यिनी हुन्— एडेन इस्ट्राडा । लसएन्जलस निवासी २१ वर्षीया यी मोडलले केही वर्षअघि पुरुष मोडलका रूपमा ख्याति कमाएकी थिइन् भने अहिले महिला मोडलका रूपमा प्रसिद्धि बटुल्ने क्रममा छिन् । १८ वर्षको उमेरसम्म उनले पुरुष मोडल (सानो तस्बिर) का रूपमा धेरै पटक र्याम मोडलिङ गरे । पुरुषका रूपमा प्रस्तुत हुँदा आफूलाई अप्ठ्यारो भएकै कारण लिंग परिवर्तन गर्नुपरेको एडेन बताउँछिन् ।
केही वर्षको शल्यक्रियापश्चात् उनले आफूलाई पूर्ण रूपमा महिलाका रुपमा प्रस्तुत गर्न सफलता प्राप्त गरिन् । १६ वर्षको उमेरमै भोगको कभरका लागि फोटोसुट गराएका एडेनले अहिले महिला मोडलका रूपमा पनि ख्याती कमाउन थालेकी छिन् । पुरातन सोच भएको परिवारले पनि उनको लिंग परिवर्तनलाई स्वीकार गरेपछि एडेनलाई धेरै सजिलो भएको थियो । एक रेस्टुराँमा खाना खान जाँदा भेटिएका पुरुषले उनलाई प्रेमिकाका रूपमा स्वीकार गरेपछि एडेन अझ बढी खुसी छिन् ।
दोस्रो भेटमै आफूले लिंग परिवर्तन गरेको कुरा बताएपछि उनका प्रेमी म्याकब्रिडसमेत खुसी छन् । ‘दोस्रो भेटमा मलाई शंका त लागेको थियो, तर उनले नै बताएका कारण कुनै भ्रम सिर्जना हुन पाएन । उनी फुल प्याकेज महिला हुन्,’ मालिक भन्छन् ।
0 comments:
Post a Comment