बैंक अफ काठमान्डूको उत्साहजनक प्रगति, खुद नाफा ८९.०९% वृद्धि गर्दा प्रतिसेयर आम्दानी २२ रुपैयाँ

काठमाडौं : बैंक अफ काठमान्डूले आर्थिक वर्ष २०७३÷७४ को खुद नाफा ८९.०९% ले बढोत्तरी गरेर १ अर्ब २३ करोड ९० लाख ७५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष बैंकले ६५ करोड ५२ लाख ७६ हजार रुपैयाँ मात्र खुद नाफा गरेको थियो । बैंकको खुद ब्याज आम्दानी पनि ६६.३१% ले बढेर २ अर्ब ५६ करोड ६० लाख ७० हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष बैंकले १ अर्ब ५४ करोड २९ लाख ६ हजार रुपैयाँ मात्र खुद ब्याज आम्दानी गरेको थियो । बैंकले १७ करोड ७७ लाख ७१ हजार रुपैयाँ राइट ब्याक गर्न सफल भएको छ । संभावित जोखिमका लागि बैंकले ३० करोड ६३ लाख ३० हजार रुपैयाँ राखेको छ । बैंकले ७२ अर्ब १३ करोड ६७ लाख ९७ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ भने ६२ अर्ब ५४ करोड ९९ लाख ८८ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । अघिल्लो वर्षको तुलनामा निक्षेप संकलन र कर्जा लगानी क्रमशः ६.३३% र ३.७०% ले बढी हो । अघिल्लो वर्ष बैंक अफ काठमान्डूले ६७ अर्ब ८३ करोड ६३ लाख ९१ हजार रुपैयाँ निक्षेप संकलन गरेको थियो भने कर्जा लगानी ६० अर्ब ३१ करोड ७७ लाख ७ हजार रुपैयाँ थियो ।

बैंक अफ काठमान्डूले अघिल्लो वर्षको २.५१% खराब कर्जालाई घटाएर १.४६% मा सीमित राख्न सफल भएको छ । बैंकको कस्ट अफ फन्ड बढेको छ । अहिले बैंकको कस्ट अफ फन्ड ५.३७% छ । यो अघिल्लो वर्ष ४.०३% थियो भने । बैंकको इक्विटीमा प्रतिफल १३.५६% बाट बढेर १४.७४% पुगेको छ । बैंकले रिजर्भ कोषमा ३ अर्ब ३२ करोड ५ लाख १३ हजार रुपैयाँ राखेको छ । यो अघिल्लो वर्षको तुलनामा ५४.४९% ले बढी हो । अघिल्लो वर्ष बैंकले रिजर्भ कोषमा २ अर्ब १४ करोड ९२ लाख ४३ हजार रुपैयाँ जगेडा राखेको थियो । चौथो त्रैमाससम्ममा बैंक अफ काठमान्डूको चुक्ता पुँजी ५ अर्ब ६२ करोड ९५ लाख ७६ हजार रुपैयाँ छ । चुक्ता पुँजी अघिल्लो वर्षको जति नै हो । बैंकको प्रतिसेयर आम्दानी (वार्षिक) २२ रुपैयाँ १ पैसा भने प्रतिसेयर नेटवर्थ १५८ रुपैयाँ ९८ पैसा छ ।

0 comments:

Post a Comment