के तपाईले आफ्नो डिम्याट खाता नवीकरण गर्नु भयो ?


केन्द्रीय निक्षेप प्रणाली (सिडिएससी)ले डिम्याट खाता नवीकरण गर्न तोकेको म्याद भोलि ९बुधबार सकिदैछ । यदि तपाईले यहि साउन ३२ गतेसम्म डिम्याट खाता नवीकरण गराउनु भएन भने तपाईको खाता रोक्का समेत हुनसक्छ ।

सिडिएससीले एक महिना अगाडि सार्वजनिक सूचना जारी गर्दे साउन मसान्तभित्र डिम्याट खाता नवीकरण गर्न लगानीकर्तालाई आग्रह गरेको थियो । सिडिएसीका अनुसार साउन मसान्तसम्मा खाता नवीकरण नगर्ने लगानीकर्ताको खाता रोक्का हुनेछ ।खाता नवीकरण नगराएका लगानीकर्ताले आफ्नो खाता रहेको निक्षेप सदस्यकोमा गएर तोकिएको शुल्क भुक्तानी गरी खाता नविकरण गर्न सक्नेछन । आर्थिक वर्ष २०७३/७४ डिम्याट खाता सञ्चालन गरेवापत प्रत्येक खातावालाले वार्षिक नवीकरण शुल्क एक सय रुपैयाँ तिनुपर्ने व्यवस्था छ ।

निर्धािरत  मितिमा डि म्याट खाता नवीकरण नगरे भदाै १ बाट शेयर काराेवारकाे राफसाफ नहुन सक्ने भएकाले समयमै नवीकरण गराउन बाेर्डले अाग्रह गरेकाे हाे ।

त्यस्तै नेपाल मर्चेन्ट बैंकर्स संघले डिम्याट खाता नवीकरण तथा बैंक खाता अध्यावधिक गर्न दिएको समय पनि बुधबार नै अन्तिम हो । संघले संघमा आवद्ध निक्षेप सदस्यहरुकोमा खाता संचालन गरेका हितग्राहीलाई साउनमसान्त भित्र बार्षिक शुल्क बुझाउन भनेको थियो ।

त्यस्तै धितोपत्र बोर्डले २०७४ भाद्र मसान्तसम्म दुई भन्दा बढी डिम्याट खाता संचालन गरेका लगानीकर्तालाई खाता बन्द गर्न यसअघि नै जानकारी गराएको थियो । बोर्डले दुई भन्दा बढी डिम्याट खाता भएका ग्राहकले डिम्याट खाता बन्द गर्दा र धितोपत्र हस्तान्तरण गर्दा शूल्क नलाग्ने व्यवस्था गरेको छ ।

बोर्डले आस्वा प्रणाली र नयाँ धितोपत्र निष्कासन तथा बाँडफाँड प्रणालीको कार्यान्वयनलाई प्रभावकारी बनाउन एक ग्राहकले दुई भन्दा बढी डिम्याट खाता खोल्न नपाउने व्यवस्था गरेको हो ।

0 comments:

Post a Comment