एफजी२५ को डिजाइन शक्तिशाली मांसपेसी भएका खेलाडीको झैं ‘रोबष्ट’ बनाइएको छ । नेपाली सडक सुहाउँदो बनाइएको ‘स्ट्रिट फाइटर’ले अधिकतम माइलेज दिने मात्र होइन, वातावरणमैत्री पनि भएको नेपालका लागि यामाहाको आधिकारिक विक्रेता एमएडब्ल्यू इण्टरप्राइजेजका सहायक महाप्रबन्धक दीपक रौनियारले बताए ।
‘नयाँ मोटरसाइकलको विशेषताहरूले २० देखि ३५ वर्षसम्मका राइडरलाई आकर्षित गर्ने अपेक्षा गरेका छौं,’ उनले भने । यामाहा एफजी२५ ‘ब्यालेस्टिक ब्लू’, ‘वारियर ह्वाइट’ र ‘नाइट ब्ल्याक’मा उपलब्ध हुने उनले जानकारी दिए । एजी२५ मा जापानी बजारमा सफल स्पोर्टस बाइकमा प्रयोग हुने २४९ सीसीकोे इञ्जिन जडान गरिनुका साथै नेपाली सडक सुहाउँदो ट्युनिङ गरिएको छ । यसमा यामाहाको प्योटेण्टेड ब्लूकोर इञ्जिन छ, जसले बाइकको पर्फमेन्स बढाउने मात्र होइन, इन्धन खपत न्यून गर्छ । यसको निर्माण वातावरणमैत्री बीएस४ इमिशन स्ट्याण्डर्डमा आधारित भएर गरिएको छ ।
८००० आरपीएममा २०.९ पीएस अधिकतम पावर र ६००० आरपीएममा २० एनएमबराबरको अधिकतम टर्क उत्पन्न गर्ने एफजी२५ मा एएचओ (अल टाइम हेडलाइट अन) प्रविधिको लिड हेडलाइट छ, जुन २ सय ५० सीसीको बाइकमा पहिलो हो । ‘यसमा आकर्षक एलसीडी इन्ष्ट्र्युमेण्ट क्लष्टर, मडगाड र एमटी सिरिजका बाइकमा झैं स्पोक डिजाइन भएका ह्वील र रेसिङ स्टाइलको फूटप्याड छन्, जसले यसलाई टप–एण्ड मोडलको नयाँ दाबेदार बनाइदिएको छ । ‘रेसिङ मात्र होइन दैनिक प्रयोजनलाई मिल्नेगरी डिजाइन गरिएका कारण यसलाई वास्तविक स्ट्रिट फाइटर भन्न सकिन्छ,’ रौनियारले भने ।
यामाहाले सन् २००८ मा निकै रुचाइएको एफजी सिरिज बजारमा ल्याएको थियो । यो नेपालमा मात्र नभई पूरै दक्षिण एशियामा निकै चर्चित सिरिज हो, जसका कारण कम्पनीले डिलक्स सेग्मेण्टबाट प्रिमियम सेग्मेण्टमा पनि एफजीलाई विस्तार गरेको हो । ‘अझ बढी पावर, आकर्षक नयाँ फिचर, स्पोर्टी लूक्स र एग्रेभिस स्टाइल भएको यामाहाको नयाँ विकल्पले ग्राहकलाई सन्तुष्ट पार्नेमा हामी विश्वस्त छौं,’ रौनियारले भने, ‘एफजी२५ पावर, कण्ट्रोल र ब्यालेन्सको सम्मिश्रण हो । यो बाइक स्ट्रिट स्मार्ट र युवा राइडर्सप्रति लक्षित छ ।’
0 comments:
Post a Comment