फाइनान्सको खराब कर्जा ०.२९% मा सीमित भएको छ । अघिल्लो वर्ष पनि खराब कर्जा ०.५०% मात्र थियो । कस्ट अफ फन्ड भने ६.७२% बाट बढेर ९.२५% पुगेको छ । गुहेश्वरीको चुक्ता पुँजी ४९ करोड ३४ लाख ८२ हजार रुपैयाँ छ । चुक्ता पुँजी अघिल्लो वर्षको तुलनामा ४२.३७% वृद्धि भएको हो । फाइनान्सले चुक्ता पुँजी वृद्धि गर्न धितोपत्र बोर्डसँग ४०% हकप्रद निष्कासन गर्ने अनुमति मागेको छ । यो हकप्रद बिक्री र बोनस सेयर दिएपछि चुक्ता पुँजी ८० करोड रुपैयाँ भन्दा माथि पुग्ने कम्पनीले जनाएको छ । कम्पनीको रिजर्भ कोषमा २० करोड ८० लाख ८० हजार रुपैयाँ छ । फाइनान्सको प्रतिसेयर आम्दनी २६ रुपैयाँ २० पैसा र प्रतिसेयर नेटवर्थ १४२ रुपैयाँ १७ पैसा छ ।
गुहेश्वरी फाइनान्सको खुद नाफा ८६.४२% वृद्धि, प्रतिसेयर आम्दानी २६ रुपैयाँ २० पैसा
काठमाडौं : गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सले आर्थिक वर्ष २०७३।७४ को चौथो त्रैमासमा १२ करोड ९२ लाख ७० हजार रुपैयाँ खुद नाफा कमाएको छ । गुहेश्वरीले अघिल्लो आर्थिक वर्षको तुलनामा ८६.४२% ले खुद नाफा वृद्धि गरेको हो । अघिल्लो वर्ष फाइनान्सको खुद नाफा ६ करोड ९३ लाख ४५ हजार रुपैयाँ मात्र थियो । फाइनान्सले खुद ब्याज आम्दानी पनि ४०.७१% वृद्धि गरी ११ करोड १४ लाख ९१ हजार रुपैयाँ पुर्याएको छ । फाइनान्सले २ अर्ब ४५ करोड ४६ लाख ९५ हजार रुपैयाँ निक्षेप संकलन गरी २ अर्ब ११ करोड ५८ लाख ८६ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । अघिल्लो वर्षको तुलनामा निक्षेप संकलन २६.८२% र कर्जा लगानी ३७.५२% धेरै हो ।
फाइनान्सको खराब कर्जा ०.२९% मा सीमित भएको छ । अघिल्लो वर्ष पनि खराब कर्जा ०.५०% मात्र थियो । कस्ट अफ फन्ड भने ६.७२% बाट बढेर ९.२५% पुगेको छ । गुहेश्वरीको चुक्ता पुँजी ४९ करोड ३४ लाख ८२ हजार रुपैयाँ छ । चुक्ता पुँजी अघिल्लो वर्षको तुलनामा ४२.३७% वृद्धि भएको हो । फाइनान्सले चुक्ता पुँजी वृद्धि गर्न धितोपत्र बोर्डसँग ४०% हकप्रद निष्कासन गर्ने अनुमति मागेको छ । यो हकप्रद बिक्री र बोनस सेयर दिएपछि चुक्ता पुँजी ८० करोड रुपैयाँ भन्दा माथि पुग्ने कम्पनीले जनाएको छ । कम्पनीको रिजर्भ कोषमा २० करोड ८० लाख ८० हजार रुपैयाँ छ । फाइनान्सको प्रतिसेयर आम्दनी २६ रुपैयाँ २० पैसा र प्रतिसेयर नेटवर्थ १४२ रुपैयाँ १७ पैसा छ ।
फाइनान्सको खराब कर्जा ०.२९% मा सीमित भएको छ । अघिल्लो वर्ष पनि खराब कर्जा ०.५०% मात्र थियो । कस्ट अफ फन्ड भने ६.७२% बाट बढेर ९.२५% पुगेको छ । गुहेश्वरीको चुक्ता पुँजी ४९ करोड ३४ लाख ८२ हजार रुपैयाँ छ । चुक्ता पुँजी अघिल्लो वर्षको तुलनामा ४२.३७% वृद्धि भएको हो । फाइनान्सले चुक्ता पुँजी वृद्धि गर्न धितोपत्र बोर्डसँग ४०% हकप्रद निष्कासन गर्ने अनुमति मागेको छ । यो हकप्रद बिक्री र बोनस सेयर दिएपछि चुक्ता पुँजी ८० करोड रुपैयाँ भन्दा माथि पुग्ने कम्पनीले जनाएको छ । कम्पनीको रिजर्भ कोषमा २० करोड ८० लाख ८० हजार रुपैयाँ छ । फाइनान्सको प्रतिसेयर आम्दनी २६ रुपैयाँ २० पैसा र प्रतिसेयर नेटवर्थ १४२ रुपैयाँ १७ पैसा छ ।
0 comments:
Post a Comment