काठमाडौं : उन्नति माइक्रोफाइनान्स वित्तीय संस्थाले आइपीओ निष्कासन अनुमति माग्दै धितोपत्र बोर्डमा आवेदन दिएको छ । उन्नतिले १ करोड ६५ लाख रुपैयाँको १ लाख ६५ हजार कित्ता आइपीओ बिक्री गर्न लागेको हो । यसमा सिद्धार्थ क्यापिटल लिमिटेडले बिक्री प्रबन्धकको काम गर्दैछ । १० जिल्ला कार्यक्षेत्र भएको यस माइक्रोफाइनान्सको केन्द्रीय कार्यालय पडसरी–१ रुपन्देहीमा रहेको छ । पछिल्लो समय माइक्रोफाइनान्स कम्पनीहरुमा लगानीकर्ताको अधिक आकर्षण देखिएको छ । धेरैको पुँजी कम र प्रतिसेयर आम्दानी अधिक रहेकाले लगानीकर्ता झुमिएका हुन् ।
0 comments:
Post a Comment