नेपाल बैंक स्रोतका अनुसार संस्थापक सेयर बेच्न पहिले संस्थापक सेयरधनीहरुलाई आब्हान गर्नुपर्ने नियम अनुसार नागरिक लगानी कोषका आठ संस्थापक सेयरधनीलाई प्रस्ताव गरिएको थियो । सो क्रममा प्रति कित्ता संस्थापक सेयरको मूल्य २९५० रुपैयाँ न्युनतम प्रस्ताब गरिएको थियो तर संस्थापक सेयरधनी नेपाल लाईफले प्रतिकित्ता ३७०० मा किन्ने सहमति जनाई जवाफ पठाएको छ ।
नागरिक लगानी कोषको साधारण सेयर अहिले दोस्रो बजारमा प्रतिकित्ता ४७४० रुपैयाँको हाराहारीमा किनबेच भईरहेको छ ।
नेपाल बैंकले प्रस्ताब पठाउँदैमा राखेको भन्दा बढी मूल्यमा अर्को संस्थापकले सहमति जनाएकाले लिने र दिने दुबै अब पछाडि हट्न नसक्ने बुझिएको छ ।
सो सेयर बिक्रीबाट नेपाल बैंकलाई कम्तिमा ७२ करोड रुपैयाँ प्राप्त हुने देखिएको छ ।
नेपाल बैंकले यस आर्थिक बर्षको पहिलो त्रैमासमै डिप्रोक्स लघुवित्तको साधारण र साना किसान बिकास बैंकको संस्थापक सेयर पनि बेच्ने भएको छ ।
स्रोतका अनुसार नेपाल बैंकले गत आर्थिक बर्षमा तीन अर्ब भन्दा माथि खुद नाफा कमाएको छ ।
बिगतमा खराब कर्जाले थलिएर झण्डै बिघटनमा गएको बैंक पछिल्ला बर्षहरुमा चमत्कारिक सुधार गर्दै आफुलाई स्वस्थ बनाएर अघि बढेको छ ।
बैंकले केही समय अघि २३.७४ प्रतिशत हकप्रद बिक्री गरी चुक्ता पूँजी आठ अर्ब चार करोड कायम गरेर राष्ट्र बैंकको निर्देशन पुरा गरिसकेको छ ।
0 comments:
Post a Comment