अब घरमै बसेर सेयर भर्न पाइने, राष्ट्रिय वाणिज्य बैंकले खुला गर्यो निःशुल्क अनलाइन आस्वा

काठमाडौं : राष्ट्रिय वाणिज्य बैंकले निःशुल्क अनलाइन आस्बा सेवा सुरु गरेको छ । बैंकले देशका ६८ जिल्लामा रहेका १७९ वटै शाखाबाट निःशुल्क अनलाइन आस्वामार्फत सेयर भर्न मिल्ने बनाएको छ । यो संगै अब आइपीओ र एफपीओ घरमै बसेर भर्न सकिनेछ । डिम्याट खातामार्फत ग्राहकले बैंकमा नगई घरैबाट अनलाइन सि—आस्वा मार्फत आइपीओ र एफपीओ अनि म्युचुअल फन्डमा आवेदन दिन सकिने भएको हो । यो सेवा साउन २७ गतेबाट सुरु हुनेछ । आस्वा प्रणालीअन्तर्गत धितोपत्र निष्कासन हुँदा लगानीकर्ताको चल्ती, बचत तथा कल खातामा रकम रोक्का राखिनेछ । सेयर बाँडफाँट हुँदा सेयर परे बराबरको रकम मात्र खाताबाट घटाएर बाँकी रकम फुकुवा गरिन्छ ।

0 comments:

Post a Comment