त्रिविका आंगिक क्याम्पसमा तालाबन्दी, पठन पाठन ठप्प

काठमाडौं, साउन २६— सरकारले आफ्ना माग सम्बोधनमा चासो नदेखाएको भन्दै आंशिक प्राध्यापकहरु आजबाट त्रिभुवन विश्वविद्यालयका सबै आंगिक क्याम्पसहरुमा तालाबन्दी गरेका छन् । विगत तीन महिनादेखि आन्दोलनरत आंशिक प्राध्यापकहरुले आजदेखि नै सम्पूर्ण क्याम्पसहरुमा पठनपाठन पनि बहिस्कार गरेका छन् । आंशिक सेवालाई खारेज गर्न र करार सेवामा नियुक्त गर्न माग गर्दै उनीहरुले तालबन्दी गरेका हुन् ।

आंशिक प्राध्यापक संघका अध्यक्ष शशीकुमार शर्माले त्रिभुवन विश्वविद्यालयका सबै ६० वटै आंगिक क्याम्पसका प्रमुख, लेखा शाखा र प्रशासन शाखामा बिहान ८ बजे नै तालाबन्दी गरिएको हो ।  ‘तालाबन्दी गर्न हाम्रो मोबाइल टोली बिहानै मोटरसाइकल लिएर क्याम्पस क्याम्पसमा पुगेको छ । टोलीले बिहान ८ बजे नै ताला लगाएको छ,’ शर्माले भने ।

माग पूरा गराउन सरकारलाई दबाव दिने उद्देश्यले आंशिक प्राध्यापकहरुले गत वैशाख १ गतेदेखि चरणबद्ध आन्दोलन सुरु गरेका थिए । हाल त्रिवि कीर्तिपुरको गेट अगाडि उनीहरु अनसन बसेको आज १८ दिन पुगिसकेको छ ।

0 comments:

Post a Comment