स्थानीय तहको शाखा बिस्तारमा प्रभु बैंक सबैभन्दा आक्रामक देखिँदा स्टाण्डर्ड चार्टर्ड सबैभन्दा पछि (हेर्नुहोस् तपाइँको घर छेउमा जाने बैंकको शाखा )

स्थानीय तहमा शाखा बिस्तारका लागि प्रभु बैंक सबैभन्दा आक्रामक देखिएको छ । उसले ३१ स्थानीय तहमा शाखा बिस्तार गर्ने प्रक्रिया अगाडि बढाउँदा एउटा बिदेशी लगानीको बैकले कुनै पनि ठाउँमा शाखा बिस्तार नगर्ने सोच देखाएको छ ।


७४४ स्थानीय तह मध्ये बाणिज्य बैंकको शाखा नभएका तहमा शाखा खोल्न राष्ट्र बैंकले  वाणिज्य बैंकहरुलाई प्रोत्साहित गर्दै सुबिधा दिएको छ ।  यस क्रममा प्रभु बैंकले सबै भन्दा बढी ३१ स्थानीय तहमा शाखा बिस्तार गर्ने भएको छ । स्टाण्डर्ड चार्टर्ड बैंकले भने शाखा बिस्तार नगर्ने भएको छ ।

बैंकहरुले छनौट गरेको स्थानीय तहको तथ्याङ्क अनुसार सात जिल्लामा सबैभन्दा धेरै शाखा बिस्तार हुने भएका छन् । सुनसरी, बझाङ, बैतडी, सिराहा, दैलेख, दार्चुला र धनुषा जिल्लाका छ स्थानीय तहमा वाणिज्य बैंकले शाखा बिस्तारको तीब्र प्रतिस्पर्धा गर्न लागेका हुन् ।

बैंकहरुले थप्न लागेका नयाँ शाखा हेर्नुहोस्


सबैभन्दा धेरै स्थानीय तहमा शाखा खोल्न खोजेको प्रभु बैंकले बागलुङमा पाँच, मुस्ताङमा तीन र म्याग्दीमा दुई स्थानीय तहमा शाखा बिस्तार गर्ने भएको हो । त्यस पछि दोस्रो स्थानमा  सनराइजले १९ स्थानीय तहमा शाखा बिस्तार गर्दैछ । नेपाल इन्भेष्टमेण्ट बैंकले १८, जनता बैंकले १५ र कुमारी बैंकले १३ स्थानीय तहमा शाखा बिस्तार गर्दैछन् । मेगा बैंकले ११ तहमा शाखा बिस्तार गर्ने भएको छ भने एनएमबीले १० स्थानीय तहमा शाखा खोल्ने भएको हो ।

हिमालयन बैंकले तीन तहमा शाखा बिस्तार गर्ने तयारी गर्दा स्टाण्डर्ड चार्टर्ड बैंकले एउटा पनि स्थानीय तहमा शाखा बिस्तार नगर्ने भएको हो ।



अहिले शाखा नभएका स्थानीय तहमा एक बैंकले शाखा खोलेको तीन वर्षसम्म अर्को बैंकले शाखा बिस्तार गर्न नपाउने व्यवस्थाले पनि वाणिज्य बैंकहरुलाई केही सहज भएको आँकलन गर्न सकिन्छ । यसरी शाखा खोल्दा शाखा नभएको प्रत्येक तहको दरले एक करोड रुपैयाँ निब्याजी सापट राष्ट्र बैंकले सम्बन्धित बैंकलाई एक बर्षसम्म उपलब्ध गराउने छ ।

 मुलुकभर अहिले सात सय ४४ स्थानीय तह छन् । जस मध्ये तीन सय ३२ स्थानीय तहमा वाणिज्य बैंकले शाखा खोलिसका छन् भने चार सय १२ स्थानीय तहमा शाखा खुल्न सकेका छैनन् । उल्लेखित दुई सय ४४ स्थानीय तहमा शाखा बिस्तार भए पछि पनि बाँकी एक सय ६८ स्थानीय तहमा वाणिज्य बैंकले शाखा बिस्तार गर्नु पर्ने हुन्छ ।


0 comments:

Post a Comment