साझा विकास बैंकको खुद नाफा कसरी हुन सक्यो ४७२% ले वृद्धि ?

काठमाडौं : साझा विकास बैंकले आर्थिक वर्ष २०७३÷७४ को चोथौ त्रैमासमा ४७२ प्रतिशतले खुद नाफामा वृद्धि गरेको छ । यो त्रैमासमा बैंकको खुद नाफा १ करोड ५७ लाख ६१ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष साझा ४२ लाख ३४ हजार रुपैयाँ नोक्सानमा थियो । साझाको खुद ब्याज आम्दानी पनि २५.६४ प्रतिशतले वृद्धि भएर ३ करोड ४४ लाख ५० हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवमा खुद ब्याज आम्दानी २ करोड ७४ लाख १८ हजार रुपैयाँ थियो । बैंकले ५१ करोड २१ लाख ८० हजार रुपैयाँ निक्षेप संकलन गरेको छ भने ३७ करोड ६ लाख ३१ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । अघिल्लो आवको तुलनामा निक्षेप संकलन र कर्जा लगानी क्रमशः ०.५५ प्रतिशत र ६ प्रतिशतले बढी हो । अघिल्लो वर्ष साझाको निक्षेप संकलन ५० करोड ९३ लाख ५४ हजार रुपैयाँ थियो भने कर्जा लगानी ३४ करोड ९३ लाख ५४ हजार रुपैयाँ थियो ।

बैंकले २ करोड २४ लाख २५ हजार रुपैयाँ राइट ब्याक गरेको छ । भारीमात्रामा नाफा देखिनुमा यही राइट ब्याकको हात देखिन्छ । साझाको खराब कर्जा बढेर ४.२४ प्रतिशतमा पुगेको छ । अघिल्लो वर्ष खराब कर्जा ३.१२ प्रतिशत थियो । कस्ट अफ फन्ड पनि ५.४३ प्रतिशतबाट ५.८५ प्रतिशत पुगेको छ । बैंकको चुक्ता पुँजी १० करोड रुपैयाँ छ । साझाको रिजर्भ कोषमा अघिल्लो वर्ष जस्तै अहिले पनि ऋणात्मक नै छ । अघिल्लो वर्ष २ करोड ६ लाख ७८ हजार रुपैयाँ ऋणात्मक रहेको रिजर्भ कोष यसपालि भने १ करोड ३० लाख ४१ हजार रुपैयाँले ऋणात्मक छ । यसको प्रतिसेयर आम्दानी १५ रुपैयाँ ७६ पैसा छ भने प्रतिसेयर नेटवर्थ ८६ रुपैयाँ ९६ पैसा छ । साझालाई देव विकास बैंकले १ः१ सेयर स्वाप रेसियोमा एक्वायर गर्ने प्रकृयामा छ ।

0 comments:

Post a Comment