राष्ट्रिय बाणिज्य बैंकले ग्राहकको खातामा रकम रोक्का गरी साधारण सेयरमा आवेदन गर्ने सेवालाई नि:शुल्क बनाएको हो । यसअघि बैंकले यस्तो सेवा उपलब्ध गराए वापत एक सय रुपैयाँ सेवा शुल्क लिँदै अाएकाे थियो ।
यससँगै लगानीकर्ताले साउन २७ गतेदेखि निष्काशन खुला हुने नेपाल हाईड्रो डेभलपर कम्पनी र साउन २९ गतेदेखि निष्काशन खुला हुने पोखरा फाईनान्सको थप नयाँ साधारण सेयर(एफपीओ) मा राष्ट्रिय बाणिज्य बैंकको सबै शाखा कार्यालयबाट नि:शुल्क आवेदन गर्न सक्नेछन् । यसरी आवेदन गर्दा सेवा शुल्क लाग्दैन भने आवेदन गरिएको रकममध्ये आईपीओ परेमा साधारण सेयर परेको रकम कट्टा गरी अरु रकम फुकुवा हुनेछ ।
हेनुहोस् कहाँ कहाँ छन् राष्ट्रिय बैंकको शाखा ?
0 comments:
Post a Comment