पछिल्लो एक महिनाको अवधिमा झण्डै तीन गुणा सेयरमूल्य बढेको हिमालयन डिस्टिलरी लिमिटेड (HDL) को नाफामा उच्च गिरावट आएको छ । कम्पनीले गत आर्थिक बर्षमा ३ करोड ८८ लाख रुपैयाँमा खुद नाफा गरेको छ । अघिल्लो बर्ष कम्पकम्पनीको नाफा अघिल्लो बर्षको तुलनामा करिब ७६ प्रतिशत अर्थात १२ करोड २१ लाख कम हो । कम्पनीबाट उत्पादित रोयल ट्रेजर तथा गोल्डेन ओक ब्राण्डका मदिराको बिक्रीमा कमी आएपछि नाफा प्रभावित भएको कम्पनीले जनाएको छ ।
कम्पनीले गत आर्थिक बर्षमा १ अर्ब ४७ करोडरुपैयाँ बराबरको मदिरा बिक्री गरेको छ । अघिल्लो वर्ष कम्पनीले मदिरा बिक्रीबाट १ अर्ब ६५ करोड रुपैयाँ आम्दानी गरेको थियो । अघिल्लो बर्ष भन्दा कम्पनीको १८ करोडले कम मदिरा बिक्री भएको छ ।
कम्पनीको नाफा घटेपछि प्रतिसेयर आम्दानीमा पनि उच्च गिरावट आएको छ । गत आर्थिक बर्षमा कम्पनीको प्रतिसेयर आम्दानी १० रुपैयाँमा झरेको छ । अघिल्लो आर्थिक बर्ष प्रतिसेयर आम्दानी ६२ रुपैयाँ ८२ पैसा थियो ।
तर पछिल्लो एक महिनाको अवधिमा सेयरबजारमा यो कम्पनीको सेयरमूल्य १६५ प्रतिशतले उकालो लागेको छ । कम्पनीको गत आर्थिक बर्षको प्रतिवेदन राम्रो आउने हल्ला फिजाएर सेयरमूल्य उचालिको छ । नीले यहि अवधिमा १६ करोड १० लाख रुपैयाँ खुद नाफा गरेको थियो ।एक महिना अगाडि प्रतिकित्ता ७७१ रुपैयाँ रहेको कम्पनीको सेयर मूल्य आइतबार प्रतिकित्ता २०५० रुपैयाँमा कारोबार भएको थियो ।
0 comments:
Post a Comment