लागू औषध र अवैध हतियारको कारोबारी भएको आशंकामा खानतलासी गर्न महानगरिय प्रहरी अपराध महाशाखा टेकुको टोली उनको घर पुगेको थियो ।
प्रहरीले घर घेराउ गरेको थाहा पाएपछि खत्री दुई हातमा पेस्तोल बोकेका कौशीबाट हाम्फालेर भाग्न खोजेको अपराध महाशाखाका प्रवक्ता प्रकाशजंग कार्कीले बताए ।
‘खत्री गोली हान्दै कौशीबाट हाम्फालेर भाग्न खोजे । हाम्रो तर्फबाट पनि फायरिङ भयो’, उनले भने,‘हामीले फायरिङ गर्दा घाइते भएका खत्रीको उपचारको क्रममा पाटन अस्पतालमा ज्यान गयो ।’
यसअघि महानगरिय प्रहरी परिसर ललितपुरका प्रवक्ता ईश्वर कार्कीले भने खत्रीले आफैंले कञ्चटमा गोली हानेर आत्महत्या गरेको दाबी गरेका थिए ।
0 comments:
Post a Comment