काठमाडौं : चिलिमे हाइड्रोपावर कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासमा ९६ करोड ६३ लाख १३ हजार रुपैयाँ खुद नाफा कमाएको रिपोर्ट सार्वजनिक गरेको छ । यो नाफा रकम अघिल्लो वर्षको भन्दा ३.२९% ले धेरै हो । अघिल्लो वर्ष कम्पनीले ९३ करोड ५५ लाख ३० हजार रुपैयाँमात्र खुद नाफा कमाएको थियो । चिलिमेले एक वर्षको अवधिमा बिजुली बिक्रीबाट हुने आम्दानीमा पनि २.९०% मात्र बढोत्तरी गरेर १ अर्ब १९ करोड ६८ लाख ९१ हजार रुपैयाँ पुर्याएको छ । अघिल्लो वर्ष कम्पनीले बिजुुली बिक्रीबाट १ अर्ब १६ करोड ३१ लाख ३८ हजार रुपैयाँ आम्दानी गरेको थियो । यसैगरी, चिलिमेले कुल नाफामा ३ करोड ३७ लाख ५१ हजार रुपैयाँले बढोत्तरी गरेर १ अर्ब ६ करोड ६४ लाख १९ हजार रुपैयाँ पुर्याएको छ ।
अघिल्लो वर्ष कम्पनीले १ अर्ब ३ करोड २६ लाख ६८ हजार रुपैयाँ कुल नाफा कमाएको थियो । चिलिमेको सेयर पुँजी ३ अर्ब ४४ करोड ७९ लाख २४ हजार रुपैयाँ छ । कम्पनीको रिजर्भ कोषमा ४ अर्ब ९३ करोड ५४ लाख ६ हजार रुपैयाँ छ । यस हिसाबले सेयर पुँजी भन्दा रिजर्भ कोष दरिलो देखिन्छ । कम्पनीको प्रतिसेयर आम्दानी अघिल्लो वर्षभन्दा थोरैले घटेर २८ रुपैयाँ ०३ पैसामा झरेको छ । अघिल्लो वर्ष चिलिमेको प्रतिसेयर आम्दानी २९ रुपैयाँ ८५ पैसा थियो । यस्तै, प्रतिसेयर नेटवर्थ पनि ३ रुपैयाँ ४९ पैसाले घटेर २४३ रुपैयाँ १४ पैसा कायम भएको छ । अघिल्लो वर्ष चिलिमेको प्रतिसेयर नेटवर्थ २४६ रुपैयाँ ६३ पैसा थियो ।
0 comments:
Post a Comment