आरएमडीसी राष्ट्रियस्तरको थोक कर्जा प्रबाह गर्ने र स्वावलम्बन राष्ट्रियस्तरको खुद्रा कर्जा प्रबाह गर्ने लघुवित्त हुन् त्यसैले यी दुईबीच तुलना हुनसक्दैन तर दुबै लघुवित्तले एकैदिन बिबरण प्रकाशन गरेकाले यहाँ उनीहरुको बित्तीय विवरणको विश्लेषणलाई एकसाथ प्रस्तुत गरिएको हो ।स्वावलम्बनको खुद नाफा अघिल्लो बर्ष भन्दा २२ प्रतिशतले घटेर ३२ करोडबाट २५ करोडमा झरेको छ । ब्याज आम्दानी बढे पनि ब्याज खर्च र कर्मचारी खर्च अचाक्ली बढ्नुले संचालन नाफामा ११ करोडले कमी आई खुद नाफा घटेको देखिएको छ ।
४१ करोड चुक्ता पूँजी रहेको स्वावलम्बनको प्रति सेयर आम्दानी ५९ रुपैयाँ ७६ पैसा छ । कम्पनीको निस्क्रिय कर्जा अनुपात घटेर पनि कर्जा जोखिम वापतको रकम बढाएको छ ।
उता आरएमडीसीले भने खुद नाफालाई १७ करोडबाट २१ करोडमा उकालेको छ । ब्याज आम्दानी र संचालन मुनाफा बढाएर कम्पनीले खुद नाफामा बढोत्तरी गरेको हो । उसको कर्मचारी र अन्य संचालन खर्च बढे पनि धान्न सकेको देखिन्छ ।
६९ करोड चुक्ता पूँजी रहेको कम्पनीको प्रति सेयर आम्दानी ३० रुपैयाँ नाघेको छ । थोक कर्जा प्रबाह गर्ने कारणले निस्क्रिय कर्जा सुन्य प्रतिशत रहेको छ । उसको पनि कोषको लागत गत बर्ष भन्दा दोब्बरले बढेर ४.६७ प्रतिशत पुगेको छ ।
स्वावलम्बनले कर्जा लगानीलाई दुई अर्बले बढाएर ६ अर्बबाट ८ अर्ब पुर्याएको छ भने आरएमडसीसीको चार अर्बबाट ५ अर्ब ७५ करोड मात्र पुगेको छ ।
स्वालम्बनले सर्वसाधारणमा १८ प्रतिशतसम्म ब्याज दरमाा कर्जा लगानी गर्न पाउाछ भने आरएमडीसीले ९, १० प्रतिशत ब्याज दरमा लघुवित्त संस्थाहरुलाई कर्जा प्रबाह गर्छ ।
दुबै कम्पनीमा चुक्ता पूँजी भन्दा झण्डै दोब्बर जगेडा कोष भएको समानता भने छ । लगानीयोग्य रकम जुटाउँदा बढी ब्याज तिर्नु परेको मार पनि दुबैले खेपेका छन् ।
आरएमडीसीको मूल्य आम्दानी अनुपात २५ गुणा र प्रति सेयर नेटवर्थ २९० रुपैयाँ छ भने स्वावलम्बनको मूल्य आम्दानी अनुपात ३० गुणा र नेटवर्थ २७२ रुपेयाँ मात्र छ ।
आरएमडीसीले गत बर्ष १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश दिएको थियो भने स्वावलम्बनले ३४ प्रतिशत बोनस र १९ प्रतिशत नगद लाभांश दिएको थियो । यसपटक पनि सोही हाराहारीमा बितरण गर्न दुबै कम्पनी सक्षम छन् ।
आरएमडीसीमा राष्ट्र बैंक, बिभिन्न बाणिज्य बैंक र बिदेशी संस्थाहरुको हिस्सेदारी छ भने स्वावलम्बनमा नविल, ईन्भेष्टमेन्ट र स्वावलम्बन बिकास केन्द्रको हिस्सेदारी छ ।
0 comments:
Post a Comment