आरएमडीसी अगाडि बढ्ने, स्वावलम्बन पछि हट्ने के हो कारण ?

थोक कर्जा प्रबाह गर्ने रुरल माईक्रोफाईनान्स डेभ्लपमेन्ट सेन्टर(RMDC) र राष्ट्रियस्तरको लघुवित्त स्वावलम्बन(SWBBL)ले एकसाथ गत आर्थिक बर्षको बित्तीय बिबरण प्रकाशन गरेका छन् । आरएमडीसी अगाडि बढ्दा स्वावलम्बन भने पछि परेको अबस्था छ ।

आरएमडीसी राष्ट्रियस्तरको थोक कर्जा प्रबाह गर्ने र स्वावलम्बन राष्ट्रियस्तरको खुद्रा कर्जा प्रबाह गर्ने लघुवित्त हुन् त्यसैले यी दुईबीच तुलना हुनसक्दैन तर दुबै लघुवित्तले एकैदिन बिबरण प्रकाशन गरेकाले यहाँ उनीहरुको बित्तीय विवरणको विश्लेषणलाई एकसाथ प्रस्तुत गरिएको हो ।

स्वावलम्बनको खुद नाफा अघिल्लो बर्ष भन्दा २२ प्रतिशतले घटेर ३२ करोडबाट २५ करोडमा झरेको छ । ब्याज आम्दानी बढे पनि ब्याज खर्च र कर्मचारी खर्च अचाक्ली बढ्नुले संचालन नाफामा ११ करोडले कमी आई खुद नाफा घटेको देखिएको छ ।

४१ करोड चुक्ता पूँजी रहेको स्वावलम्बनको प्रति सेयर आम्दानी ५९ रुपैयाँ ७६ पैसा छ । कम्पनीको निस्क्रिय कर्जा अनुपात घटेर पनि कर्जा जोखिम वापतको रकम बढाएको छ ।

उता आरएमडीसीले भने खुद नाफालाई १७ करोडबाट २१ करोडमा उकालेको छ । ब्याज आम्दानी र संचालन मुनाफा बढाएर कम्पनीले खुद नाफामा बढोत्तरी गरेको हो । उसको कर्मचारी र अन्य संचालन खर्च बढे पनि धान्न सकेको देखिन्छ ।

६९ करोड चुक्ता पूँजी रहेको कम्पनीको प्रति सेयर आम्दानी ३० रुपैयाँ नाघेको छ । थोक कर्जा प्रबाह गर्ने कारणले निस्क्रिय कर्जा सुन्य प्रतिशत रहेको छ । उसको पनि कोषको लागत गत बर्ष भन्दा दोब्बरले बढेर ४.६७ प्रतिशत पुगेको छ ।

स्वावलम्बनले कर्जा लगानीलाई दुई अर्बले बढाएर ६ अर्बबाट ८ अर्ब पुर्याएको छ भने आरएमडसीसीको चार अर्बबाट ५ अर्ब ७५ करोड मात्र पुगेको छ ।

स्वालम्बनले सर्वसाधारणमा १८ प्रतिशतसम्म ब्याज दरमाा कर्जा लगानी गर्न पाउाछ भने आरएमडीसीले ९, १० प्रतिशत ब्याज दरमा लघुवित्त संस्थाहरुलाई कर्जा प्रबाह गर्छ ।

दुबै कम्पनीमा चुक्ता पूँजी भन्दा झण्डै दोब्बर जगेडा कोष भएको समानता भने छ । लगानीयोग्य रकम जुटाउँदा बढी ब्याज तिर्नु परेको मार पनि दुबैले खेपेका छन् ।

आरएमडीसीको मूल्य आम्दानी अनुपात २५ गुणा र प्रति सेयर नेटवर्थ २९० रुपैयाँ छ भने स्वावलम्बनको मूल्य आम्दानी अनुपात ३० गुणा र नेटवर्थ २७२ रुपेयाँ मात्र छ ।

आरएमडीसीले गत बर्ष १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश दिएको थियो भने स्वावलम्बनले ३४ प्रतिशत बोनस र १९ प्रतिशत नगद लाभांश दिएको थियो । यसपटक पनि सोही हाराहारीमा बितरण गर्न दुबै कम्पनी सक्षम छन् ।

आरएमडीसीमा राष्ट्र बैंक, बिभिन्न बाणिज्य बैंक र बिदेशी संस्थाहरुको हिस्सेदारी छ भने स्वावलम्बनमा नविल, ईन्भेष्टमेन्ट र स्वावलम्बन बिकास केन्द्रको हिस्सेदारी छ ।

0 comments:

Post a Comment