तर राम्रा कम्पनीमा दीर्घकालीन हिसाबले लगानी गर्ने हो भने घाटा व्यहोर्नु नपर्ने हुन सक्छ । तर लघुवित्त, बिमालगायतका समूहका सेयरबाट भने लगानीकर्ताले आकर्षक लाभ लिइसकेको देखिन्छ । बैंकिङ प्रणालीमा लगानीयोग्य पैसा आए पनि कर्जाको ब्यजादर नघट्दा अहिलेसम्म लगानीकर्ताले राहत अनुभव गर्न पाएका छैनन् । जस कारण सेयर बजार अपेक्षा अनुसार माथि जान नसकेको हो । सेयर बजारमा नयाँ लगानीकर्ता थपिएका छन् । तर लगानीकर्ता थपिए अनुपातमा आपूर्ति अझै बढी छ । सोही कारणले व्यक्तिगत लगानीकर्ताले अहिलेको बढ्दो आपूर्ति थेग्न नसक्ने देखिन्छ । यसका लागि बजार निर्मातालाई काम दिनु अनि गैरआवासीय नेपालीलाई पनि सेयर बजार खुला गर्न जरुरी छ । विगतमा तरलता अभावले बजार केही शिथिल भएको थियो । तर अहिले लगानीयोग्य रकम अभाव नभएको राष्ट्र बैंकको भनाई छ । बजारमा कर्जा प्रवाह गर्ने पैसा सहज भए पनि ऋणमा ब्याजदर भने घटेको छैन । ब्याजदर नघट्दा लगानीकर्ताले अहिले पनि १५ प्रतिशत हाराहारीमा ब्याज तिरेर सेयर कर्जा लिनुपर्ने बाध्यता छ । यसले पनि बजारलाई केही दबाबमा पारेको देखिन्छ । ब्याजदर घट्न सक्यो भने यसले सेयर बजारलाई माथि लैजान थप सहयोग गर्नेछ ।
बुधबार बजार नाप्ने नेप्से सूचक ६.२२ अंकले तल झरेर १६६१.७२ विन्दुमा आइपुगेको छ । समग्रमा बजार ०.३७ प्रतिशतले घटेको हो । कुल १५९ कम्पनीको ९१ करोड ६२ लाख रुपैयाँभन्दा धेरैको सेयर किनबेच भएको छ । २८ लाख ३२ हजार ४४५ कित्ता सेयर किनबेच भएका हुन् । सूचीकृत ८ समूहमध्ये २ वटामा हरियाली देखिएको छ भने बाँकी सबै समूहमा रातो रंग पोतिएको छ । हरियोले सूचक बढेको र रातोले घटेको जनाउ दिन्छ । सबैभन्दा धेरै उत्पादनमूलक समूह २५.१४ अंकले तल झरेको छ । त्यसैगरी, विकास बैंक समूह १२.७२ र जलविद्यतु समूह १२.७५ अंकले घटेका छन् । उता, बिमा समूह भने ८.७१ विन्दुले बढेको छ । वाणिज्य बैंक समूहमा पनि ६.४८ अंकको गिरावट आएको छ । कारोबार रकममा नागरिक लगानी कोषले अग्रता लिएको छ । नागरिक लगानी कोषको ३ करोड ९५ लाख रुपैयाँभन्दा धेरैको सेयर कारोबार भएको हो । यसैगरी, कारोबार रकमकै आधारमा दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल लाइफ इन्सुरेन्स र स्टान्डर्ड चार्टर्ड बैंक परेका छन् ।
0 comments:
Post a Comment