नेपाल धितोपत्र बोर्डले ओम डेभलपमेण्ट बैंकलाई ३० प्रतिशत हकप्रद निष्काशन गर्न अनुमति दिएको छ । बैंकले दश बराबर तीन कित्ताका दरले ४९ लाख ३१ हजार आठ सय ३५ कित्ता हकप्रद निष्कासन गर्न बोर्डसँग स्वीकृति मागेको थियो ।
बैंकको हकप्रद सेयर निष्काशन एनआईबिएल क्यापिटलले गर्नेछ । हाल एक अर्ब ६४ करोड रुपैंया चुक्ता पूँजी रहेको बैंकको ३० प्रतिशत हकप्रद पश्चात चुक्ता पूँजी दुई अर्ब १३ करोड नाघ्नेछ । बैंकले गत आर्थिक वर्षमा ४३ करोड ३४ लाख रुपैंया खु्द नाफा कमाएको छ । सोही नाफाको सदुपयोग गर्दै उसले चुक्ता पूँजी अढाई अर्ब रुपैंया पुर्याउने छ ।
0 comments:
Post a Comment