानीमा बैंकको नगन्य शून्य दशमलव शून्य एक प्रतिशत कायम गर्दा अन्य ११ बैंकले समेत एक प्रतिशत तल झारेर एक दर्जन बैंकले उत्कृष्ट व्यवस्थापकिय क्षमता प्रदशन गरेका छन् । २५ बाणिज्य बैंकमध्ये सबैभन्दा बढी प्रभु बैंकको चार दशमलव २९ प्रतिशत निष्कृय कर्जा बढ्दा नेपनल बैंक, कृषि विकास बैंक, राष्ट्रिय बाणिज्य बैंक र जनता बैंकको भने दुई प्रतिशत माथि रहेको छ ।

सीसीडी रेसियो अनुपात ?

बैंकहरुलाई राष्ट्र बैंकले असोज मसान्तसम्म सीसीडी रेसियो अनुपात ८० प्रतिशत तल झार्न निर्देशन दिएपछि गत आर्थिक बर्षमा २५ वटै बाणिज्य बैंकले ८० प्रतिशत तल झारेका छन् । यसअघि बैंकमा निक्षेपको तुलनामा कर्जा परिचालन बढी हुँदा केही बैंकको सीसीडी अनुपात ८३ प्रतिशतमाथि नाघेको थियो ।

२५ बाणिज्य बैंकमध्ये सबैभन्दा कम सीसीडी अनुपात कृषि विकासको जम्मा ६२.३९ प्रतिशत रहँदा सबैभन्दा बढी हिमालयन बैंकको ७९.०७ प्रतिशत रहेको छ । यसरी हेर्दा कृषि विकास ६२.३९ प्रतिशत, राष्ट्रिय बाणिज्य बैंकले ६९.३ प्रतिशत तथा नेपाल बंगालादेश बैंकले ६९.३६ प्रतिशत कायम गर्दे ७० प्रतिशत तल सीसीडी अनुपात कायम गर्ने बैंकमा उभ्याएका छन् ।

७० प्रतिशतदेखि ७५ बिचको सीसीडी अनुपात ९ वटा बाणिज्य बैंक रहेको छ । ७५ प्रतिशत माथि सीसीडी अनुपात रहने बाणिज्य बैंकको संख्या १३ वटा रहेको छ ।


यी ७ कम्पनीको हकप्रद शेयर निष्काशन भएका छन्, भर्न त छुट्नु भएन ?

हालै यी ७ बैंक तथा वित्तीय संस्थाहरुको हकप्रद शेयर निष्काशन भएका छन् ।



हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड
हिमालयन जनरल इन्स्योरेन्स कम्पनी (Himalayan General Insurance Co. Ltd.) को एक बराबर एक दशमलव ६६६७ को अनुपात अर्थात १६६ प्रतिशत हकप्रद असार २८ गतेबाट निष्काशन भएको छ । कम्पनीले सय रुपैयाँ अंकित मूल्यमा ६४ करोड २० लाख रुपैयाँ बराबरको ६४ लाख २० हजार कित्ता हकप्रद शेयर निष्काशन गरेको हो । बैंकको हकप्रदमा असार २८ देखि साउन ३१ सम्म आवेदन दिनसक्नेछन् । कम्पनीको हकप्रदमा असार १५ गतेसम्मका शेयरधनीले आवेदन दिन सक्ने छन् । कम्पनीले शेयर बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ । इक्रा नेपालले कम्पनीको हकप्रदलाई ग्रेड थ्रि रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको अवस्था औसत रहेको जनाउँछ ।

माछापुच्छ्रे बैंक लिमिटेड
माछापुच्छ्रे बैंक लिमिटेड (Machhapuchhre Bank Limited) ले १२ प्रतिशत हकप्रद शेयर साउन ५ गतेदेखि निष्काशन गरेको छ । बैंकले सय रुपैयाँ अंकित मूल्यमा ७९ लाख १८ हजार ४४० कित्ता हकप्रद शेयर बिक्री गरेको हो । बैंकको हकप्रदमा जेठ १६ गतेसम्म कायम शेयरधनीले भदौ ७ गतेसम्म आवेदन दिन सक्नेछन् । बैंकको हकप्रद शेयर निष्काशनका लागि बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

कन्काई विकास बैंक लिमिटेड
कन्काई विकास बैंक लिमिटेड (Kankai Bikas Bank Ltd) को एक बराबर २.१४ अर्थात् २१४ प्रतिशत हकप्रद शेयर साउन ९ देखि निष्काशन गरेको छ । बैंकले सय रुपैयाँ अंकित मूल्यमा ३२ करोड १० लाख रुपैयाँ बराबरको बैंकले ३२ लाख १० हजार कित्ता हकप्रद शेयर निष्काशन गरेको हो । बैंकको हकप्रदमा असार १८ गतेसम्म कायम शेयरधनीले भदौ ११ गतेसम्म आवेदन दिनसक्ने छन् । बैंकले बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

सेञ्चुरी कमर्सियल बैंक
सेञ्चुरी कमर्सियल बैंक (Century Commercial Bank Ltd.) ले १० बराबर ४ अनुपातको हकप्रद शेयर साउन १६ गतेबाट निष्काशन खुल्ला गरेको छ । बैंकले सय रुपैयाँ अंकित मूल्यमा १ अर्ब ८८ करोड ५४ लाख २५ हजार ७ सय रुपैयाँको १ करोड ८८ लाख ५४ हजार २५७ कित्ता शेयर निष्काशन गरेको हो । बैंकको उक्त हकप्रद शेयरमा असार २६ गतेसम्म कायम शेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । हकप्रद विक्री प्रवन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

सानिमा माई हाइड्रोपावर कम्पनी
सानिमा माई हाइड्रोपावर (sanima mai hydropower ltd) ले १ बराबर १ अर्थात १०० शतप्रतिशत हकप्रद शेयर निश्चित गरेको छ । कम्पनीले १ करोड ५ लाख ५० हजार कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो । बैंकको हकप्रदमा शेयरधनीले साउन २७ गतेदेखि भदौ २९ गतेसम्म आवेदन दिन सक्नेछन् । हकप्रद हकप्रद शेयर विक्री प्रबन्धकमा सनराईज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

हकप्रद शेयर निष्काशित कम्पनी



मुक्तिनाथ विकास बैंक
मुक्तिनाथ विकास बैंक (Muktinath Bikas Bank Ltd.) ले १० बराबर ४ को अनुपातमा अर्थात ४० प्रतिशत हकप्रद शेयर निष्काशन गरेको छ । बैंकले सय रुपैयाँ अंकित मूल्यमा ६१ करोड ७० लाख ८६ हजार ५०४ रुपैयाँको ६१ लाख ७० हजार ८६५ कित्ता शेयर निष्काशन गरेको हो । बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबीएल क्यालिटल लिमिटेड रहेको छ । हकप्रद शेयरको विक्री खुल्ला भदौ ४ गते देखि असोज ८ गते सम्म भर्न सकिने छ ।

अरुण फाइनान्स लिमिटेड
अरुण फाइनान्स लिमिटेड (Arun Finance Limited) ले १ बराबर १ अनुपात अर्थात शतप्रतिशत हकप्रद शेयर निष्काशन गरेको छ । फाइनान्सले सय रुपैयाँ अंकित मूल्यमा १५ लाख कित्ता हकप्रद शेयर निष्कानश गर्ने भएको छ । अरुण फाइनान्सको हकप्रद साउन ९ गतेसम्म कायम शेयरधनीले भदौ ६ गतेदेखि असोज ९ गतेसम्म आवेदन दिन सक्नेछन् । बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ ।


यी कम्पनीहरुको शेयर निष्काशन मिति नजिकिदो छः


अन्तर बैंक निक्षेप सीसीडीमा गणना गर्न नपाएपछि अब के हुन्छ ? यसो भन्छन् अनिल शाह र भरतराज ढकाल



काठमाडौं : नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशिका २०७४ मा सीसीडी रेसियोलाई (कर्जा पुँजी निक्षेप अनुपात) गणना गर्दा अन्तर बैंक निक्षेपलाई स्रोतमा परिचालन गर्न पाइदैन भनेपछि विशेष गरी विकास बैंक र फाइनान्स कम्पनीमा तरंसीसीडी रेसियो व्यवस्थापन गर्न गाह्रो छ, निक्षेपको ब्याजदर अझै बढ्न सक्छ :
  अनिल केशरी शाहग पैदा भएको छ । सम्पूर्ण आम्दानीको झन्डै ८ प्रतिशत जति यही अन्तर बैंक निक्षेपको ब्याजको योगदान हुने भएपछि विकास बैंक र फाइनान्स कम्पनीलाई चिन्ता हुनु स्वभाविक देखिन्छ । यता, झण्डै ७५ अर्ब रुपैयाँ विकास बैंक, फाइनान्स कम्पनी लगायत वित्तीय संस्थाको पैसा राख्दै आएका  वाणिज्य बैंकहरुलाई पनि यो व्यवस्था त्यति चित्त बुझेको छैन । यो निर्देशिका परिमार्जन गर्नुपर्छ भन्ने पक्षमा अहिले कतिपय वाणिज्य बैंकसमेत देखिएका छन् । विकास बैंक र फाइनान्स कम्पनीहरुले त लबिङ नै सुरु गरिसकेका छन् । विशेषगरी विकास बैंक र फाइनान्स कम्पनीलाई निर्देशिकाले ध्यान तानेको छ । बैंक तथा वित्तीय संस्थाका प्रमुखहरुले छलफल नै नगरी राष्ट्र बैंकले निर्देशिकामार्फत यस्तो व्यवस्था गर्दा समस्या उत्पन्न भएको दाबी गरेका छन् । अन्तर बैंक निक्षेपलाई सीसीडीमा गणना गर्न नपाउने व्यवस्थाले समग्र बैकिङ प्रणालीमा कस्तो असर पर्ला भनेर हामीले बैकर्स संघका अध्यक्ष तथा मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र डेभलपमेन्ट बैंकर्स संघका अध्यक्ष तथा मुक्तिनाथ विकास बैंकका कार्यकारी अधिृकत भरतराज ढकाललाई सोधेका छौ । यस्तो छ उनीहरुको भनाई :

सीसीडी रेसियो व्यवस्थापन गर्न गाह्रो छ, निक्षेपको ब्याजदर अझै बढ्न सक्छ :
  अनिल केशरी शाह

अन्तर बैंक निक्षेपलाई सीसीडी रेसियोमा (कर्जा पुँजी निक्षेप अनुपात) गणना गर्न नपाउँदा वाणिज्य बैंकहरुलाई समेत समस्या पर्ने देखिन्छ । राष्ट्र बैंकको यस निर्देशनले विशेषगरी ‘ख’ ‘ग’ र ‘घ’ वर्गका वित्तीय संस्था मारमा परेका छन् । यी सबै संस्थाको अहिले विभिन्न वाणिज्य बैंकमा झण्डै ७५ अर्ब रुपैयाँजति निक्षेप छ । राष्ट्र बैंकको निर्देशिकापछि हामीले अहिले त्यसमा कुनै ब्याज दिएका छैनौ । ब्याज नदिएपछि ती संस्थाहरुले अब वाणिज्य बैंकबाट निक्षेप झिकेर लैजान सक्छन् । उनीहरुले पैसा झिक्ने वित्तिकै वाणिज्य बैंकलाई सीसीडी रेसियो मेन्टन गर्न गाह्रो हुन्छ । यही व्यवस्था कायम राखिराख्ने हो भने राष्ट्र बैंकले आगामी पुससम्म सीसीडी ८५ प्रतिशतसम्म रहर्न  दिनुपर्छ, होइन भने निर्देशिका नै परिवर्तन गर्नुपर्छ । यसको असर समग्र बैंकिङ  प्रणालीमा पर्छ । पछिल्लो समय निक्षेपको ब्याजदर केही घट्न थाले पनि फेरि उनीहरुले पैसा झिक्ने वित्तिकै निक्षेपको ब्याजदर बढाउनुपर्ने अवस्था आउँछ ।

विकास बैंकको नाफा घट्न, तुरुन्त यसलाई परिमार्जन गरिहाल्नुपर्छ : भरतराज ढकाल 



विगतमा अन्य नयाँ व्यवस्था कार्यान्वयन गर्नुअघि राष्ट्र बैंकले हाम्रो पनि राय सुझाव माग्ने गरेकोमा अहिले हामीसँग कुनै छलफल नै नगरी एकीकृत निर्देशिकामार्फत सीसीडी रेसियोमा अन्तर बैंक निक्षेप गणना गर्न पाइदैन भनेर व्यवस्था गरेको छ । पहिला बैंक तथा वित्तीय संस्थाको सीसीडी रेसियोमा केही न केही छुट थियो । अहिले पनि असोजसममलाई केही छुट दिइएको थियो तर यो निर्देशन आएपछि अब के हुन्छ भन्ने निकै अन्यौल बढेको छ । राष्ट्र बैंकको यस नियमले बैंकको विकास बैंकहरुको नाफामा प्रत्यक्ष असर गर्छ । कर्जा लगानी गर्न सक्ने पैसा नभएर फेरि लिक्विडी क्रन्च (तरलता अभाव) हुन्छ । अहिले बैंकलाईं पुँजी वृद्धि सँगै व्यवसाय विस्तार गर्नपर्ने अवस्था छ । यसको लागि स्रोत चाहिन्छ । सरकारले विकास खर्च समयमा गर्न सक्दैन । रेमिट्यान्स घट्दो अवस्थामा छ । यस्तो बेला तरलता झन् अभाव पार्ने निर्देशन आउनु ठीक होइन । हामीले निर्देशिकाको यो व्यवस्था उचित भएन परिमार्जन गर्नुपर्यो भनेर राष्ट्र बैंकलाई लिखित पत्राचारसमेत गरिसकेका छौ । राष्ट्र बैंकले यसलाई पुर्नविचार गर्नुपर्छ । यो त स्पिडमा गुडिरहेको गाडीलाई एक्कासी ब्रेक लगाएर दुर्घटनामा पार्न खोजेको
जस्तो भयो नि ।



चार विकास बैंकलाई गाभेको एनसीसी उक्लियो अर्बपति क्लबमा,खराब कर्जाको भार अझै कति ?

चार विकास बैंकलाइृ गाभेको नेपाल क्रेडिट एण्ड कर्मश बैंक (NCCB)  पनि अर्ब बढी नाफा कमाउने वाणिज्य बैंकको सूचिमा परेको छ । बैंकले गत आर्थिक बर्ष १ अर्ब ३२ करोड ५८ लाख रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो बर्षको तुलनामा बैंकको नाफा ८७ प्रतिशतले बढी हो । गतबर्ष बैंकले ७० करोड ७८ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।



बैंकमा गाभिएको एउटा विकास बैंकको खराब कर्जाले बैंकको खराब कर्जा भने बढेको छ । बैंकको खराब कर्जा ४.८० प्रतिशत छ । जबकी अघिल्लो बर्ष बैंकको खराब कर्जा ०.९१ प्रतिशत मात्रै थियो ।

गत बर्ष बैंकले १ अर्ब ३३ करोड रुपैयाँ खराब कर्जा उठाएर नाफा बढाएपनि अझै सम्भावित नोक्सानीमा ८२ करोड १२ लाख छुट्याएको छ । अघिल्लो वर्ष यस्तो नोक्सानीको लागि बैंकले २ अर्ब छुट्याएको थियो ।

बैंकले ब्याज आम्दानीबाट १ अर्ब ७२ करोड, कमिसनबाट २१ करोड र अन्य संचालन आम्दानी १४ करोड गरेको छ । यसरी बैंकले २ अर्ब १२ करोड रुपैयाँ संचालन आम्दानी गरेको छ ।

बैंकले यसअवधिमा ५८ अर्ब ७९ करोड रुपैयाँ संकलन गरेर ४८ अर्ब १६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

त्यस्तै बैंकको प्रतिशेयर आम्दानी वाषिर्क २८.३४ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १५४ रुपैयाँ ७१ पैसा, तरलता अनुपात २५ दशमलव १२ प्रतिशत, मूल्य आम्दानी अनुपात १३ दशमलव ५१ गुणा छ ।

४ अर्ब ६७ करोड चुक्ता पुँजी भएको बैंकको जगेडाकोषमा २ अर्ब ५६ करोड पुगेको छ । चार विकास बैंकलाई गाभेपछि बैंकको चुक्तापूँजी र जगेडाकोषमा बढोत्तरी आएको हो ।

सिन्धु विकास बैंकको भदौ १८ देखि ८०% हकप्रद खुल्दै, कहिले हुँदैछ बुक क्लोज ?



काठमाडौं : सिन्धु विकास बैंकको भदौ १८ गतेदेखि ८०% हकप्रद सेयर बिक्री खुला हुँदैछ । यसआधारमा सिन्धुले १०ः८ अनुपातमा (प्रत्येक १० कित्ता बराबर थप ८ कित्ता) सेयर बिक्री गर्न लागेको हो । बैंकले १०० रुपैयाँ अंकित मूल्यको २० लाख ९७ हजार ५४० कित्ता सेयर बिक्री गर्नेछ । यो हकप्रद असोज २२ गतेसम्म भर्न पाइनेछ । बैकले ८०% हकप्रदका लागि भदौ ९ गतेदेखि बुक क्लोज गर्दैछ । यसआधारमा भदौ ८ गतेसम्म कायम रहेका सेयरधनीले मात्र यसमा आवेदन दिन सक्नेछन् । सामान्ययतयः बुक क्लोज हुनुभन्दा अघिल्लो दिनसम्म कायम सेयरधनीले हकप्रद भर्न पाउने हुँदा भदौ ८ गते भित्र नै सेयर किनिसक्नुपर्नेछ । पुराना सेयरधनीले भने स्वत ः हकप्रद भर्न पाउनेछन् । एनआइबिएल क्यापिटल मार्केट्स लाजिम्पाट काठमाडौंबाट हकप्रद आवेदन दिन सकिनेछ ।

त्यसैगरी, सिन्धु विकास बैंकको मुख्य कार्यालय बाह्रबिसे सिन्धुपाल्चोक र यसका अधिकांस शाखा कार्यालय अनि नेपाल इन्भेष्टमेन्ट बैंकका शाखा कार्यालयहरु चिप्लेढुंगा पोखरा, विराटनगर, वीरगञ्ज, नारायणगढ, बुटवल, नेपालगञ्ज र धनगढी शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ । सिन्धुको यो हकप्रदमा बिक्री प्रबन्धकको काम एनआइबीएल क्यापिटल मार्केट्सले गर्नेछ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा सिन्धुको चुक्ता पुँजी २६ करोड २१ लाख ९२ हजार रुपैयाँ छ । हकप्रद सेयर बिक्रीपछि भने बैंकको चुक्ता पुँजी ४७ करोड १९ लाख ४६ हजार ५०० रुपैयाँ हुनेछ । चौथोे त्रैमासमा बैंकले ३ करोड ७२ लाख ३७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको प्रतिसेयर आम्दानी १४ रुपैयाँ २० पैसा (बार्षिक) र प्रतिसेयर नेटवर्थ १२६ रुपैयाँ ६८ पैसा छ ।

नागरिक लगानी कोषको पनि आयो वित्तीय विवरण, प्रतिसेयर आम्दानी ३८ रुपैयाँ



काठमाडौं : नागरिक लगानी कोषले आर्थिक वर्ष २०७३।७४ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कोषले चौथो त्रैमाससम्ममा आय कर तिर्नु भन्दा अगाडि ३८ करोड ९४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । नागरिक लगानी कोषले १० करोड ४८ लाख रुपैयाँ आय करका लागि व्यवस्था गरेको छ । आय कर छुट्याइसकेपछि भने लगानी कोषको खुद नाफा २८ करोड ४५ लाख रुपैयाँ हुन आउँछ । कोषको सेयर पुँजी ७४ करोड ३ लाख रुपैयाँ छ । यसको खुद कोष माज्दातमा ९३ अर्ब ५४ करोड ५१ लाख रुपैयाँ छ । नागरिक लगानी कोषको प्रतिसेयर आम्दानी ३८ रुपैया र प्रतिसेयर नेटवर्थ २०२ रुपैयाँ छ । कोषको प्रतिसेयर आम्दानी र नेटवर्थ दुवै अघिल्लो वर्षको तुलनामा धेरै हो । अघिल्लो वर्ष प्रतिसेयर आम्दनी ३५ रुपैयाँ र नेटवर्थ १६४ रुपैयाँ थियो ।

नागरिक लगानी कोषको विगत लामो समयदेखि लेखापरीक्षणका साथै साधारण सभा हुन सकेको छैन । समयमै लेखापरीक्षण नगरेका कारण महालेखा परीक्षकको कार्यालयले कोषलाई तत्काल लेखापरीक्षणको कार्य अघि बढाउन निर्देशन पनि दिएको थियो । साधारण सभा हुन नसक्दा लगानीकर्ताले लाभांशसमेत पाएका थिएनन् । यस्तो अवस्थामा कोषले भदौ १६ गते वार्षिक साधारण सभा बालाएर २१.८५% बोनस सेयर र कर तिर्न १.१५ नगद लाभांश दिने भएको छ । साधारण सभा गर्न कोषले साउन २७ गतेदेखिनै बुक क्लोज गरेकाले साउन २६ गतेसम्म कायम सेयरधनीले मात्र लाभांश पाउनेछन् ।

एभरेष्ट बैंकको वास्तविक प्रतिसेयर आम्दानी कति ?


एभरेष्ट बैंकको कमाई चुक्तापूँजी वृद्धिको अनुपातमा बढ्न नसक्दा प्रतिसेयर आम्दानीमा गिरावट आएको छ ।बैंकले आफ्नो वित्तीय विवरणमा प्रतिसेयर आम्दानी ४३ रुपैयाँ ७८ पैसा देखाएपनि यसको वास्तविक प्रतिसेयर आम्दानी अझै कम हुने देखिन्छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक बर्षमा ६५ रुपैयाँ ९७ पैसा रहेको बैंकको प्रतिसेयर आम्दानी यसपाली ४३ रुपैयाँ ७८ पैसामा झरेको छ । बैंकले आफ्नो वित्तीय विवरणमा चुक्तापूँजी ५ अर्ब ७४ करोड रुपैयाँ देखाएको छ। यो पूँजीलाई आधार मान्दा पनि बैंकको प्रतिसेयर आम्दानी ३४ रुपैयाँ ५२ पैसा हुनुपर्ने हो । तर बैंकले प्रतिसेयर आम्दानी ४३ रुपैयाँ ७८ पैसा देखाएको छ । बैंकले हकप्रदबाट थपिएको पूँजीलाई गणना नगरी प्रतिसेयर आम्दानी देखाएको हो ।

बैंकले संस्थापक सेयरधनीहरुले हकप्रदबापत गरेको अग्रिम भुत्तानीलाई पूँजीकृत गराएर चुक्तापूँजी ५ अर्ब ७४ करोड रुपैयाँ देखाएको छ। जसमा साधारण सेयरधनीहरु मार्फत आउने पूँजी गणना गरिएको छैन । बैंकले असार १८ गतेदेखि साउन २२ गतेसम्म ३३.३३ प्रतिशत हकप्रद बिक्री गरेको थियो।

हकप्रद बापत साधारणसेयरधनी मार्फत आउने पूँजी समेत गणना गर्दा बैंकको चुक्तापूँजी ६ अर्ब एघार करोड ५२ लाख रुपैयाँ पुग्छ । यसो हुँदा बैंकको वास्तविक प्रतिसेयर आम्दानी अझै घटेर ३२ रुपैयाँ ४० पैसा हुन आउने देखिन्छ ।

गत आर्थिक बर्षमा ७० प्रतिशत बोनस वितरण र ३३ प्रतिशत हकप्रद बिक्री गरेर पूँजी बढाएको बैंकको नाफा पूँजी वृद्धिको अनुपातमा बढ्न नसक्दा प्रतिसेयर आम्दानीमा गिरावट आएको हो ।

एभरेष्टले गत आर्थिक बर्षमा एक अर्ब ९८ करोड रुपैयाँ नाफा गरेको छ । एभरेष्टको नाफा अघिल्लो बर्षको यसै अवधिको तुलनामा १४.५० प्रतिशत बढी हो । अघिल्लो बर्ष बैंकले एक अर्ब ७३ करोड रुपैयाँ नाफा गरेको थियो।

बैंकले जगेडाकोषमा ५ अर्ब ८८ करोड रुपैयाँ राखेको छ । बैंकले यसअवधिमा ९५ अर्ब ९ करोड रुपैयाँ निक्षेप संकलन गरि ७८ अर्ब २८ करोड रुपैयाँ ऋण लगानी गरेको छ।

बैंकको पूँजी कोष अनुपात १४.८५ प्रतिशत, बैंकको खराब कर्जा ०.५१ प्रतिशत छ । बैंकले प्रोभिजनमा १२ करोड २४ लाख रुपैयाँ राखेको छ भने ४ करोड ३३ लाख रुपैयाँ खराब कर्जा उठाएको छ ।

जीवन बीमा कम्पनीको वित्तीय बिवरण हेरेर यसरी झुक्किन्छन् लगानीकर्ता


लाइफ इन्स्योरेन्स कर्पोरेशनले गत आर्थिक वर्षमा गरेको प्रगति,वित्तीय विबरणमा नदेखिँदा साधारण लगानीकर्तामा अन्यौल देखिएको छ ।  एलआईसीको गत आर्थिक वर्षको वित्तीय विबरणमा परिष्कृत र अपरिष्कृत विबरण उल्लेख गरिएको छ । जहाँ बिमाङ्कीय मुल्याङ्कन पनि समेटिएको छैन ।

जीवन बीमा कम्पनीको अपरिष्कृत वित्तीय विबरणमा उल्लेखित खुद नाफा वास्तविक नहुने भएकाले पनि वित्तीय विबरण हेर्ने सामान्य लगानीकर्ता झुक्किने गरेका छन् ।

यहाँ एलआईसी अघिल्लो आर्थिक वर्षको अपरिष्कृत वित्तीय विबरणसँग गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विबरण दाँजेर देखाउन खोजिएको छ ।

गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विबरण अनुसार एलआईसीले ११ करोड ६७ लाख ४७ हजार रुपैंया खुद नाफा कमाएको छ । सोही वित्तीय विबरणमा उल्लेखित अघिल्लो आर्थिक वर्षको परिष्कृत विबरण अनुसार इन्स्योरेन्सको खुद नाफा ३२ करोड १४ लाख ३५ हजार रुपैंया खुद नाफा कमाएको देखाइएको छ । तर अघिल्लो आर्थिक वर्षको अपरिष्कृत वित्तीय विबरण हेर्ने हो भने इन्स्योरेन्सले जम्मा चार करोड ९३ लाख ५५ हजार रुपैंया मात्र खुद नाफा कमाएको देखिन्छ ।

यहाँ प्रष्ट पार्न खोजिएको विषय अघिल्लो आर्थिक वर्षको अपरिष्कृत वित्तीय विबरणमा चार करोड ९३ लाख रुपैंया रहेको खुद नाफा परिष्कृत हुँदा ३२ करोड पुगेको हो । अब चार करोड रुपैंयाको खुद नाफा गत आर्थिक वर्षमा ११ करोड पुग्दा परिष्कृत वित्तीय बिवरणमा मात्र कम्पनीको वास्तविक खुद नाफा देखिने छ । अपरिष्कृतबाट परिष्कृतमा रुपान्तरण हुँदाको वृद्धि प्रतिशतको आधार अनुसार हेर्ने नमिल्ने भएकाले एलआईसीको वास्तविक खुद नाफा यति हुन्छ भन्न सकिन्न । तर अपरिष्कृत वित्तीय विबरणका आधारमा मात्र खुद नाफाको वृद्धि प्रतिशत हेर्दा १३६.५४ प्रतिशत हुन आउँछ । इन्स्योरेन्सले गत आर्थिक वर्षमा छ अर्ब ९५ करोड ७५ लाख ११ हजार रुपैंयाको खुद बीमाशुल्क आर्जन गरेको छ । उसले ७१ करोड चार लाख ६४ हजार रुपैंयाको मात्र खुद बीमा दाबी भुक्तानी गरेको छ । उसले सात हजार चार सय ५५ वटा बीमा दाबी भुक्तानी गरेकोमा एक करोड ६८ लाख रुपैंयाको बीमा दाबी भुक्तानी गर्न बाँकी रहेको वित्तीय विबरणमा उल्लेख छ ।

खुद नाफा वास्तविक हुन नसकेका कारण वित्तीय बिवरणमा उल्लेख गरिएको प्रतिसेयर आम्दानी तथा मूल्य आम्दानी अनुपात लगायतका सूचक पनि वास्तविक हुन सक्दैनन् । जसका कारण उसको प्रतिसेयर आम्दानी आठ रुपैंया ७५ पैसा मात्र रहेको देखाइएको छ । अघिल्लो आर्थिक वर्षमा प्रतिसेयर आम्दानी पाँच रुपैंया ७७ पैसा मात्र रहेको देखाइएको थियो ।

यस आधारमा पनि इन्स्योरेन्सको कमाई धेरै बढेको देखिन्छ । किनकी समीक्षा अवधिमा उसको चुक्ता पूँजी एक अर्ब छ करोड ९४ लाख ५३ हजार रुपैंयाबाट बढेर एक अर्ब ३३ करोड ४६ लाख ७७ हजार रुपैंया पुगेको छ । पूँजी बढ्दा पनि प्रतिसेयर आम्दानी बढ्नुले कमाई फराकिलो अंकले बढेको बुझ्न सकिन्छ । उसको जगेडा कोषमा २६ करोड पाँच लाख एक हजार रुपैंया सञ्चित रहेको देखाइएको छ । खुद नाफा वास्तविक नभएकाले परिष्कृत विबरणमा जगेडा कोषको आकार पनि फराकिलो अन्तरले बढ्ने देखिन्छ ।

हिमालयन पावरको सेयर कारोबार आइतबार देखि खुल्ने,कति तोकियो मूल्य ?

हिमालयन पावर पार्टनर कम्पनी (HPPL) को सेयर कारोबार आइतबारदेखि खुल्ने भएको छ । कम्पनीले यसै साता नेप्सेमा एक करोड ६ लाख ५४ हजार कित्ता सेयर सूचीकरण गराएको थियो । नेप्सेले कम्पनीको पहिलो कारोबार लागि एक सय रुपैयाँदेखि ३ सय रुपैयाँसम्मको रेञ्ज दिएको छ ।



कम्पनीले २१ करोड ३० लाख ४३ हजार रुपैयाँ बराबरको २१ लाख ३० हजार ४३० कित्ता साधारण शेयर जारी गरेको थियो ।

जसमध्ये कर्मचारी र सामूहिक लगानीकोषलाई छुट्याएर १९ लाख ८१ हजार ६ सय ७५ कित्ता सेयर सर्वसाधारणलाई वितरण गरेको थियो ।

जसमा एक लाख २९ हजार ३०२ जनालाले १० कित्ता, ५ जनाले ११ कित्ता र ३४ हजार ४३० जनाले २० कित्ताका दरले सेयर पाएका थिए ।

राष्ट्र बैंकको निर्देशन अझै कार्यान्वयन भएन

भूकम्पपीडितलाई बैंँक तथा वित्तीय संस्थाले सामूहिक जमानी र सहुलियत ब्याज दरमा ऋण दिन नेपाल राष्ट्र बैंकले दिएको निर्देशन अझै कार्यान्वयन भएको छैन ।भूकम्पपीडितलाई आवास निर्माण गर्न नेपाल सरकारले दिने रु तीन लाख अनुदान अपुग भएको गुनासोपछि सामूहिक जमानी र सहुलियत ऋण प्रवाहमा नुवाकोटमा रहेका बैंँक तथा वित्तीय संस्थाले अघि नबढाएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला समन्वय समितिको सचिवालयले जनाएको छ ।



आवास निर्माण गर्न प्रभावितलाई नेपाल सरकारले किस्ताबन्दीमा दिने रु तीन लाखले घर बनाउन रकम अपुग भएपछि बैंक तथा वित्तीय संस्थाले भूकम्पपीडितलाई बिनाधितो सामूहिक जमानीमा रु तीन लाख ऋण दिने जनाए पनि यहाँ त्यसको पालना नै नभएकोे जिल्ला सचिवालयका निमित्त प्रमुख बेदप्रसाद गौडेलले बताए ।

“भूकम्पपीडितलाई आवास निर्माणमा सहयोग पु¥याउन तीन लाख रुपैयाँ अनुदानसहित सामूहिक जमानीमा थप तीन लाख र सहुलियत ब्याजदरमा २५ लाखसम्म ऋण दिने भनिएको हो ।” निमित्त प्रमुख गौडेलले भने “केन्द्रबाट जारी निर्देशन जिल्लाका बैंकसम्म नआइपुगेको भन्दै कार्यान्वयन उदासिन देखिएका छन् ।”

भूकम्पले क्षति पुगेका निजी आवास निर्माणलाई प्रोत्साहन गर्न पुनःनिर्माण प्राधिरकणले घोषणा गरेअनुसार सुविधा उपलब्ध नहुँदा प्रभावित नयाँ घर बनाउने आकर्षण निकै कम रहेको छ । शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयकाअनुसार साउन तेस्रो सातासम्ममा जिल्लामा पाँच हजार सय ४९ घरको पुनःनिर्माण भएको छ । वैशाख १२ को विनाशकारी भूकम्पले नुवाकोटमा ६५ हजार ७५९ घर पूर्ण क्षति भएकामा आवास निर्माण गर्न ६२ हजार ३७४ धरधुरीले अनुदान सम्झौता गरेका छन् ।

सम्झौता गरेकामा ६२ हजार ६३ घरधुरीले पहिलो किस्ताबापत रु पचास हजार लिएपनि घर बनाउनेको संख्या निकै कम छ । रासस

काठमाडौं : धेरैजसो वाणिज्य बैंकहरुको नाफा अर्ब भन्दा माथि पुगेको छ । आर्थिक वर्ष २०७३।७४ को चौथो त्रैमासको प्रतिवेदन सार्वजनिक गरेका २४ वाणिज्य बैंकले समग्रमा ४१ अर्ब १६ करोड ९७ लाख २ हजार ९६० रुपैयाँ खुद नाफा कमाएका छन् । हालसम्म प्रतिवेदन सार्वजनिक गरेका बैंकहरुमध्ये सबैभन्दा बढी नाफा गर्नेमा नबिल बैंक देखिएको छ । नबिलले ३ अर्ब ६२ करोड ८ लाख २२ हजार रुपैयाँ खुद नाफा गरेको प्रतिवेदन पेस गरिसकेको छ । दोस्रो बढी नाफा कमाउनेमा नेपाल बैंक परेको छ । यसले ३ अर्ब २१ करोड ९५ लाख ६० हजार रुपैयाँ खुद नाफा गरेको छ । सूचीकृत बैंकमा ३ अर्ब बढी नाफा गर्नेमा नेपाल इन्भेष्टमेन्ट बैंक पनि रहेको छ । यता, सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले पनि ३ अर्ब ८ करोड रुपैयाँ भन्दा धेरै नाफा कमाएको छ । कृषि विकास बैंकले २ अर्ब ७७ करोड ६७ लाख ५ हजार रुपैयाँ खुद नाफा गरेको छ भने ग्लोबल आइएमई र हिमालयन बैंकले पनि २ अर्ब भन्दा बढी खुद नाफा बुक छन् । अधिकांश बैंकको नाफा १ अर्ब भन्दा माथि भएपनि अझै कतिपय बैंकको नाफा भने अर्ब पुग्न सकेको छैन । कुमारी, मेगा, जनतालगायत बैंकको नाफा १ अर्ब भन्दा कम छ । समग्रमा हेर्दा वाणिज्य बैंकहरुले झिनो अंकमा भएपनि चुक्ता पुँजी अनुसार नाफा वृद्धि गर्दै गएको देखिन्छ ।

मिसन ८ अर्ब नजिक पुग्दै अधिकांश बैंकहरु

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा २४ बैंकको कुल चुक्ता पुँजी १ खर्ब ६१ अर्ब ९७ करोड ९५ लाख ३० हजार रुपैयाँ पुगेको छ । नियामक नेपाल राष्ट्र बैंकले २०७५ असार मसान्तसम्म वाणिज्य बैंकहरुलाई न्यूनतम चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुर्याउनुपर्ने वाध्यात्मक अवस्था सृजना गरेपनि चालु आर्थिक वर्षको मौद्रिक नीतिले केही खुकुलो गरेको छ । अब आगामी साधारण सभासम्ममा चुक्ता पुँजी पुगेको देखिने आधारसहित लेखा परीक्षण प्रतिवेदन पेस गरे पुग्नेछ । राष्ट्र बैंकले मिति नतोकेको पनि सामान्यतयः आगामी पुससम्ममा सबैको तोकिएको न्यूनतम चुक्ता पुँजी पुगिसक्नुपर्नेछ । आव २०७३।७४ सम्म आइपुग्दा रिपोर्ट सार्वजनिक गरेका २४ वाणिज्य बैंकमध्ये सबैभन्दा धेरै नेपाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी ९ अर्ब २४ करोड ३ लाख ७९ हजार रुपैयाँ  पुगेको छ । ग्लोबल आइएमई बैंक र राष्ट्रिय वाणिज्य बैंकको पनि चुक्ता पुँजी ८ अर्ब माथि नै देखिन्छ । कृषि विकास बैंकको कुल चुक्ता पुँजी १२ अर्ब ५२ करोड भए पनि साधारण सेयर पुँजी भने ७ अर्ब ८ करोड ७६ लाख ८० हजार रुपैयाँमात्र छ । कृषिको बाँकी पुँजीमा सरकारको अग्राधिकार सेयर लगानी छ । यता, प्रभु बैंकको चुक्ता पुँजी ५ अर्ब ८८ करोड छ भने अन्य कतिपय बैंकको पनि ६ अर्बभन्दा बढी छ । केही बैंकहरु ८ अर्ब नजिक पनि पुगेका छन् । प्रभुले चुक्ता पुँजी वृद्धिकै लागि ४० प्रतिशत हकप्रद सेयर निष्काशनको माग गर्दै धितोपत्र बोर्डमा आवेदन दिइसकेको छ । बोर्डले अनुमति दिए प्रभुको चुक्ता पुँजी ८ अर्ब माथि पुग्नेछ । पुँजी नपुगेका बैंकहरुले पनि हकप्रद र बोनसमार्फत पुर्याउँदैछन् । मेगा बैंक पनि ६५% हकप्रद बिक्री गर्ने तयारीमा छ । सिभिल बैंक पनि ४०% हकप्रद ल्याउने योजनामा छ ।

काठमाडौं : धेरैजसो वाणिज्य बैंकहरुको नाफा अर्ब भन्दा माथि पुगेको छ । आर्थिक वर्ष २०७३।७४ को चौथो त्रैमासको प्रतिवेदन सार्वजनिक गरेका २४ वाणिज्य बैंकले समग्रमा ४१ अर्ब १६ करोड ९७ लाख २ हजार ९६० रुपैयाँ खुद नाफा कमाएका छन् । हालसम्म प्रतिवेदन सार्वजनिक गरेका बैंकहरुमध्ये सबैभन्दा बढी नाफा गर्नेमा नबिल बैंक देखिएको छ । नबिलले ३ अर्ब ६२ करोड ८ लाख २२ हजार रुपैयाँ खुद नाफा गरेको प्रतिवेदन पेस गरिसकेको छ । दोस्रो बढी नाफा कमाउनेमा नेपाल बैंक परेको छ । यसले ३ अर्ब २१ करोड ९५ लाख ६० हजार रुपैयाँ खुद नाफा गरेको छ । सूचीकृत बैंकमा ३ अर्ब बढी नाफा गर्नेमा नेपाल इन्भेष्टमेन्ट बैंक पनि रहेको छ । यता, सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले पनि ३ अर्ब ८ करोड रुपैयाँ भन्दा धेरै नाफा कमाएको छ । कृषि विकास बैंकले २ अर्ब ७७ करोड ६७ लाख ५ हजार रुपैयाँ खुद नाफा गरेको छ भने ग्लोबल आइएमई र हिमालयन बैंकले पनि २ अर्ब भन्दा बढी खुद नाफा बुक छन् । अधिकांश बैंकको नाफा १ अर्ब भन्दा माथि भएपनि अझै कतिपय बैंकको नाफा भने अर्ब पुग्न सकेको छैन । कुमारी, मेगा, जनतालगायत बैंकको नाफा १ अर्ब भन्दा कम छ । समग्रमा हेर्दा वाणिज्य बैंकहरुले झिनो अंकमा भएपनि चुक्ता पुँजी अनुसार नाफा वृद्धि गर्दै गएको देखिन्छ ।



मिसन ८ अर्ब नजिक पुग्दै अधिकांश बैंकहरु

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा २४ बैंकको कुल चुक्ता पुँजी १ खर्ब ६१ अर्ब ९७ करोड ९५ लाख ३० हजार रुपैयाँ पुगेको छ । नियामक नेपाल राष्ट्र बैंकले २०७५ असार मसान्तसम्म वाणिज्य बैंकहरुलाई न्यूनतम चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुर्याउनुपर्ने वाध्यात्मक अवस्था सृजना गरेपनि चालु आर्थिक वर्षको मौद्रिक नीतिले केही खुकुलो गरेको छ । अब आगामी साधारण सभासम्ममा चुक्ता पुँजी पुगेको देखिने आधारसहित लेखा परीक्षण प्रतिवेदन पेस गरे पुग्नेछ । राष्ट्र बैंकले मिति नतोकेको पनि सामान्यतयः आगामी पुससम्ममा सबैको तोकिएको न्यूनतम चुक्ता पुँजी पुगिसक्नुपर्नेछ । आव २०७३।७४ सम्म आइपुग्दा रिपोर्ट सार्वजनिक गरेका २४ वाणिज्य बैंकमध्ये सबैभन्दा धेरै नेपाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी ९ अर्ब २४ करोड ३ लाख ७९ हजार रुपैयाँ  पुगेको छ । ग्लोबल आइएमई बैंक र राष्ट्रिय वाणिज्य बैंकको पनि चुक्ता पुँजी ८ अर्ब माथि नै देखिन्छ । कृषि विकास बैंकको कुल चुक्ता पुँजी १२ अर्ब ५२ करोड भए पनि साधारण सेयर पुँजी भने ७ अर्ब ८ करोड ७६ लाख ८० हजार रुपैयाँमात्र छ । कृषिको बाँकी पुँजीमा सरकारको अग्राधिकार सेयर लगानी छ । यता, प्रभु बैंकको चुक्ता पुँजी ५ अर्ब ८८ करोड छ भने अन्य कतिपय बैंकको पनि ६ अर्बभन्दा बढी छ । केही बैंकहरु ८ अर्ब नजिक पनि पुगेका छन् । प्रभुले चुक्ता पुँजी वृद्धिकै लागि ४० प्रतिशत हकप्रद सेयर निष्काशनको माग गर्दै धितोपत्र बोर्डमा आवेदन दिइसकेको छ । बोर्डले अनुमति दिए प्रभुको चुक्ता पुँजी ८ अर्ब माथि पुग्नेछ । पुँजी नपुगेका बैंकहरुले पनि हकप्रद र बोनसमार्फत पुर्याउँदैछन् । मेगा बैंक पनि ६५% हकप्रद बिक्री गर्ने तयारीमा छ । सिभिल बैंक पनि ४०% हकप्रद ल्याउने योजनामा छ ।


राष्ट्रिय बीमा कम्पनीको प्रतिसेयर आम्दानी ८८ रुपैंया हो कि १९० ? यस कारण आएन प्रष्ट विबरण


राष्ट्रिय बीमा कम्पनी (RBCL) ले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा कमाईमा उल्लेख्य प्रगति गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा २३ करोड ७० लाख छ हजार रुपैंया खुद नाफा गरेको छ । अघिल्लो आर्थिक वर्षमा उसले १६ करोड ३७ लाख ९४ हजार रुपैंया खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा कम्पनीले खुद नाफा ४४.६९ प्रतिशतले बढाएको हो । आर्थिक वर्ष २०६० ०६१ देखि २०६२ ०६३ सम्म गरी तीन आर्थिक वर्षको साधारण सभा गरिसकेको कम्पनीले हाल कायम पूँजीभन्दा धेरै बोनस बितरण गरिसकेको छ । तर गत आर्थिक वर्षको चौथो त्रैमासमा उसले उक्त बोनसलाई पूँजीकरण गरेको छैन । जसका कारण उसका सबै जसो सुचकहरु प्रष्ट हुन सकेका छैनन् ।

समग्रमा तीन आर्थिक वर्षको गरी ११४ प्रतिशत हाराहारीमा बोनस बितरण गरेको कम्पनीको चुक्ता पूँजी २६ करोड ६६ लाख ३९ हजार हुनु पर्ने भए पनि वित्तीय विबरणमा साविकको १२ करोड ४४ लाख ४० हजार रुपैंयाको पूँजी उल्लेख गरिएको छ । यस अघि बितरण गरिएको बोनस नेपाल धितोपत्र बोर्डमा सुचिकरणको प्रकृयामा रहेकाले पूँजीकरण गर्न नसकिएको कम्पनीले जनाएको छ ।

बोनस पूँजीकरण नहुँदा कम्पनीको प्रतिसेयर आम्दानी एक सय ९० रुपैंया ४६ पैसा भएको वित्तीय विबरणमा देखाइएको छ । यस अघि वितरित बोसलाई पूँजीकरण गरेर प्रतिसेयर आम्दानी हिसाव गर्दा ८८ रुपैंया ८८ पैसा मात्र हुन आउँछ ।

उसको जगेडा कोषमा एक अर्ब ९३ करोड ७३ लाख ६८ हजार रुपैंया सञ्चित छ । प्रतिसेयर नेटवर्थ दुई हजार पाँच सय २२ रुपैंया २३ पैसा रहेको कम्पनीको मूल्य आम्दानी अनुपात ६९.८३ गुणा मात्र बढी रहेको वित्तीय विबरणमा उल्लेख छ । बोनस पूँजीकृत नभई निर्धारण गरिएको प्रतिसेयर आम्दानीका आधारमा मूल्य आम्दानी अनुपात निकालिएको हुनाले त्यसमा अझै फराकिलो अन्तरले वृद्धि हुने देखिन्छ । २६ करोड ६६ लाख पूँजीबाट निस्केको प्रतिसेयर आम्दानी ८८ रुपैंया ८८ पैसाका आधारमा हेर्दा अहिले कम्पनीको मूल्य आम्दानी अनुपात १९८ गुणाले बढी हुन आउँछ ।

२३ करोड ९२ लाख ७३ हजार रुपैंयाको खुद बीमाशुल्क आर्जन गरेको कम्पनीले दुई करोड २७ लाख ८८ हजार रुपैंया पुनर्बीमा कमिशनबाट आम्दानी गरेको छ । उल्लेखित दुवै शिर्षकमा गिरावट आउँदा कम्पनीले अन्य सुचकमा केही वृद्धि गर्दा पनि नाफा नोक्सान हिसाव ऋणात्मक देखाएको छ । १० करोड छ लाख ४८ हजार रुपैंयाको खुद बीमा दाबी भुक्तानी गरेको कम्पनीले भुक्तान गरिएको र भुक्तान हुन बाँकी बीमाको संख्या खुलाएको छैन ।

कम्पनीले ३५ करोड ७१ लाख ३५ हजार रुपैंया लगानी कर्जा तथा अन्य आयबाट आम्दानी गरी विविध शिर्षकमा खर्च गरेको छ । सबै खर्चहरु कटाएर उसले २३ करोड ७० लाख छ हजार रुपैंया खुद नाफा कमाएको हो ।
भदौ मसान्तसम्म बक्यौता आर्थिक वर्षको लेखापरीक्षण गर्न महालेखा परीक्षकको कार्यालयले निर्देशन गरे पछि कम्पनी तिब्र रुपमा यसमा काम गरिरहेको छ । केही समयमा नै तीन आर्थिक वर्षको साधारण सभा गर्ने प्रकृयामा जाने तरखर कम्पनीले गरेको छ ।