साधारण सभाले नौ सदस्यीय कार्य समितिका लागि सात सञ्चालकहरु सर्वसम्मत रुपमा चयन गरेको हो । साधारण सभाले हाथवे समूहका नवराज नेपाल सहित बासुदेव गौतम, सोमनाथ सापकोटा, शुशीला कुमारी शर्मा, एल्सन श्रेष्ठ, विशेश्वर सु्वेदी र कुमार पाण्डेलाई सर्वसम्मत रुपमा सञ्चालक बनाउने निर्णय गरेको हो । दुई जना सञ्चालकहरु भने मनोनयन हुन बाँकी छन् ।
नेशनल हाइड्रोको नेतृत्व हाथवेका नवराज नेपाललाई सम्हाल्न दिन सबै पक्ष तयार रहेको बुझिएको छ । विगतका सबै विवाद सुल्झाएर चाँडै प्रतिफल दिन सक्ने कम्पनीका रुपमा नेशनल हाइड्रो स्थापित हुने विश्वास साधारण सभाका सहभागीले लिएका छन् ।
सोमबार साँझसम्म कार्यसमिति चयन सर्वसम्मतिबाट गर्ने प्रयास सफल हुन सकेको थिएन । कम्पनीलाई नयाँ शिराबाट अघि बढाउन सबै पक्षले तीब्र रुपमा छलफल चलाएका थिए । सबै पक्षसँग भएका छलफलबाट पहिलो पटक विवाद सुल्झाउँदै सञ्चालक समिति सर्वसम्मत भएको हो ।
0 comments:
Post a Comment