ब्रा नलगाउँदा जागिर चट

श्रावण १6
बेलायतको एक पबमा वेट्रेसका रूपमा कार्यरत युवतीले कार्यस्थलमा ब्रा नलगाएका कारण जागिरबाट हात धुनुपरेको छ । २२ वर्षीया केट हनाले उक्त कुरा आफ्नो फेसबुकमार्फत सार्वजनिक गरेपछि यो घटना चर्चामा आएको हो । योर्कसायरस्थित वर्ड एन्ड बियर पबमा कार्यरत केट ब्रा नलगाई ग्रे रंगको कुक नेक टिसर्ट लगाएर काममा गएकी थिइन् । त्यस्तो पोसाक लगाएर कार्यस्थलमा आएको देखेर पबका म्यानेजरले आपत्ति जनाउँदै उनलाई अरू तीन जना कर्मचारीका सामु लज्जित गरेर निकालेको दाबी केटको छ । फेसबुकमा उनले आफ्नो भनाइ पोस्ट गर्दै त्यही टिसर्ट लगाएको तस्बिर पोस्ट गरेकी छिन् जुन उनले पबमा जाँदा लगाएकी थिइन् । 




0 comments:

Post a Comment