काठमाडौं : स्टान्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासमा १ अर्ब ३८ करोड १९ लाख ५३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्ष यही अवधिको तुलनामा ६.९२% ले मात्र बढि हो । अघिल्लो वर्ष चार्टर्डले १ अर्ब २९ करोड २४ लाख ९५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकले खुद ब्याज आम्दानीमा पनि १८.६७% बढोत्तरी गरेर २ अर्ब १९ करोड ५४ लाख ३१ हजार रुपैयाँ पुयाएको छ । खुद ब्याज आम्दानी अघिल्लो वर्ष १ अर्ब ८४ करोड ९८ लाख ७८ हजार रुपैयाँ मात्र थियो । निक्षेप रकम ५५ अर्बबाट बढाएर ६३ अर्ब ८७ करोड २८ लाख ८५ हजार रुपैयाँ पुर्याएको चार्टर्डले ३९ अर्ब २० करोड ३६ लाख ९० हजार रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकले सम्भावित जोखिमका लागि ३६ करोड १७ लाख २९ हजार रुपैयाँ छुट्याएको छ भने २२ करोड ९९ लाख ७८ हजार रुपैयाँ राइट ब्याक गर्न सफल भएको छ । बैंकको कष्ट अफ फन्ड १.२५% बाट बढेर ३.०६% पुगेको छ । यता, खराब कर्जा भने ०.१९% मा सीमित छ । बैंकको, कर्जा निक्षेप अनुपात ७२.३४% छ ।
चार्टर्डको चुक्ता पुँजी ४ अर्ब ५७ लाख १५ हजार रुपैयाँ छ । बैंकको रिजर्भ कोषमा भने ८ अर्ब १५ करोड ८८ लाख ३६ हजार रुपैयाँ जम्मा भइसकेको छ । अघिल्लो वर्षको तुलनामा चुक्ता पुँजी ४२.४२% र रिजर्भ कोष ७१.३६% ले बढोत्तरी भएको छ । चार्टर्डको गत चैत १ गतेदेखि ४ गतेसम्म बिक्री गरेको २५ लाख ५८ हजार १४० कित्ता एफपीओ तथा बोनसबाट चुक्ता पुँजी बढेको छ । यसैगरी, एफपीओ बिक्रीबाट आएको प्रिमियमले रिजर्भ कोषलाई भारीमात्रमा बढाउन मद्दत गरेको हो । यता, बैंकको प्रतिसेयर आम्दानी भने ११ रुपैयाँ ४६ पैसाले घटेर ३४ रुपैयाँ ५० पैसामा आएको छ । अघिल्लो वर्ष यही त्रैमासमा चार्टर्डको प्रतिसेयर आम्दानी (वार्षिक) ४५ रुपैयाँ ९६ पैसा थियो । चार्टर्डको प्रतिसेयर नेटवर्थ ३४ रुपैयाँ ३५ पैसाले बढेर ३०३ रुपैयाँ ६८ पैसा भएको छ । अघिल्लो वर्ष यही त्रैमासमा चार्टर्डको प्रतिसेयर नेटवर्थ २६९ रुपैयाँ २९ पैसा मात्र थियो ।
0 comments:
Post a Comment