सेयर कारोबार र नेप्से दुवैमा सामान्य गिरावट

बुधबारको सेयरबजारमा नेप्से परिसूचक तथा कारोबार रकम दुवैमा सामान्य गिरावट आएको छ । होटल र बीमा बाहेकका सबै समूहका सूचक नकारात्मक रहेपछि सेयरबजार ओरालो लागेको हो ।बुधबार नेप्से ६.२२ अंकले घटेर १६६१.७२ अंकमा झरको छ । १५९ कम्पनीको कारोबार भएको बजारमा ९१ करोड ६२ लाख बराबरको सेयर किनबेच भयो । सोमबारको तुलनामा कारोबार रकम चार करोड कम हो ।

यसदिन नागरिक लगानीकोषको सबैभन्दा धेरै ३ करोड ९५ लाख बराबरको सेयर किनबेच भयो । नेपाल लाइफ इन्स्योरेन्सको ३ करोड ९० लाख बराबरको सेयर किनबेच हुँदा स्टुयाण्र्डड चार्टर्ड बैंकको पनि ३ करोड बढीको कारोबार भयो ।

बुधबार तिनाउ डेभलपमेन्ट बैंक र रिलायबल माइक्रोफाइनान्सको सेयरमूल्य सबैभन्दा धेरै पाँच प्रतिशत बढीले उकालो लागेको छ ।

सिन्धु विकास बैंक तथा प्रोगेशिभ फाइनान्स लगायतको सेयरमूल्य बढेको बजारमा लक्ष्मी भ्यालु फण्ड एकका लगानीकर्ताले सबैभन्दा धेरै दश प्रतिशतका दरले गुमाए । जनरल फाइनान्स, छ्याङ्दी हाइड्रो लगायतको सेयरमूल्य पनि घटेको छ ।

0 comments:

Post a Comment