मन्त्री पद हत्याउने प्रवृत्ति बढेको भन्दै आपत्ति

श्रावण १७, २०७४- नीतिगत रुपमै बढ्दै गएको भ्रष्टाचारले संस्कार, संस्कृति र प्रणालीलाई नै ध्वस्त तुल्याउँदै गएको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग निरीह बनेको भनी चिन्ता व्यक्त गरिएको छ । 
व्यवस्थापिका- संसद्, सुशासन तथा अनुगमन समितिको मंगलबारको बैठकमा नीतिगत निर्णय गर्ने बहानामा भ्रष्टाचारलाई प्रोत्साहन गरेको भनी सरकारको आलोचना गरियो । महाभियोगको डरले परिणाम देखाउने गरी काम गर्न नसकेको आरोप खेपिरहेको आयोग स्वयम्‌का गतिविधि नै बेलाबखत भ्रष्टाचारमा मुछिएका कारण यसको जनविश्वास घट्दै गएको सांसदले बताए । सो अवसरमा समितिका सदस्य झलनाथ खनालले शिक्षाजस्तो क्षेत्रमा सबैभन्दा धेरै भ्रष्टाचार हुनु भनेको लज्जाजनक विषय हो भने । आयोगको २०७२/७३ को वार्षिक प्रतिवेदनमा क्षेत्रगत रुपमा शिक्षा क्षेत्रसँग सम्बन्धित उजुरीको संख्या सबैभन्दा बढी पाँच हजार ६७१ उल्लेख छ । 


0 comments:

Post a Comment