काठमाडौं : हिमालयन जनरल इन्सुरेन्सले १६६.६७% हकप्रद भर्ने म्याद थप गरेको छ । हिमालयनले अविरल वर्षाका कारण देशभरको जनजीवन अस्तव्यस्त भएकाले सेयरधनीहरुको अनुरोधमा हकप्रद भर्ने म्याद थप गरिएको जनाएको छ । लगानीकर्ताले अब भदौ ९ गतेसम्म हिमालयनको हकप्रद भर्न पाउनेछन् । इन्सुरेन्सले यसअघि मंगलबार (आज) कार्यालय समयसम्म मात्र यो हकप्रदमा आवेदन दिन सकिने व्यवस्था गरेको थियो । कम्पनीले असार २८ गतेदेखि १ः१.६६६७ को अनुपातमा ६४ लाख २० हजार कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो । यसमा असार १५ गतेसम्म कायम रहेका सेयरधनीले मात्र आवेदन दिन पाउनेछन् । हिमालयनको बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गरेको हो । लगानीकर्ताले बिक्री प्रबन्धकको कार्यालय नागपोखरी र एनएमबि बैंकको भक्तपुरको सूर्यबिनायक, ललितपुरको कुमारीपाटी, बनेपाको तीनदोबाटो, बुटवलको ट्राफिक चोक शाखाबाट आवेदन फारम भर्न र बुझाउन पाउँनेछन् । यसैगरी, एनएमबि बैंककै धरानको महेन्द्रपथ, विराटनगरको रङ्गेलीरोड, नेपालगंजको सुर्खेतरोड, धनगढीको बसपार्करोड, पोखरा न्यूरोड, विरगंज आदर्शनगर, चितवनको नारायणगढ, जनकपुरको भानुचोक र झापाको बिर्तामोड शाखाबाट पनि आवेदन फरम भर्न र बुझाउन सकिनेछ । हिमालयनको हालको चुक्ता पुँजी ३८ करोड ५२ लाख रुपैयाँ छ । हकप्रद सेयर बिक्रीपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब २ करोड ७२ लाख रुपैयाँ पुग्नेछ ।
हिमालयन जनरलको १६६.६७% हकप्रद भर्ने म्याद थप, अब भदौ ९ गतेसम्म पाइन्छ भर्न

0 comments:
Post a Comment