नेप्सेको प्रमुखमा थपलिया सहित १३ जनाको दाबी

नेपाल स्टक एक्सचेन्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत पदको भागदौडमा निवर्तमान सिइओ सिताराम थपलिया सहित १३ जनाको आवेदन परेको छ ।

महाप्रवन्धकबाट हालै अवकास पाएका सिताराम थपिलिया सहित १३ जनाले नेप्सेको सिइओ बन्न आवेदन दिएका छन् ।

यस्तै आवेदन दिनेमा ज्योति विकास बैंकका डेपुटी सिइओ मनोज ज्ञवाली सहित चन्द्रसिंह सावत, प्रमोदराज शर्मा, भोला पाण्डे, प्रविण पन्डक, सरोज टण्डन, तारानाथ भट्टराई, सुशीलकुमार अर्याल, श्रीप्रसाद पौडेल,नरेन्द्रकुमार अग्रवाल, हेमन्त बस्याल र निरन्जल फूयाल रहेको अर्थमन्त्रालय स्रोतले जानकारी दिएको छ ।

0 comments:

Post a Comment