रुघाखोकी लाग्यो ? जँचाइहाल्नुस्, स्वाइन फ्लू पनि हुनसक्छ !

२३ साउन, पोखरा । के तपाईंलाई सामान्य भन्दा बढी नै ज्वरो आएको छ ? वा तीन दिनसम्म पनि ज्वरो घटेन र रुघाखोकी समेत लागिरहेको छ ? यदी यसो हो भने तपाईंलाई मौसमी रुघाखोकी (ईन्फ्लूएञ्जा) अर्थात स्वाइन फ्लू भएको हुनसक्छ ।
ईन्फ्लूएञ्जा ‘ए’.’बी’ र ‘सी’ गरेर तीन प्रकारका हुन्छन् । जसमध्ये ‘ए’मा पर्ने एचवानए संक्रमण भए संक्रमित व्यक्तिको ज्यानै पनि जानसक्छ ।

यो ईन्फ्लूएञ्जा’ए’ एचवानएनवान भाईरसलाई ‘स्वाइन् फ्लू’ पनि भनिन्छ । पहिले पहिले सुंगुरबाट सर्ने भएको यसलाई ‘स्वाइन् फ्लू’ भनिएपनि हाल आएर मान्छेबाट मान्छेलाई नै सर्ने भएकाले यसलाई मौसमी रुघाखोकी भन्न थालिएको जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीका भेक्टर कन्ट्रोलर याम बरालले बताए ।

यदी तपाईंलाई रुघा, खोकी र ज्वरो लगातार आइरहेको छ भने तुरुन्तै अस्पताल गएर जँचाइहाल्नुहोस् । मौसमी रुघाखोकी भए/नभएको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा जाँच्ने गरिन्छ । जहाँ निःशुल्क रुपमा मौसमी रुघाखोकी जाँच्ने गरिएको भेक्टर कन्ट्रोलर बरालले जानकारी दिए ।

उनका अनुसार एक सय डीग्री भन्दा बढी ज्वरो लगातार आइरहे वा रुघाखोकी लागेको छ भने बिना टिकट लार्इन नबसी जाँच्ने ब्यबस्था गरिएको छ ।

यो जाँच्न करिव १० मिनेट लाग्ने उनले बताए । मौसमी रुघाखोकी जाँच्ने पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा एच वानएनवान भने पत्ता लाग्दैन ।
त्यहाँ मौसमी रुघाखोकी भए/नभएको र त्यसमा ‘ए’, ‘वि’ र ‘सी’ मध्ये कुन प्रकारको मौसमी रुघाखोकी हो भन्ने मात्र खुल्ने बरालले बताए । मौसमी रुघाखोकीको ईन्फ्लूएञ्जा ‘ए’ प्रकारमा पर्ने एचवानएन वान जाँच्न भने काठमाडौं पठाउनुपर्ने बाध्यता रहेको उनले बताए ।
उनका अनुसार ईन्फ्लूएञ्जा’ए’ एचवानएनवान जाँच्नका लागि ‘सिँगान’ पठाइने र एक हप्तामा रिपोर्ट आउने गरेको छ ।
हालसम्म १०४ जना संक्रमित
पश्चिमाञ्चलमा ईन्फ्लूएञ्जा ‘ए’ एचवानएनवानबाट हालसम्म १०४ जना संक्रमित भएका छन् । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालबाट परीक्षणका लागि पठाइएका २२८ जना मध्ये १०४ जनामा संक्रमण देखिएको बरालले जानकारी दिए । यो परीक्षणका लागि पठाइएको संख्याको ४५.६१ प्रतिशत हो ।
पछिल्लो क्रमलाई हेर्ने हो भने ईन्फ्लूएञ्जा ‘ए’ एचवानएनवान संक्रमितको संख्या झन् बढ्दै गएको छ ।
पछिल्लो हप्ता मात्रै ६० जनाको परीक्षणका लागि पठाएकोमा ४१ जनामा संक्रमण देखिएको उनले बताए । यो कुल पठाइएको मध्ये ६६.६६ प्रतिशत हो ।
संक्रमित मध्ये पोखराका ३ जनाको ज्यान गइसकेको उनले बताए । संक्रमित मध्ये करिव ७० प्रतिशत पोखराका मानिसहरु रहेको बताउँदै प्रभावित क्षेत्रको बारेमा भने अनुसन्धान भइरहेको बताए ।३ को मृत्यु

मौसमी ईन्फ्लूएञ्जा ‘ए’ एचवानएनवानबाट पोखरामा ३ जनाको मृत्यू भइसकेको छ । मृत्यु भएकाहरु पोखराबाट थप उपचारका लागि काठमाडौं रिफर भएका बिरामी हुन् । मृत्यु हुनेमा पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १४ का एक पुरुष, पोखरा १५ की एक महिला र १७ की एक महिलाको मृत्यू भएको भेक्टर कन्ट्रोलर वरालले जानकारी दिए ।

वालवालिका, बृद्धबृद्धा र गर्भवती महिलालाई बढी खतरा

मौसमी रुघाखोकी वालवालिका, बृद्धबृद्धा र गर्भवती महिलालाई बढी लाग्ने गर्दछ । उमेर पाको हुँदै गएकाहरु, वालवालिका र गर्भवती महिलामा रोग प्रतिरोधात्मक क्षमता कम हुने भएकाले उनीहरुलाई लाग्ने सम्भावना बढी हुने र खतरा पनि हुने भेक्टर कन्ट्रोलर बरालले बताए ।

तथ्यांक अनुसार बिरामी भएका मध्ये २० देखि ३० प्रतिशत वालवालिका र करिव १० प्रतिशत बृद्धबृद्धा संक्रमित भएको पाइएको छ । बच्चामा पनि २ देखी ५ वर्षसम्मका वालवालिका बढी संक्रमित हुने खतरा रहने वरालले बताए ।

के हो मौसमी रुघाखोकी ?

0 comments:

Post a Comment