पोखरा फाइनान्सको एफपीओ आइतबारदेखि प्रिमियममा बिक्री खुला, प्रतिकित्ता भाउ २२० रुपैयाँ

काठमाडौं : पोखरा फाइनान्सको एफपीओ आइतबारदेखि खुल्दैछ । यो फाइनान्सले ९ लाख ८३ हजार ६८२ कित्ता एफपीओ बिक्री गर्न लागेको हो। एफपीओ साउन २९ गतेदेखि भदौ १ गतेसम्म भर्न पाइनेछ । भदौ १ गतेभित्र आवश्यक मात्रामा आवेदन नपरेमा भने भदौ ११ गतेसम्म भर्न पाइनेछ । तर पछिल्लो समय एफपीओ र आइपीओ अधिक आकर्षण देखिएकाले भदौ १ भित्रै आवेदन बन्द हुने अनुमान गरिएको छ । पोखरा फाइनान्सले फेस भ्यालु १०० रुपैयाँमा १२० रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २२० रुपैयाँ दरले एफपीओ बिक्री गर्न लागेको हो । न्यूनतम १० कित्तादेखि अधिकतम ४ हजार ९०० कित्तासम्म आवेदन दिन पाइनेछ । यसको बिक्री प्रबन्धक एनआइबीएल क्यापिटल मार्केट हो । लगानीकर्ताले आश्वा अनुपति पाएका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन पाउनेछन् । हाल फाइनान्सको चुक्ता पुँजी ५५ करोड ७४ लाख २० हजार २९२ रुपैयाँ छ । एफपीओ बिक्रीपछि फाइनान्सको चुक्ता पुँजी ६५ करोड ५७ लाख ८८ हजार ४९२ रुपैयाँ हुनेछ । पोखरा फाइनान्सले गत आर्थिक वर्षको चौथो त्रैमासमा ८ करोड ७७ लाख ८७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी १५ रुपैयाँ ७४ पैसा छ भने प्रतिसेयर नेटवर्थ १३८ रुपैयाँ ५० पैसा छ ।

0 comments:

Post a Comment