नेको इन्सुरेन्सको खुद नाफा २१ करोड, ७२.८०% नाफा वृद्धि हुँदा प्रतिसेयर आम्दानी घट्यो

काठमाडौं : नेको इन्सुरेन्सले आर्थिक वर्ष २०७३।७४ को चौथो त्रैमासमा ७२.८०% ले खुद नाफामा वृद्धि गरेको छ । यो त्रैमासमा नेकोको खुद नाफा २१ करोड ८७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यही अवधिमा खुद नाफा १२ करोड १५ लाख ७६ हजार रुपैयाँ थियो । नेकोले चौथो त्रैमाससम्ममा १ अर्ब ३६ करोड २३ लाख ३ हजार रुपैयाँ कुल बिमा शुल्क उठाएको छ । यो अघिल्लो वर्ष ९० करोड ७७ लाख ६८ हजार रुपैयाँ मात्र थियो । यसआधारमा, नेको इन्सुरेन्सको कुल बिमा शुल्क अघिल्लो वर्षको तुलनामा ५०.०७% बढी हो । कम्पनीले २२ करोड ११ लाख ३७ हजार रुपैयाँ खुद दाबी भुक्तानी  गरेको छ । यसको बिमा कोषमा २८ करोड ५१ लाख ३७ हजार रुपैयाँ छ । अघिल्लो वर्षको तुलनामा बिमा कोष ५८.३२% ले बढी हो ।



अघिल्लो वर्ष बिमा कोषमा १८ करोड ९६ हजार रुपैयाँ थियो । नेकोको चुक्ता पुँजी ७१ करोड २८ लाख ९५ हजार रुपैयाँ छ । अघिल्लो वर्ष कम्पनीको चुक्ता पुँजी ३२ करोड ४० लाख ४३ हजार रुपैयाँ थियो । नेकोले पुनर्बिमा कमिशनबाट १३ करोड ३२ लाख ३१ हजार रुपैयाँ आम्दानी गरेको छ । इन्सुरेन्सको प्रतिसेयर आम्दानी (वार्षिक) २९ रुपैयाँ ४६ पैसा  र प्रतिसेयर नेटवर्थ १७३ रुपैयाँ ११ पैसा छ । अघिल्लो वर्षको भन्दा प्रतिसेयर आम्दानी र नेटवर्थ दुवै घटेका हुन् । अघिल्लो वर्ष कम्पनीको प्रतिसेयर आम्दानी ३८ रुपैयाँ ९० पैसा र प्रतिसेयर नेटवर्थ २०५ रुपैयाँ ३२ पैसा थियो ।

0 comments:

Post a Comment