प्रुडेन्सियल इन्स्योरेन्सले ३० प्रतिशत हकप्रद जारी गर्ने, बोर्डमा दियो आवेदन

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी (PICL) ले चुक्ता पूँजीको ३० हकप्रद निष्काशन गर्न धितोपत्र बोर्डमा निवेदन दिएको छ । इन्स्योरेन्स कम्पनीले १० बराबर ३ अनुपातमा १२ लाख ८३ हजार ४० कित्ता हकप्रद सेयर बिक्री गर्न बोर्डसँग अनुमति माग गरेको हो ।प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले हकप्रद बिक्री गर्न एनआइसी एसिया क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

अघिल्लो आर्थिक बर्षको २० प्रतिशत बोनस वितरणपछि कम्पनीको चुक्ता पूँजी ४२ करोड ७६ लाख ८० हजार रुपैयाँ पुगेको छ । हकप्रद विक्रीपश्चात कम्पनीको चुक्ता पूँजी ५५ करोड ५९ लाख ८४ हजार रुपैयाँ पुग्नेछ । बीमा समितिको निर्देशन अनुरुप कम्पनीले २०७५ असार सम्ममा एक अर्ब रुपैयाँ चुक्ता पूँजी कायम गर्नुपर्ने हुन्छ ।

कम्पनीले गत चैत मसान्तसम्ममा १० करोड १५ लाख १७ हजार रुपैयाँ खुद नाफा कमाएको वित्तिय विवरण सार्वजनिक गरेको छ । कम्पनीकाे प्रतिसेयर अाम्दानी ३७ रूपैयाँ ९८ पैसा रहेकाे छ । नेप्सेमा सोमबार कम्पनीको सेयरमूल्य १५६५ रुपैयाँमा कारोबार बन्द भएको छ ।

0 comments:

Post a Comment