यो जंगल पृथ्वीमा रहेका अन्य जंगलभन्दा निकै भिन्न छ । यो विशाल रुखहरुका कारण होइन ९० डिग्रीमा निहुरिएका रुखका कारण चर्चित बनेको हो ।
नोभे सजारनोभो गाउँ नजिकै रहेको छ यो जंगल जहाँका रुखहरु ९० डिग्रीमा झुकेका छन् । रुख उम्रिएर ३ देखि ९ फिटसम्म अग्लो भएपछि बांगो हुन थाल्दछन् । रुखको काण्ड ९० डिग्रीमा मोडिन्छ । किन यसरी काण्ड मोडिन्छ भन्ने कुरा चाहिँ रहस्यमै छ ।
द्वितीय विश्वयुद्ध अगाडिदेखि नै त्यो ठाउँमा जंगल रहेको बताइन्छ । स्थानीय मानिसहरुका कारण गुरुत्वाकर्षण बलका कारण रुखहरु बांगिएका हुन् । जबकि केही मानिसहरु चाहिँ अन्य ग्रहहरुबाट आएका प्राणीहरुले रुखहरु झुकाइदिएको दाबी गर्दछन् । तर खास कारण खुलेको छैन ।
एजेन्सी
0 comments:
Post a Comment