काठमाडौं, साउन ३० । जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेड (Jalvidhyut Lagani tatha Bikas Company Ltd) ले आर्थिक वर्ष २०७३/७४मा ४९ करोड ९ लाख ७८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ९३ प्रतिशत बढी हो । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीको मुनाफा २५ करोड ४० लाख २७ हजार रुपैयाँ थियो ।सो अवधिमा कम्पनीको प्रतिशेयर आम्दानीमा दोब्बरले वृद्धि भएको छ । अघिल्लो आवमा २ रुपैयाँ ५४ पैसा प्रतिशेयर आम्दानी रहेको कम्पनीको यो आर्थिक वर्षमा प्रतिशेयर आम्दानी ४ रुपैयाँ ९१ पैसा रहेको छ ।
१० अर्बरुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जगेडाकोषमा ९८ करोड ९९ लाख ८८ हजार रुपैयाँ राखेको छ । सञ्चालन मुनाफा गत वर्षको तुलनाभन्दा ५६ दशमलव ६३ प्रतिशतले बढेर ८० करोड १५ लाख रुपैंयाँ पुगेको छ । अघिल्लो वर्षको सोहि अवधिमा संचालन मुनाफा ५१ करोड १७ लाख रुपैयाँ रहेको थियो ।
कम्पनीले पावर प्रोजेक्टमा ७६ करोड २६ लाख रुपैयाँ लगानी गरेको छ भने ३३ करोड ५५ लाख रुपैयाँ अन्य क्षेत्रमा लगानी गरेको छ ।
कम्पनीको प्रतिशेयर नेटवर्थ १०९ रुपैयाँ ९० पैसा छ ।
0 comments:
Post a Comment