समिक्षा अवधिमा २ करोड २० लाख रुपैयाँले चुक्ता पूँजी बढाएको एन.बी इन्स्योरेन्सले ५३.९६ प्रतिशतले जगेडा कोष बढाएर ९ करोड ३५ लाख रुपैयाँ पुर्याएको छ । कम्पनीको बीमा कोष दोब्बरले बढेर १० करोड २३ लाख रुपैयाँको बनेको छ । कम्पनीले गत आर्थिक बर्षमा ३० करोड ८ लाख खुद बीमा शुल्क आर्जन गर्दा ५ करोड ९ लाख रुपैयाँको खुद बीमा दाबी भुक्तानी तथा १ करोड १५ लाख अभिकर्ता कमिशनमा खर्च गरेको छ । कम्पनीले यस अवधिमा २३ सय ३८ वटा बीमा दाबी भुक्तानीका लागि २८ करोड ५८ लाख रुपैयाँ खर्च गरेको छ । कम्पनीले अझै ९५५ वटा दाबीको ९ करोड ९२ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।
कम्पनीले जारी गरेको बीमालेखको संख्या ५६ हजार ११९ वटा रहेको छ भने नबीकरण भएको विमालेखको संख्या १७ सय ६४ रहेको छ । यो बीमा कम्पनीको प्रतिसेयर आम्दानी ३७ रुपैयाँ ३९ पैसा, प्रतिसेयर नेटवर्थ १३२ रुपैयाँ ५१ पैसा र मूल्य आम्दानी अनुपात २६.८७ गुणा रहेको छ ।
0 comments:
Post a Comment