नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्क लि.को लगानी व्यवस्थापन (पोर्टफोलियो म्यानेजमेन्ट) अन्र्तगत ब्यक्तिगत लगानीकर्ता लक्षि एनएसएमबिएल इक्यूटी फोर्टफोलियो, एनएसएमबिएल प्रुडेन्ट फोर्टफोलियो, एनएसएमबिएल धन वृद्धि फोर्टफोलियो गरी विभिन्न चार योजना तथा संस्थागत लगानीकर्ता लक्षित एनएसएमबिएल कर्पोरेट पोर्टफोलियो रहेका छन् ।
लगानीकर्ताको लगानी क्षमताका आधारमा फरक फरक लगानी अवधि तथा लगानी सीमा एवं ग्राहकको चाहना÷इच्छा अनुसार छोटो समयमै प्राप्त हुने प्रतिफल सहजै फिर्ता वा पुन लगानी गर्न सकिने जस्ता विशेषताहरु उक्त लगानी व्यवस्थापन सेवामा रहेको कम्पनीका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरे जानकारी दिए ।
एनएसएमबिएलले सञ्चालनमा ल्याएको लगानी व्यवस्थापनका योजनाहरु स्वेच्छिक (डिस्क्रिशनरी) तथा गैर स्वेच्छिक (नन डिस्क्रिशनरी) गरी दुवै किसिमका छन् ।
नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्क लि. नेपाल एसबिआई बैंक लि. को पुर्ण स्वामित्वको सहायक कम्पनी हो ।
0 comments:
Post a Comment