त्यही फेसबुकको माया हाल आएर बर्मेली युवती मिन्जुयाङगको जीवनमा ठुला पहाड बनेर अडिएको छ । त्यो पनि समाजीक संजालकै कारण उनको घर तहसनहस भएको छ । फेसबुक मार्फत चिनेका एक बर्मैली युवतीलाई प्रेमको नाटक मात्र गरेका छैन ती धराने युवकले बिबाह बन्धनमा समेत बाधेर उनीसँग भएको सबै सम्पत्ति सहित आफैले जन्माएको छोरोको माया समेत लुटिदियो । मंगलबार धरानको होटल कोरीयन रेष्टुरेन्टमा पत्रकार सम्मेलनमा बर्मैली युवती मिन्जुयाङग न्यायका लागी पहल गरिदिनुहुन पत्रकार सामु हार गुहार समेत गरिन ।
नेपाली भाषा भेषभुषा समेत नबुझेकी ती युवती धराने युवा इसुनको माया जालमा परेर सारा संसार त्यागेपनि तीनै राई आज उनलाई बेनाम बनाउन खोजेको आरोप उनको छ । सम्मेलनमा उनले भनिन करिब २ बर्ष पहिले मेरो र धराने युवक ईसुन राईको फेसबुकमा माया बस्यो त्यसपछि मैलैनी ती युवकलाई मेरै कमाईको पैसाले सिंगापुरमा टयुरीष्ट भिषामा सिंगापुर बोलाए र र हामा्रे भेट भयो त्यस्पछि हामी अझ गहिरो मायामा पस्यो अनी र केही समय पछि हामी सुनसरीको धरान आएर होटल ड्रिम ल्याण्डमा बिबाह पनि गर्यो ।
बिबाह हुदा सम्म राम्रै थियो । बिबाहको करिब १ बर्षपछि छोरा ईथन राईको जन्म भयो । त्यती बेला सम्म सिगापुर पुगिसक्ने मेरो भिषाको समय पनि कम भएकाले म मेरो छोरा ४५ दिनको हुदा आफना बच्चा बुवा ईसुन राईलाई जिम्मा लगाएर भिषाको समय थप्न सिंगापुर गए र त्यही काम पनि गर्न थाले त्यती मात्र नभएर आफना बच्चा हेरचाह तथा श्रीमान राईका लागी पटक पटक गरी करिब ८ लाख रुपैया समेत पठाए आफना बच्चाको जन्म दिनको पार्टीको फेटो देखाउदै उनले भनिन ।
बर्मेली युवती मिन्जुयाङगका अनुसार पछि कमा गर्नै समय सकिएपछि सुनसरीको धरान आए र श्रीमान संग नै बस्न खोजेपनि आफना श्रीमान ईसुन राई तथा तीनका परिबारले उनलाई आफना घरकी बुहारी स्वकार गर्न नचाहेको तथा आफुलाई पटक पटक पिडित बनाएको सुनाईन ।उनले भनीन मलाई मेरो श्रमिानले बारम्बार धम्की दिदै आएको छ तिमी बिदेशी नारिक हौ नेपालमा तिमिले केही गर्न सक्दैनौ जे गर्न मन लाग्छ गर तर तिमी मेरो श्रीमती होईन ? यती मात्र नभएर तीनका घर परिबारमा सासु गंगा राई तथ दिदि करुणा राईले समेत बुहारी स्वीकर नगरेकी बताईन । उनले भनीन ईसुन राईले मलाई मेरो पैसाका लागी मात्र माया गरेको जस्तो थियो । उसलाई पैसा नै चाहिन्थ्यो भने किन झुठो माया देखायो मलाई मेरो बैबाहिक नाता प्रमाणित गरिदिनुपर्यो र मेरो छोरा मलाई दिनुपर्यो ।
समाजिक न्याकको खोजीमा रहीकाी मिन्जुयाङग का अनुसार उनलाई १ बर्षिय छोरासंग समेत भेटन दिईएको छैन भने घरबाट समेत निकाला गरिदिएको छ । उनी हाल बर्मैली राजदुताबासको सहयोगमा धरान १० मै डेरा गरी बस्दै आएकी छिन । एता यसै बिषयमा मिन्जुयाङगका अनुसार उनका श्रीमान भनिएका ईसुन राईलाई बारम्बार फोन सम्पर्क गर्दा समेत उहाको फोन रिसिभ नभएको पाईएको छ ।


0 comments:
Post a Comment