गत वर्ष यही अवधिमा बैकको कस्ट अफ फन्ड ४.१०% मात्र थियो । इक्विटीमा प्रतिफल १२.८९% बाट घटेर ११.६९% मा आएको छ । लक्ष्मीको चुक्ता पुँजी ७ अर्ब ४७ करोड २४ लाख १२ हजार रुपैयाँ पुगेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा १४५.८६% बढेको हो । अघिल्ले वर्र्ष यही अवधिमा बैंकको चुक्ता पुँजी ३ अर्ब ३ करोड ९२ लाख २९ हजार रुपैयाँमात्र थियो । बैंकको रिजर्भ कोषमा २ अर्ब १८ करोड २७ लाख ५९ हजार रुपैयाँ छ । अघिल्लो वर्षसँग तुलना गर्दा रिजर्भ कोषमा १६.३७% गिरावट आएको हो । लक्ष्मीको प्रतिसेयर आम्दानी २५ रुपैयाँ ४३ पैसा छ भने प्रतिसेयर नेटवर्थ १२९ रुपैयाँ २१ पैसा छ । तर खुद नाफालाई सेयर संख्याले भाग गर्दा भने प्रतिसेयर आम्दानी १३ रुपैयाँ ४१ पैसामात्र देखिन्छ । यता, राष्ट्र बैंकले तोके अनुसारको चुक्ता पुँजी पुर्याउन लक्ष्मीले गत वैशाख ३ देखि जेठ ७ गतेसम्म १००% हकप्रद सेयर बिक्री गरेको थियो ।
यस आधारमा लक्ष्मीले हकप्रदबाट संकलन भएको पैसा करिब डेढ महिनाजतिमात्र लगानी गर्न पाएको छ । हकप्रदबाट पुँजी संकलन भएको तर त्यसलाई लगानी गर्न नपाएकाले पुरानै पुँजीमा हिसाब गर्दा प्रतिसेयर आम्दानी अधिक देखिएको हो । तर बैंंकले यो वास्तविकतालाई रिपोर्टमा खुलाएको छैन । सर्वसाधारण लगानीकर्ताले यो विषय बुझ्दैनन् पनि । यसआधारमा लक्ष्मीले निकालेको प्रतिसेयर आम्दानी गलत देखिन्छ । बैंकको वास्तविक प्रतिसेयर आम्दानी १३ रुपैयाँ ४१ पैसामात्र हुन आउँछ । यसअघि आइतबारमात्रै माछापुच्छ्रे बैंकले पनि प्रतिसेयर आम्दानीमा गडबढी गरेर रिपोर्ट सार्वजनिक गरेको थियो ।
0 comments:
Post a Comment