काठमाडौं, भदौं १ । कावेली विकास बैंक (Kabeli Bikas Bank Ltd) को दुई बराबर एकको अनुपातमा अर्थात ५० प्रतिशत हकप्रद शेयर निष्काशन गरेको छ ।
बैंकले सय रुपैयाँ अंकित मूल्यमा तीन करोड ५० लाख ४८ हजार रुपैयाँ बराबरको तीन लाख ५० हजार आठ सय ८० कित्ता शेयर निष्काशन गर्ने भएको हो ।
बैंकको हकप्रद शेयर साउन १९ गतेसम्म कायम शेयरधनीले भदौ १८ गतेदेखि असोज २१ गतेसम्म आवेदन दिन सक्नेछन् । बैंक (KEBL) ले हकप्रद शेयर निष्काशनका लागि ग्लोबल आईएमई क्यापिटल लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
गत आर्थिक वर्षको मुनाफाबाट २० प्रतिशत बोनस दिने निर्णय गरेको बैंकको हाल चुक्तापूँजी ७ करोड रुपैयाँ रहेको छ । ५० प्रतिशत हकप्रद बिक्रीपश्चात बैंकको चुक्तापूँजी करिब दश करोड ५० लाख रुपैयाँँ पुग्नेछ ।
0 comments:
Post a Comment