नोक्सानमा रहेको अरुण काबेलीको वित्तीय अवस्था कस्तो छ हेरौं

काठमाडौं, साउन २५ । अरुण काबेली पावर लिमिटेड (Arun Kabeli Power Limited) ले आर्थिक वर्ष २०७३/७४ को चौथो त्रैमासमा खुद मुनाफा ३८ लाख रुपैयाँ नोक्सानमा रहेको छ । जुन गत वर्षको सोहि अवधिमा पनि ५५ लाख रुपैयाँ नोक्सानमा नै रहेको थियो ।

१ अर्ब ५० करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जगेडाकोष १ करोड ४९ लाख रुपैयाँ नेगेटिभमा रहेको छ । जसको चालु सम्पत्ति १३ दशमलव ९१ प्रतिशतले घटेर ५० करोड १५ लाख रुपैयाँ रहेको छ भने चालु दायित्व ८५ दशमलव ४९ प्रतिशतले बढेर ३५ करोड ८३ लाख रुपैयाँ रहेको छ । जसको संचालन मुनाफा ३ लाख रुपैयाँ नोक्सानमा रहेको छ ।



0 comments:

Post a Comment