सिन्धुलीमा पहिरोले पुरिएर एकै परिवारका ४ को मृत्यु

श्रावण २८, २०७४- कमलामाइ नगरपालिका ६ सदरमुकाममा शनिबार बिहान पत्रकार महासंघको जमिनमा टहरो बनाएर बस्दै आएका चार जनाको पहिरोले पुरिएर मृत्यु भएको छ ।

मृत्यु हुनेमा २५ वर्षकी दुर्गाकुमारी खड्का, १५ वर्षकी शोभा खड्का, १० वर्षका अनिस खड्का र ८ वर्षका मनिष खड्का रहेका छन । शनिबार बिहान करिब २ बजेको समयमा झरेको पहिरोले सुतिरहेको अवस्थामा ४ जनालाई पुरेको हो । घट्नामासँगै सुतिरहेका उद्यबहादुर खड्का भने भागेर ज्यान जोगाउन सफल भएका छन् ।

लगातार दुई दिनदेखि परिरेहको पानी सँगै जिल्ला प्रहरी कार्यालयले नयाँ भवन निर्माण गर्दा थुपारेको माटोले पहिरोको रुप लिँदा उक्त घट्ना भएको हो । जिल्ला प्रहरी कार्यालयले भवन बनाउँदा माटो थुपारेपछि सम्भावित घटनालाई मध्यनजर गर्दै पत्रकार महासंघ सिन्धुलीले जिल्ला प्रहरी कार्यालयलाई बारम्बार हटाउन अनुरोध गरेपनि प्रहरीले बेवास्ता गर्दा घटना हुनपुगेको पत्रकार महासंघ सिन्धुलीले जनाएको छ ।

यदी प्रहरीले नयाँ खनेको माटोको व्यवस्थापन राम्रो साग नगर्ने हो भने पत्रकार महासंघको भवन समेत खतरामा रहेको पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष राजन कार्कीले बताए ।

हाल पहिरो गएको स्थान वरपर करिब आधा दर्जनको संख्यामा रहेका रुखको समेत व्यवस्थापन नगर्ने हो भने प्रहरी कार्यालय नजिकै रहेका करिब २० घर जोखिममा रहेको भन्दै स्थानीयले उक्त रुखहरुको समेत व्यवस्थापन गर्न जिल्ला प्रहरी कार्यालयसमक्ष स्थानीयले माग समेत गरेका छन् ।




0 comments:

Post a Comment