काठमाडौं : प्राइम लाइफ इन्सुरेन्सले १५ करोड ८७ लाख ८८ हजार रुपैयाँ खुद नाफा कमाएको रिपोर्ट सार्वजनिक गरेको छ । प्राइमको यो नाफा अघिल्लो वर्षकोे तुलनामा ४३% ले धेरै हो । अघिल्लो वर्ष प्राइमले ११ करोड १० लाख ३५ हजार रुपैयाँमात्र खुद नाफा कमाएको थियो । यता, प्राइमको खुद बिमा शुल्क १ अर्ब ६० करोडबाट बढेर १ अर्ब ८६ करोड ८४ लाख ५२ हजार रुपैयाँ पुगेको छ । कम्पनीले यो त्रैमाससम्ममा २९ करोड ६२ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ भने ६ करोड २९ लाख ३६ हजार रुपैयाँ महाविपत्ति कोषका लागि छुट्याएको छ । प्राइमले १ हजार ३०१ वटा कुल दाबी भुक्तानी गरेको छ । कुल दाबी भुक्तानी हुन बाँकी संख्या भने ४७ वटा रहेको छ । चुक्ता पुँजी ४८ करोड ८१ लाख ६० हजार रुपैयाँ रहेको प्राइमको जगेडा कोषमा ८८ करोड ८० लाख ९६ हजार रुपैयाँ छ । चुक्ता पुँजीको आधारमा हेर्दा कम्पनीको जगेडा कोष निकै आकर्षक देखिन्छ ।
जीवन बिमा कम्पनीले २०७५ सम्ममा चुक्ता पुँजी २ अर्ब पुर्याउन निर्देशन दिइसकेको छ । यसआधारमा प्राइमले चुक्ता पुँजी पुर्याउन हकप्रद, बोनस लगायतका बाटो रोज्नुपर्ने देखिन्छ । त्यसो त भर्खरै मात्र प्राइमले गत वर्षको कमाइबाट २५% बोनस सेयर दिने घोषणा गरेको छ । कम्पनीको बिमा कोषमा ४ अर्ब ८२ करोड ६४ लाख ४८ हजार रुपैयाँ छ । जीवन बिमा कोषको आकार अघिल्लो वर्षको यही त्रैमासको भन्दा १ अर्ब २० करोड २४ लाख ३८ हजार रुपैयाँ बढी हो । अघिल्लो वर्ष जीवन बिमा कोषमा ३ अर्ब ६२ करोड ४० लाख १० हजार रुपैयाँ मात्र थियो । प्राइमको प्रतिसेयर आम्दानी ३२ रुपैयाँ ५३ पैसा र प्रतिसेयर नेटवर्थ २९४ रुपैयाँ ८२ पैसा रहेको छ ।
0 comments:
Post a Comment