काठमाडौं, स्वामित्व नेपाल सरकारको, नाफा सधैं ऋणात्मक, यस्तो देखिरहेका नेसनल ट्रेडिङ लिमिटेडका सबै कर्मचारीलाई जम्मा पारेर आफ्नै हाकिमहरुले भने– ‘अब यो संस्था बन्द हुन्छ होला तपाईहरुले स्वेच्छिक अवकास लिनुस् ।’ वर्षौंदेखि घाटामा सञ्चालन हुँदै आएको टे«डिङका कर्मचारीहरुले सोचें, ‘हाम्रा हाकिमले सही नै सल्लाह दिएका होलान् ।’ अनि त्यो प्रस्तावभित्रको कुनियत नबुझी राजी भए वरिष्ठ कर्मचारीहरुले सल्लाह कार्यान्वयनमा ल्याउन ।
व्यापारिक प्रयोजनका लागि वि.सं. २०१८ सालमा स्थापना भएको संस्था हो, यो । धराशयी बनाएर कर्मचारीलाई स्वेच्छिक अवकास दिन लगाइएको थियो । कर्मचारी अत्याउन कहिले छ महिनसम्म तलब नदिने त कहिले संस्थाभित्र अनेकौं झमेला निकालेर जागिर खाने वातावरण नै बन्न नदिने जस्ता कारणले पनि कर्मचारीलाई स्वेच्छिक अवकास स्वीकार्न प्रेरित ग¥यो ।
अवकासका लागि तयार रहेका कर्मचारीलाई दिनुपर्ने रकम नेसनल ट्रेडिङसँग थिएन । त्यसैले केन्द्रीय कार्यालय रहेको टेकुको ५० रोपनी ५ आना जग्गा नेपाल आयल निगमलाई बिक्री ग¥यो । जेठ ४ गते बसेको मन्त्रिपरिषद् बैठकले सम्पूर्ण कर्मचारीको स्वेच्छिक अवकासको निर्णयलाई स्वीकृत ग¥यो । सोही दिन स्वेच्छिक अवकासको निर्णय भए पनि संस्थासँग रकम नभएको भन्दै ट्रेडिङले सम्पूर्ण कर्मचारीलाई करारमा म्याद थप ग¥यो । दुई पटकसम्म गरेर असार १५ सम्म म्याद थप भयो । पछि आयल निगमबाट रकम आएपछि कर्मचारीलाई बाँडिएको थियो ।
सम्बद्ध स्रोतका अनुसार नेसनल ट्रेडिङमा सरकारले आपूर्ति मन्त्रालयका उपसचिव लवराज जोशीलाई महाप्रबन्धक बनाएर पठाएपछि यसको ओरालो लाग्ने गति झनै बढेको हो । उनकै मिलेमतोमा ट्रेडिङमा कार्यरत केही कर्मचारी नै धराशयी बनाएर यो संस्थालाई बन्द गराउने रणनीतिमा लागेको बताइन्छ । यसका लागि गरिएका जालझेलको कथा पनि रोचक छ ।
यसरी गरियो जालझेल
मन्त्रालयले डुब्न लागेको कम्पनी जोगाउन पठाएका महाप्रबन्धक जोशीको समूहले विगत लामो समयदेखि नेसनल ट्रेडिङमा कार्यरत कर्मचारीलाई आफ्नो स्वार्थपूर्तिका लागि स्वेच्छिक अवकास दिन बाध्य बनाएका थिए । उनी धम्कियुक्त सल्लाह दिने गर्थे । अवकास लिएका एक कर्मचारीले भने–‘तिमीहरुले स्वेच्छिक अवकास लिएनांै भने आउने रकम पनि गुम्छ, पाँच लाख लिएर घर जाने कि आधा करोड लिने ? भन्दै हामीलाई दिनरात तर्साउँथे अनि कसरी नपत्याउनु ।’
ट्रेडिङका अध्यक्ष मुकुन्दप्रसाद पौडेल, महाप्रबन्धक लवराज जोशी, आठौं तहका लेखा प्रमुख गोपाल घिमिरे, छ तहकी प्रशासन प्रमुख बीना प्याकुरेललगायतको समूहले कर्मचारीलाई डर, त्रास दिएर ‘खाए खा नखाए घिच’ को शैलीमा विकल्प सुझाएपछि सबै कर्मचारीले स्वेच्छिक अवकास लिएका थिए । अध्यक्ष पौडेल पनि आपूर्ति मन्त्रालयका सहसचिव हुन् । तर, अहिले आएर महाप्रबन्धक जोशी तिनै भ्रष्ट कर्मचारीलाई साथमा लिएर ट्रेडिङ सञ्चालन गर्नुप¥यो भन्दै हिँडिरहेका छन् । कर्मचारीलाई घर पठाइसकेपछि पौडेलको अध्यक्षतामा कमिटी गठन गरी उनीहरु पुनः संस्था चलाउनु प¥यो भन्दै लविङ गर्दैछन् । ‘यदि संस्था चलाउनु नै थियो भने सबै कर्मचारीलाई किन स्वेच्छिक अवकाश दिन लगाउनु पथ्र्याे ? यो सबै हामीलाई फसाउने खेल मात्र रहेछ ।’–अवकाश पाएका एक वरिष्ठ कर्मचारीको गुनासो छ । उनले अगाडि थपे– ‘कतिपय कर्मचारीहरुले अवकास लिए पनि धेरै कर्मचारीहरु अवकास लिने मनस्थितिमा थिएनन् । तर, विभन्न झमेला र पैसाको मोह देखाएर हामीलाई बाध्य बनाएर संस्थाबाट सेटिङमा लखेटियो ।’
अवकासप्राप्त कर्मचारीको गुनासो छ– ‘जोशी र पौडेलको समूहमा भ्रष्टाचारमा मुछिएका, जेल बसेका, निलम्बनमा परेका कर्मचारीहरु रहेका छन् । अनि फेरि तिनैलाई निरन्तरता दिने तयारी भइरहेको छ ।’ स्वेच्छिक अवकासमा जाने सबै कर्मचारीलाई एउटै टोकरीमा राखेर समान सुविधा दिएकोमा पनि कर्मचारीहरु सन्तुष्ट छैनन् । उनीहरु भन्छन–‘सात वर्ष सेवा अवधि बाँकी रहेका र २० वर्ष सेवा अवधि बाँकी रहेका कर्मचारीलाई एउटै सुविधा दिएर अवकास दिनु कत्तिको जायज हो ?’
करोडौं बुझेर करारमा मालामाल
नेसनल ट्रेडिङ पुनः सञ्चालन गर्नुपर्छ भन्दै जोशी–पौडेल समूह सक्रिय भएपछि स्वेच्छिक अवकास लिएर करोडौं रकम बुझेका केही कर्मचारीहरु पुनः करारमा नियुक्त भएको भन्दै कार्यालय गएर बसिरहेका छन् । जबकी सम्पूर्ण कर्मचारीले स्वेच्छिक अवकास लिइसकेको अवस्थामा कानुनीरुपमा अहिले संस्था बन्द भएको अवस्था हो । तर, आपूर्ति मन्त्रालयबाट आएका जोशी र पौडेलले ट्रेडिङका भ्रष्ट कर्मचारीलाई छानी–छानी साथमा लिएर ५१ जना कर्मचारीलाई करार भन्दै कार्यालयमा हाजिर गराइरहेको आरोप अवकास लिएका अन्य कर्मचारीले लगाउने गरेका छन् । स्रोतका असार १६ देखि करारको पत्र नदिए पनि उनीहरुलाई हाजिर गराइएको छ ।
अख्तियारले डामेकाहरु जोशी–पौडेलका सारथी
महाप्रबन्धक र अध्यक्षका भरपर्दा सारथीका रुपमा छन्, बन्डेड वेयर हाउसमा डिउटी फ्रि सपमा कार्यरत तह ५ का ऋषिराम जोशी । उक्त सपमा कार्यरत हुँदा कर छलि गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दोषी ठह¥याई निलम्बन गरेका उनी तीन वर्षसम्म विशेष अदालतमा मुद्दा खेपेका व्यक्ति हुन् । महाप्रबन्धक र अध्यक्षले जोशीलाई पुनः डिउटी फ्रि सपमा नै करारमा पठाएर गाईजात्रा देखाएका छन् । कर्मचारीका अनुसार उनी महाप्रबन्धक जोशीका आफन्त पनि हुन् ।
त्यहाँ अहिले देखिएका अर्का हर्ताकर्ता हुन् आठांै तहका कर्मचारी गोपल घिमिरे । शाखा कार्यालय वीरगञ्जमा प्रमुख हुँदा घिमिरेले ईबीए (विदेशमा निर्यात गर्ने) चिनी निर्यात गर्दा कारखानाबाट कम तौलको चिनी ल्याई गोदाममा राखी अनियमितता गरेको स्रोतको दाबी छ । उनी संस्था संकटमा परेको बेला बेतलवी बिदामा बसी विदेश सयर गर्ने आनन्दका कर्मचारी हुन् । घिमिरेले २०६९ सालमा अर्थ मन्त्रालयबाट चिनी खरिदका लागि आएको पाँच करोड रुपैयाँ चिनी खरिद नगरी एभरेष्ट बैंकबाट हिमालयन बैंकमा ट्रान्सफर गरेको पनि ट्रेडिङकै उच्च कर्मचारीहरु बताउँछन् ।
त्यसो त महाप्रबन्धक जोशीको इतिहासले पनि त्यहाँ के हुँदैछ भन्ने व्याख्या गर्न काफी छ । उनी तिनै व्यक्ति हुन् जो वैदेशिक रोजगार विभागमा शाखा अधिकृत हुँदा श्रम स्वीकृति दिने सिलसिलामा अनियमितता गरेको अभियोगमा १० दिन जेल परेका थिए । जोशी महाप्रबन्धक भएर ट्रेडिङ आएपश्चात त्यहाँकै केही कर्मचारीलाई साथमा लिएर बिल मिलानमा सक्रिय रहेको र लाखौं भ्रष्टाचार गरेको कर्मचारीहरु बताउँछन् ।
जग्गा बेचेर कमिसनको खेल
कर्मचारीहरुलाई अवकास दिंँदा आवश्यक पर्ने रकम नभएको भन्दै नेपाल आयल निगमलाई कौडीको भाउमा जग्गा बेचेको नेसनल ट्रेडिङले कर्मचारीलाई तिरेर बाँकी रहेको रकममा समेत अनियमितता गरेको पाइएको छ । आनाको ९० लाख रुपैयाँभन्दा बढी रकम आउने टेकुको उक्त जग्गा आयल निगमलाई ४१ लाखमा बिक्री गरिएको थियो । जसबाट सरकारको लाखौ राजूव समेत गुमेको छ । तीन अर्ब २५ करोड रुपैयाँमा जग्गा बिक्री भएपछि एक अर्व ६६ करोड रुपैयाँ कर्मचारीलाई बाँडिएको थियो । बाँकी एक अर्ब ५९ करोड रुपैयाँ लक्ष्मी बैंकमा जम्मा गरिएको छ ।
अवकास पाइसकेका गोपाल घिमिरे र सातौं तहमा कार्यरत रामकृष्ण उपाध्यायको हस्ताक्षर रहने गरी कमिसन असुल्नकै लागि महाप्रबन्धक जोशी र अध्यक्ष पौडेलको मिलेमतोमा लक्ष्मी बैंकमा ६ प्रतिशतभन्दा कम ब्याजमा रकम जम्मा गरिएको स्रोतको दाबी छ । राष्ट्रियस्तरको पत्रिकामा सूचना प्रकाशित गरी बढी ब्याज दिने बैंकमा रकम जम्मा गर्नुपर्नेमा उनीहरुले कमिसन खानकै लागि लक्ष्मीमा यसरी सस्तो ब्याजमा रकम जम्मा गरेको बताइन्छ ।
0 comments:
Post a Comment