समिट माइक्रोफाइनान्सले पायो १००% हकप्रद अनुमति, एक्सेललाई पनि ५०% को बाटो खुला 07 Aug,2017
काठमाडौं : धितोपत्र बोर्डले समिट माइक्रोफाइनान्सलाई १००% प्रतिशत हकप्रद सेयर बिक्री गर्न अनुमति दिएको छ । समिटले ७ करोड २५ लाख रुपैयाँको ७ लाख २५ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । यसमा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटलले गर्दैछ । १००% हकप्रद सेयर जारी गरेपछि कम्पनीको चुक्ता पुँजी दोब्बर हुनेछ । यसैगरी, धितोपत्र बोर्डले एक्सेल डेभलपमेन्ट बैंकलाई पनि हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको छ । एक्सेलले चुक्ता पुँजीको ५०% प्रतिशत हकप्रद सेयर बिक्री गर्न अनुमति पाएको हो । यसआधारमा अब एक्सेलले १९ करोड २२ लाख ८१ हजार २५० रुपैयाँको १९ लाख २२ हजार ८१२.५० कित्ता हकप्रद सेयर बिक्री गर्नेछ । यसमा बिक्री प्रबन्धकको काम एस क्यापिटल लिमिटेडले गर्नेछ । चुक्ता पुँजी बढाउन एक्सेलले हकप्रदको बाटो रोजेको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासिक रिपोर्ट अनुसार एक्सेलको चुक्ता पुँजी ३८ करोड ४५ लाख ६२ हजार रुपैयाँ छ । अब हकप्रदपछि यसमा ५० प्रतिशत पुँजी थपिनेछ ।
0 comments:
Post a Comment