सरकारले नोट केरमेट गर्ने र नोटलाई बिगार्नेलाई फैजदारी संहितामा राखेको हुँदा नोटमा केही लेखेमा कारवाही हुने व्यवस्था भएको छ । व्यवस्थापिका संसद्ले मुलुकु ऐन २०२० लाई विस्थापन गर्दै नयाँ कानून बनाएको हो ।
सर्वोच्च अदालतले सफा नोट नीति कार्यन्वयनमा ल्याउन राष्ट्र बैंक र अर्थमन्त्रालयको नाममा अन्तरिम आदेश दिएपछि यो बिषयलाई फैाजदारी संहितामा समेटिएको हो । सर्वाेच्चले बैंक नोटमा स्टिच नगर्न, केरमेट नगर्न र जथाभावी च्यात्न नपाउने व्यवस्था गर्न नेपाल राष्ट्र बैंक, अर्थ मन्त्रालय र नेपाल सरकारको नाममा यस्तो आदेश जारी गरेको थियो ।
राष्ट्र बैंकबाट छापिँदै आएका बैंक नोटहरूमा वर्षौअघिदेखि जथाभाथी रूपमा केरमेट गर्ने, च्यात्ने तथा जथाभावी रूपमा स्ट्याप्लर लगाउने र स्वयं बैंकहरूले समेत नोटका मुठ्ठाहरूमा स्ट्याप्लर लगाएर कारोबार गर्ने प्रचलन गरेकोमा कतैबाट रोक्ने प्रयास भएको थिएन ।
नेपालमा बैंकहरूले पैसाको बन्डलमा नोटमा पर्ने गरी स्ट्याप्लर गर्दै आएका छन् । जसले गर्दा बन्डलबाट पैसा झिक्दा च्यातिने सम्भावना रहन्छ । त्यस्तै नेपालमा केरमेट गरेको र केही भाग च्यातिए पनि नम्बर देखिने नोट चल्ने गरेको छ । यसरी एक पटक छापेको पैसा छोटो समयमात्र चलनमा आउँदा नयाँ नोट छाप्नका लागि राज्यकोष खर्च हुने गरेको छ ।
अमेरिकी डलरलाई च्यात्ने, काट्ने वा अन्य कुनै प्रकारले केर्ने, मेट्ने गरेमा १०० डलरसम्म जरिवाना र ६ महिनासम्म कैदको व्यवस्था छ ।
भारतमा सन् १९९० को दशकदेखि स्वच्छ नोटको कारोबारको विषयमा अभियान चलेको थियो । सन् २००१ मा भारतको ‘रिर्जव बैंक अफ इन्डिया’ले बैंक नोटमा जथाभावी कोर्ने, मेट्ने तथा स्ट्याप्लर गर्ने लगायतको काम रोक्न निर्देशन दिएको थियो ।
त्यस्तै घाना,बंगलादेश, अमेरिका, बेलायत तथा फ्रान्सलगायतका मुलुकमा समेत विगत लामो समयदेखि स्वच्छ नोटको कारोबारको अभ्यास हुँदै आएको पाइन्छ ।
0 comments:
Post a Comment