कम्पनीको साधारण सेयरमा आस्बा प्रणाली मार्फत मात्र आवेदन गर्नु पर्नेछ । धितोपत्र बोर्डले गत साउन १ गतेदेखि सार्वजनिक निष्कासनमा आश्वा अनिवार्य गरेको हो ।
साथै धितोपत्र बोर्डले जारी गरेको नयाँँ 'धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका' अनुसार सबै आवेदकलाई १० कित्ता सेयर बाँडफाँड गर्नु पर्ने हुन्छ । त्यति गर्दा सेयर बाँकी रहेको खण्डमा फेरि १० कित्ताका दरले सबैलाई अथवा गोलाप्रथाबाट केही आवेदकलाई सेयर बितरण गर्नु पर्ने हुन्छ । हाइड्रोको सेयर संख्या थोरै भएको हुनाले सबै आवेदकले सेयर पाउने देखिन्न ।
कम्पनीले ३ लाख ९० हजार कित्ता सेयर निष्कासनमा गरेको छ । यसको आधारमा अनिवार्य दश कित्ता बितरण गर्दा ३९ हजार आवेदकले मात्र दश कित्ताका दरले सेयर पाउने देखिन्छ । यदि ३९ हजार भन्दा बढी आवेदकले सेयर आवेदन गरेमा कम्पनीको सेयर गोलाप्रथाबाट बाँडफाँड हुनेछ । गोला प्रथाबाट पनि दश कित्ताकै दरले सेयर पाउनेछन । यसकारण कम्पनीको सेयरमा ५० कित्ताका लागि न्यूनतम पाँच हजार रुपैयाँ मात्र आवेदन गर्दा हुन्छ ।
कम्पनीको साधारण सेयरमा साउन ३२ गतेसम्म आवेदन गर्न सकिन्छ ।
...[अब पचहत्तरै जिल्लाबाट आस्बा प्रणालीको सहायताले यसरी गर्नुहोस् साधारण सेयरमा सजिलै आवेदन]...
हाइड्रोले यसअघि गत मंसिरमा दोलखाका आयोजना प्रभावित स्थानीयबासीलाई दुई लाख ६० हजार कित्ता साधारण सेयर बिक्री गरि बाँडफाँड गरिसकेको छ ।
सर्वसाधरणलाई सेयर निष्काशन गरे पश्चात कम्पनीको चुक्ता पूँजी २६ करोड रुपैंया पुग्नेछ ।
दोलखामा ३.५२ मेगावाटको चर्नावति जलविद्युत आयोजना निर्माण सम्पन्न गरी नियमित रुपमा विद्युत बिक्री गर्दै आएको छ । कम्पनीलाई इक्रा नेपालले रेटिंग चार प्रदान गरेको छ, यसको अर्थ कम्पनीको वित्तीय अवस्था अति कमजोर रहेको बुझिन्छ ।
0 comments:
Post a Comment