सनराइज बैंक (SRBL) को सोमबार सम्पन्न दशौं वार्षिक साधारण सभाले १५ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बैंकले हकप्रद सेयरले समेत पाउने गरि १५ प्रतिशतका दरले एक अर्ब ६ करोड ३३ लाख ७६ हजार ८५० रुपैयाँको बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो । यसबाट बैंकको चुक्ता पूँजी ८ अर्ब भन्दा बढी पुगेकोे छ ।
उक्त साधारण सभाले निर्वाचन सम्पन्न नभए सम्मका लागि संस्थापक शेयरधनी समुह “क” को तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने संचालकहरुलाई संचालक समितिमा निरन्तरता दिने प्रस्ताव समेत सर्वसम्मत रुपले पारित गरेको छ ।
त्यस्तै बैंकको सहायक कम्पनी सनराइज क्यापिटल लिमिटेडको २०७४ आषाढ मसान्तसम्मको वासलात तथा आ.व. २०७३/७४ को नाफा–नोक्सान हिसाव र नगद प्रवाह सहितको एकिकृत वित्तीय विवरण स्वीकृत गरेको छ ।
0 comments:
Post a Comment