एनएमबि माइक्रोफाइनान्सले २५% बोनस सेयर दिने, कर तिर्न नगद लाभांश पनि


काठमाडौं : एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्थाले २५% बोनस सेयर र यसमा लाग्ने कर तिर्न १.३१५८% नगद लाभांश दिने भएको छ । एनएमबिको आइतबार बसेको सञ्चालक समिति बैठकले बोनस र नगद लाभांश दिने निर्णय गरेको हो । लाभांश पाउन भने सञ्चालक समितिको निर्णयलाई आगामी वार्षिक साधारण सभा र नेपाल राष्ट्र बैंकल अनुमोदन गर्नुपर्नेछ । हाल एनएमबि माइक्रोको चुक्ता पुँजी ११ करोड २७ लाख रुपैयाँ छ । गत आर्थिक वर्षको चौथो त्रैमासमा यो माइक्रोफाइनान्सले ४ करोड ५३ लाख ९१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी (वार्षिक) ४० रुपैयाँ २८ पैसा र प्रतिसेयर नेटवर्थ १९३ रुपैयाँ ९५ पैसा छ ।

0 comments:

Post a Comment