राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई गत आर्थिक वर्षको असार मसान्तसम्ममा पूँजी पुर्याउनु पर्ने व्यवस्था गरेको थियो । यस व्यवस्था अनुसार वाणिज्य बैंकहरुले सार्वजनिक गर्ने चौथो त्रैमासिक वित्तीय बिवरणमा चुक्ता पूँजी आठ अर्ब रुपैंया पु्गेको हुनु पर्ने हो । तर एक दर्जन बाणिज्य बैकहरुले चौथो त्रैमासको वित्तीय बिवरणमा त्यसलाई स्पष्ट पार्न नसक्ने देखिएको छ ।
राष्ट्र बैंकले चुक्ता पूँजी नपुर्याएका बैंक तथा वित्तीय संस्थाहरुलाई गत आर्थिक बर्षको वित्तीय विवरण सार्वजनिक गर्दा तोकिएको पूँजी पुगेको व्यहोरा लेखा सम्बन्धि टिप्पणीमा उल्लेख गर्नु पर्ने व्यवस्था गरेको छ । यो ब्यवस्था अनुसार असार मसान्तसम्म पूँजी नपुगेको खण्डमा बाँकी पूँजीको स्रोत पनि प्रष्ट रुपमा खुलाउनु पर्ने हुन्छ ।
नेपाल इन्भेष्टमेण्ट बैंक, सेयर बजारमा सूचीकृत नभएको राष्ट्रिय वाणिज्य बैंक, ग्लोबल आईएमई बैंक र नेपाल बैंकको चुक्ता पूँजी आठ अर्ब माथि पुगिसकेको छ ।उल्लेखित तालिकाको क्रम संख्या १२ सम्मका बैंकहरुले बोनसबाटै पूँजी आठ अर्ब पुर्याउने लक्ष्य लिएका छन् । तर एनआईसी एशिया, हिमालयन, प्राइम, नबिल र स्टाण्डर्ड चार्टर्डले आठ अर्ब पूजी पुर्याउन कुनै विकल्प अघि सारेका छैनन् । यसको अर्थ यी बैंकहरुले कमाई तथा जगेडाको सदुपयोग गरेरै बोनस बाँडेर पूँजी आठ अर्ब पुर्याउन खोजेको देखिन्छ
।
सिद्धार्थ बैंकले १० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने र नपुगेको पूँजी जगेडा कोषबाट जुटाउने रणनीति बनाएको देखिन्छ । माछापुछ्रे बैंकले पनि अहिले निष्काशन गरिरहेको १२ प्रतिशत हकप्रद पछि अपुग पूँजी जगेडा कोषबाट थप्ने लक्ष्य लिएको देखिन्छ । एनएमबी बैंकले थप नयाँ साधारण सेयर ( एफपीओ) जारी गर्ने प्रस्ताव स्वीकृत भएको खण्डमा एक अर्ब १४ करोडले पूँजी बिस्तार गर्ने र त्यसबाट नपुगेको पूँजी बोनसबाट पुर्याउन खोजेको देखिन्छ ।
कुमारी बैंकले अहिले कायम पूँजीको २० प्रतिशत हकप्रद निष्काशन गर्ने निर्णय गरिसकेको छ । यो हकप्रदपछि बाँकी रहने पूँजी पनि बोनसबाटै पुर्याउनु पर्ने हुन्छ । बैंक अफ काठमाण्डु झण्डै ६२ करोड रुपैंयाको थप नयाँ संस्थापक सेयर ( एफपीओ) निष्काशन गर्ने प्रकृयामा छ । उक्त सेयर निष्काशन भएपछि कायम हुने पूँजीलाई १७६ अर्ब रुपैयाको बोनसबाट आठ अर्ब पुर्याउने लक्ष्यमा वैंक रहेको भएपनि संस्थापक एफपीओ निस्कासन सम्बन्धि कानून नभएकाले उस्को प्रस्ताव अन्यौलमा परेको छ ।
सेञ्चुरी कमर्शियल बैंकले साउन १६ देखि ४० प्रतिशत हकप्रद निष्काशन गर्दैछ । हकप्रदपछि सेती फाइनान्स र अल्पाइन डेभलपमेण्ट बैंक आफूमा विलय गराएर प्राप्त हुने रकममा अपुग हुने १७ करोड हाराहारीको रकम बोनस वितरण गरेर आठ अर्बको पूँजी तयार पार्दै छ ।
मेगा बैकले ६५ प्रतिशत हकप्रद सेयर जारीबाट गर्ने र टुरिजम डेभलपमेण्ट बैँकसँगको मर्जर पश्चात चुक्ता पूँजी आठ अर्ब माथि पुर्याउने लक्ष्य लिएको छ ।
एनसीसी बैकले ५० प्रतिशत हकप्रद निष्काशन गरेर पनि एक अर्ब बराबरको बोनस वितरण गर्दा मात्र आठ अर्ब रुपैंयाको पूँजी तयार हुन्छ ।
एभरेष्ट बैंकले अहिले निष्काशन गरिरहेको ३० प्रतिशत हकप्रद पश्चात पनि दुई अर्ब १२ करोड रुपैंया पूँजी थप गर्नु पर्ने हुन्छ । मर्जरको प्रकृयाका सम्बन्धमा हल्लामात्र बढी भएकाले बैंकले के गर्छ भन्न सक्ने अवस्था छैन ।
स्टाण्डर्ड चार्टर्डले निष्काशन गरेको एफपिओको प्रिमियमबाट पूँजी दोब्बर बनाउने उद्घोष गरेको छ । यो बाहेक उसँग अन्य विकल्प छैन ।
0 comments:
Post a Comment