हिमालयन पावर पार्टनरको सेयर सूचीककरण,अर्को साताबाट कारोबार खुल्ने

हिमालयन पावर पार्टनर (HPPL) को एक करोड ६ लाख ५४ हजार कित्ता सेयर नेप्सेमा सूचीकरण भएको छ । डिम्याट खातामा सेयर आईसकेका लगानीकर्ताले आगामी भदौं ४ गतेबाट कम्पनीको सेयर किनबेच गर्न सक्नेछन ।कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले लगानीकर्ताको डिम्याट खातामा  सेयर पठाईसकेको जनाएको छ ।

कम्पनीको पहिलो कारोबार कति मूल्यमा खुल्ने बारे नेप्सेले केही जनाएको छैन । नेप्सेले कम्पनीहरुलाई नेटवर्थको तीन गुणासम्म मूल्य दिने गर्छ । कम्पनीले शेयर निष्काशन गर्दा जारी गरेको आवहान पत्रमा नेटवर्थ एक सय रुपैयाँ उल्लेख छ ।

कम्पनीले २१ करोड ३० लाख ४३ हजार रुपैयाँ बराबरको २१ लाख ३० हजार ४३० कित्ता शेयर निष्कासन गरेको थियो। जसमध्ये कर्मचारी र सामूहिक लगानीकोषलाई छुट्याएर १९ लाख ८१ हजार ६ सय ७५ कित्ता सेयर सर्वसाधारणलाई वितरण गरेको थियो ।

जसमा एक लाख २९ हजार ३०२ जनालाले १० कित्ता, ५ जनाले ११ कित्ता र ३४ हजार ४३० जनाले २० कित्ताका दरले सेयर पाएका थिए ।

0 comments:

Post a Comment