६ करोड ७२ लाख रुपैयाँ चुक्ता पूँजी भएको बैंकले जगेडाकोषमा ४ करोड ६१ लाख रुपैयाँ राखेको छ । बैंकले निक्षेपमा १५ दशमलव ५८ प्रतिशतले घटेर ४४ करोड ४० लाख रुपैयाँ संकलन गरेको छ । जसबाट कर्जामा ३७ करोड १३ लाख रुपैयाँ लगानी गरेको छ, जुन गत वर्षको तुलनामा २३ प्रतिशतले वृद्धि गरेको हो । बैंंकको खुद व्याज आम्दानी ३६ प्रतिशतले बढेर ३ करोड ४१ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ४० प्रतिशतले बढेर २ करोड १७ लाख रुपैयाँ पुगेको छ ।
बैंक (SHBL) को पूँजीकोष अनुपात ४२ दशमलव ५७ प्रतिशत, प्रतिशेयर आम्दानी वार्षिक २० दशमलव ५६ रुपैयाँ, मुल्य आम्दानीको अनुपात वार्षिक २२ दशमलव ३७ गुणा, प्रतिशेयर नेटवर्थ १ सय ६८ दशमलव ६७ रुपैयाँ र तरलता अनुपात ४२ दशमलव ३८ प्रतिशत रहेको छ ।
0 comments:
Post a Comment