स्ट्याण्डर्ड चार्टर्डलाई बेष्ट इम्प्लोएर ब्राण्ड अवार्ड


काठमाडौं (अस) । स्ट्याण्डर्ड चार्टर्ड बैङ्क नेपाल लिमिटेडले एशिया क्षेत्रबाट ‘बेष्ट इम्प्लोएर ब्राण्ड अवार्ड’ जितेको छ । इम्प्लोएर ब्राण्डिङ इन्ष्टिच्युट, वल्र्ड एचआरडी कङ्ग्रेस र अन्य रणनीति साझेदारले अगष्ट १ मा सिङ्गापुरमा आयोजना गरेको आठौं संस्करणको अवार्ड कार्यक्रममा बैङ्कले सो उपाधि जितेको हो । बैङ्कका तर्फबाट स्ट्याण्डर्ड चार्टर्ड सिङ्गापुरले सो अवार्ड लिएको थियो । बैङ्कले यसै वर्ष अमेरिकी व्यावसायिक पत्रिका ग्लोबल फाइनान्सको उत्कृष्ट डिजिटल बैङ्क र यूरोमनी अवार्डसमेत पाइसकेको छ ।

0 comments:

Post a Comment